Tag: फुटबल

  • साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

    साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

    काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

    भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र हेम्नेइचुंगले एक एक गोल थपेका थिए । नेपालमा कप्तान सुवास बमले एक गोल फर्काउँदा एक गोल उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औं मिनेटमा पहिलो गोल बेहोरेको थियो ।

    दायाँतर्फबाट आएको क्रसमा भारतका सुमित शर्माले हेडर गरेका थिए । नेपाली गोलरक्षक पेम्बा नोर्वुले बल बचाउन सफल भए पनि सम्हाल्न सकेनन् र भिजल यादवले गोलरक्षकको खुट्टाबीचबाट बललाई गोलपोष्टमा पठाए ।

    केही समयपछि पुनः भिजल यादवले ६८ औं मिनेटमा फ्रीकिकबाट आएको बललाई सुमितले हेडमार्फत प्रहार गरेपछि नेपाली गोलरक्षकले पुनः बचाउने प्रयास गरे पनि भिजलले रिबाउन्डमा दोस्रो गोल थपेका थिए ।

    नेपालले खेलमा फर्कने प्रयास गर्दै ८३औं मिनेटमा सुवास बमको गोलमार्फत टोलीलाई आशा जगायो । टिममूभबाट आएको यो गोलले नेपाललाई खेलमा फर्कने सम्भावना कायमै राखेको थियो ।

    तर, भारतका नरेश सिंह (एनरिषी सिंह)ले ८५ औं मिनेटमा गोल गर्दै अग्रता ३–१ बनाएका थिए । नेपाली टोलीले ८९ औं मिनेटमा भारतबाट एक गोल उपहार पायो । भारतका मोहमद क्याफले आफ्नै पोस्टमा गोल गरेपछि नेपालको अग्रता ३–२ भएको थियो ।

    खेलको इन्जुरी टाइमको पनि अन्तिमतिर भारतका हेम्नेइचुंगले टिमका लागि चौथो गोल थप्दै अन्ततः खेलको नतिजा ४–२ ले आफ्नो पक्षमा पारे । भारतले अव उपाधिका लागि पाकिस्तान र बंगलादेशको विजेतासँग सोमबार खेल्ने छ ।

  • सिटीले जित्याे च्याम्पियन्स लिगको उपाधि

    सिटीले जित्याे च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

    इस्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले हराउँदै सिटीले पहिलो पटक उपाधि जितेको हो ।

    सिटीलाई जित दिलाउन रोड्रीले खेलको ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

    यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन तीनवटा उपाधि हात पारेको छ । यसअघि सिटीले प्रिमियर लिग र एफए कपको उपाधि पनि जितेको थियो ।

    सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो । यस अघि म्यानचेस्टर युनाईटेडले यो उपलब्धि हासिल गरिसकेको छ ।

    ग्वार्डीओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन् । यस अघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् ।

  • ‘मेस्सीले पीएसजीका लागि अन्तिम खेल खेल्दै छन्’

    ‘मेस्सीले पीएसजीका लागि अन्तिम खेल खेल्दै छन्’

    अर्जेन्टाइन सुपर स्टार लियोनेल मेस्सीले यो सिजन समाप्तिपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको छ।

    यो सिजन लिग वानको उपाधि उचालिसकेको पीएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टियरले मेस्सीले क्लबका लागि अन्तिम खेल खेल्न लागेको बिहीबार बताएका छन्।

    विश्वविजेता मेस्सीले यही शनिबार लिग वनअन्तर्गत क्लेरमोन्ट फुटविरुद्ध पीएसजीका लागि अन्तिम खेल खेल्ने प्रशिक्षक प्रशिक्षक ग्लाटियरले बताएका हुन्।

    ‘मलाई फुटबल इतिहासका सर्वश्रेष्ठ खेलाडीलाई प्रशिक्षण दिने सौभाग्य मिल्यो’, उनले भनेका छन्, ‘मलाई लाग्छ यही शनिबार क्लेरमोन्ट फुटविरुद्धको खेल नै पीएसजीबाट मेस्सीका अन्तिम हुनेछ।’

