Tag: बीआरआई

  • मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

    मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

    काठमाडाैं । आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् ।

    काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्द पोखरेल, अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पु¥याउन आग्रह गरेका हुन् ।

    कुनै पनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा बुझन नहुने भन्दै उनीहरुले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे ।

    सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो । बीआरआई ऋण कि अनुदान भन्ने बहस भैरहेकाबेला सम्झौताको पूर्णपाठपछि थप व्याख्या हुन थालेका छन् ।

  • ‘पद्मा पुल बिआरआईको हिस्सा होइन’

    ‘पद्मा पुल बिआरआईको हिस्सा होइन’

    काठमाडाैं । बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को हिस्सा नभएको स्पष्ट पारेको छ ।

    विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो ।

    पद्मा बहुद्देशीय पुल पूर्णरूपमा बङ्गलादेश सरकारको लगानीमा बनाइएको र त्यसमा कुनै पनि द्विपक्षीय वा बहुपक्षीय निकायबाट आर्थिक लगानी नरहेको विदेश मन्त्रालयले जनाएको छ ।

    बिआरआई र विदेशी लगानीमा पुल बनाइएका समाचार सार्वजनिक भएपछि बङ्गलादेश सरकारले त्यसको खण्डन गर्दै वास्तविकता जनसमक्ष प्रस्तुत गरेको हो । आगामी शनिबार उक्त पुल आवागमनका निम्ति खुला गरिँदैछ ।

    विदेश मन्त्रालयका अनुसार पद्मा पुलले दक्षिणपश्चिम भेगका १९ जिल्लालाई देशका अन्य भागसँग जोड्ने तथा त्यसले सामाजिक–आर्थिक विकासका साथै क्षेत्रीय सम्पर्क विस्तारमा योगदान गर्नेछ ।