    अर्जेन्टिनी कप्तान मेस्सी स्पेनिस क्लब बार्सिलोना छाडेर २०७८ साउनमा फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका थिए।

    उनले त्यसबेला पीएसजीसँग २ वर्षको सम्झौता गरेका थिए। त्यसबेला पीएसजीले मेस्सीलाई भित्र्याउँदै च्याम्पियन्स लिग जित्ने योजना बनाएको थियो।

    तर अन्य स्टारहरु नेयमार र किलियन एम्बाप्पे हुँदा पनि पीएसजीले च्याम्पियन्स लिग जित्न सकेन। पछिल्लो समय मेस्सी र पीएसजी व्यवस्थापनबीच सम्बन्ध चिसिएको छ।

    मेस्सी र पीएसजीबीचको सम्बन्ध करिब सकिएको चर्चाबीच अब उनी फ्रान्सबाट बाहिरिने निश्चित भएको हो। कतार इन्भेस्टमेन्ट कम्पनीको लगानी रहेको पीएसजीले आफ्नो अनुमतिबिना मेस्सी साउदी अरेबिया गएपछि तीन सातालाई निलम्बन गरेको थियो।

    निलम्बन सकिएपछि मेस्सी क्लबमा फर्किएका थिए। उनले केही खेल पनि खेले। यसबीचमा पीएसजीले घरेलु लिग वनको उपाधि जितिसकेको छ।

    अब शनिबार यो सिजनको अन्तिम खेल खेलेसँगै मेस्सी पीएसजीबाट स्वतन्त्र हुनेछन्।

    त्यसपछि उनी पुरानै क्लब बार्सिलोना या साउदी अरेबियन प्रो लिग क्लब अल हिलालमध्ये एकमा जाने चर्चा छ।

     

  • फिफा वरियतामा नेपालकाे एक स्थान सुधार

    फिफा वरियतामा नेपालकाे एक स्थान सुधार

    काठमाडाैं । विश्व फुटबल महासंघ (फिफा)को वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।

    फिफाले बिहीबार सार्वजनिक गरेको पुरुष फूटबल टोलीको नयाँ वरियतामा नेपाल ९६३ अंकसहित १७४औं स्थानमा पुगेको छ। यसअघि नेपाल १७५औं स्थानमा थियो।

    दक्षिण एशियाले देश भुटान, बाङ्लादेश, पाकिस्तान र श्रीलंकाभन्दा माथि छ। भुटान १८५औं, बाङ्लादेश १९२औं, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन्।

    यस क्षेत्रका अफगानिस्तान, मालदिभ्स र भारत नेपालभन्दा माथि छन्। अफगानिस्तान १५५, मालदिभ्स १५४ र भारत १०१ स्थानमा छन्।

    फिफा वरियताको पहिलो नम्बरमा अर्जेन्टिना छ। अर्जेन्टिना एक हजार ८४० अंकसहित पहिलो नम्बरमा छ।

    त्यस्तै, दोस्रो नम्बरमा रहेको फ्रान्सको एक हजार ८३८, तेस्रो नम्बरको ब्राजिल एक हजार ८३४, चौथो नम्बरको बेल्जियम एक हजार ७९२.५३ र पाँचौ नम्बरको इङ्ल्यान्डको एक हजार ७९२.३४ नम्बर छ।

    फिफा वरियतामा समेटिएका २११ देशमध्ये पुछारमा सान मारिनोको ७५९ नम्बर छ। त्यस्तै, २१०औं नम्बरमा रहेको अंगुलियाको ७८५ नम्बर छ ।

  • ओलम्पिक छनोटको खेल नेपालमा हुने

    ओलम्पिक छनोटको खेल नेपालमा हुने

    काठमाडाैं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ ।

    नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

    उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ ।

    खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब रु ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

  • प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा, ७ नयाँ अनुहार समावेश

    प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा, ७ नयाँ अनुहार समावेश

    काठमाडौं । बुधबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

    २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

    नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल भोलि बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ ।

    तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् । फिफा विण्डो पारेर दुई टोलीलाई आमन्त्रण गरी एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।

    नेपाली टिममा सातजना नयाँ अनुहार छन् । गोलकिपर अभिशेक बराल, डिफेण्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डहरु मणिकुमार लामा र नवीन लामा तथा फरर्वार्डहरु सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन् ।

    नेपाली टिम

    गोलरक्षक : किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

    डिफेण्डर : सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।

    मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।

    फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।

  • एम्बाप्पे बने फ्रान्सको राष्ट्रिय फुटबल टोलीकाे कप्तान

    एम्बाप्पे बने फ्रान्सको राष्ट्रिय फुटबल टोलीकाे कप्तान

    काठमाडाैं । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान बनेका छन् ।

    यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

    एम्बाप्पे पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन् ।

    सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

  • मनिष डाँगी बने वर्षको उत्कृष्ट युवा खेलाडी

    मनिष डाँगी बने वर्षको उत्कृष्ट युवा खेलाडी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मिडफिल्डर मनिष डाँगीले नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) अवार्ड २०७८ को वर्ष उत्कृष्ट यवा खेलाडी घोषित भएका छन् ।

    मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष युवा खेलाडीको घोषणामा राष्ट्रिय टिमका मिडफिल्डर मनिषले बाँकी चार खेलाडीलाई पछि पारे ।

    उनले युवा खेलाडीको मनोनयनमा परेका फुटबलका प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनका रसिला महर्जन र भलिबलका उषा भण्डारी पछि पार्दै युवा वर्ष खेलाडीको अवार्ड जिते ।

    युवा वर्ष खेलाडी चुनिएका उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

  • पिएसजीका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

    पिएसजीका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

    काठमाडाैं । मोरक्को तथा फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ ।

    २४ वर्षीया महिलाले हाकिमीले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकाे बीबीसीले समाचार प्रकाशित गरेकाे छ ।

    महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको समाचारमा जनाइएकाे छ ।

    मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दा हाकीमी प्रमुख खेलाडी थिए । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको थियो ।

    ‍आरोपको विषयमा हाकिमी र पिएसजीले हालसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् ।

  • टर्कीमा अपार्टमेन्टको भग्नावशेषमुनि मृत भेटिए घानाका फुटबलर आत्सु

    टर्कीमा अपार्टमेन्टको भग्नावशेषमुनि मृत भेटिए घानाका फुटबलर आत्सु

    काठमाडाैं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर बेपत्ता भएका विंगर क्रिस्टियन आत्सु आफू बस्दै आएको अपार्टमेन्टको भग्नावशेषमुनि मृत अवस्थामा फेला परेका छन् ।

    आत्सुका एजेन्टले उनी मृत फेला परेको पुष्टि गरेका बिबीसीले जनाएको छ ।

    फेब्रुअरी ६ मा भूकम्प जाँदा घानाका फरवार्ड बस्ने अन्तक्या-हटाए अपार्टमेन्ट भत्किएको थियो । त्यसयता आत्सु बेपत्ता थिए । हातेमा रहेका उनका एजेन्ट नाना सेचेरेले शनिबार ट्वीटरमार्फत यको पुष्टि गरेका हुन् ।

    ‘यो अत्यन्तै गहिरो हृदयका साथ मैले सबै शुभचिन्तकहरूलाई भन्नै पर्छ, दु:खका साथ क्रिश्चियन एत्सुको शव आज बिहान फेला परेको छ’, उनले भनेका छन् ।

    यसैबीच, घाना फुटबल संघले करिब दुई साताको भावनात्मक यातनापछि शनिबार बिहान अत्सुको शव फेला पारेको जनाएको छ ।

    घानाको विदेश मन्त्रालयका अनुसार अत्सुको शव फेला पर्दा उनका जेठा भाइ र जुम्ल्याहा बहिनी घटनास्थलमै थिए । अत्सुको शवलाई अन्तिम संस्कारका लागि शनिबार घाना लगिएको थियो ।