Tag: भारत

  • भारतमा बढ्दाे काेराेना संक्रमण, थपिए १२ हजार बढी नयाँ संक्रमित

    भारतमा बढ्दाे काेराेना संक्रमण, थपिए १२ हजार बढी नयाँ संक्रमित

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् ।

    भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।

    भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

    राष्ट्रिय कोभिड संक्रमणमुक्त दर९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रधानमन्त्री देउवाकाे उपस्थितिमा मनाइयाे याेग दिवस

    प्रधानमन्त्री देउवाकाे उपस्थितिमा मनाइयाे याेग दिवस

    काठमाडाैं । भारतीय राजदूतावास, काठमाडैंले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थपतिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाएकाे छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गरे ।

    कार्यक्रमका विशिष्ट अतिथि माननीय सञ्चार तथ सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गरे । दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले आफ्नो स्वागत मन्तव्यका क्रममा योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

    याे कार्यक्रम जारी ‘…India@75 आजादीका अमृत महोत्सव’अन्तर्गतको उत्सव कार्यक्रमहरु मध्येको एक हो । योग अभ्यासका फाइदाबारे जोड दिँदै यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ ।

    कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यान सहितको साधारण योग विधि प्रस्तुत गरिएकाे थियाे । योगमा अभिरुचि भएका करिब ६०० जनाले उक्त योग सत्रमा सहभागी थिए ।

    योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गरेकाे थियाे । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिलाका लागि र बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्धनाथ स्तूपामा आयोजना गरिएकाे थियाे ।

    सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

  • राजदूत शर्माले भेटे भारतीय स्थल सेनाध्यक्ष पाण्डे, द्विपक्षीय रक्षा सहयोगबारे छलफल

    राजदूत शर्माले भेटे भारतीय स्थल सेनाध्यक्ष पाण्डे, द्विपक्षीय रक्षा सहयोगबारे छलफल

    काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेसँग भेट गरेका छन् ।

    नयाँदिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षबारे छलफल भएको राजदूत शर्माले जानकारी दिएका छन् ।

    भेटमा राजदूत शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारतीय सेनालाई धन्यवाद दिएका थिए ।

    भारतीय स्थल सेनाको सूचना निर्देशनालयले पनि भेटमा द्विपक्षीय रक्षा सहयोगका विविध पक्षमा चर्चा भएको उल्लेख गरेको छ ।

  • हिमाञ्चल प्रदेशमा केबलकार बिग्रिएपछि १५ जना पर्यटक अड्किए, उद्धार कार्य जारी

    हिमाञ्चल प्रदेशमा केबलकार बिग्रिएपछि १५ जना पर्यटक अड्किए, उद्धार कार्य जारी

    काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा केबलकार बिग्रिएपछि १५ जना पर्यटक अड्किएका छन् ।

    उनीहरुको उद्धारको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हिमाञ्चल प्रदेशको बरबानु भन्ने स्थानमा रहेको टीम्बर ट्रेलमा खराबी आएपछि केबलकारमा सवार पर्यटक अड्किएका हुन् ।

    अहिलेसम्म ९ जनाको उद्धार भइसकेको र बाँकीको उद्धारको काम जारी रहेको समाचारमा जनाइएकाे छ ।

    सोमबार साढे १ बजे केबलकार अड्किएको थियो । उनीहरुलाई रेस्क्यू ट्रली पठाएर उद्धारको काम भइरहेको छ ।

  • भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित, ५९ जनाको मृत्यु

    भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित, ५९ जनाको मृत्यु

    काठमाडाैं । भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ ।

    बाढी र पहिरो तथा चट्याङ्गमा परेर ५९ जनाको ज्यान गएको छ । कयौँ बाढी पहिरोमा फसेका छन् । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।

    त्यहाँको मौसम विभागले अझै केही दिन भिषण वर्षाको चेतावनी दिएको बीबीसीले जनाएको छ ।

    बङ्गलादेशमा सरकारी अधिकारीले अहिलेको बाढी सन् २००४ पछिकै सबैभन्दा ठूलो भएको बताएका छन् ।

    यस्तै, भारतको मौसम विभागले केरला, मुम्बई, बिहार, झारखण्ड, पश्चिम बङ्गाल, ओडिसालगायत क्षेत्रमा साेमबार पनि ठूलो वर्षाको चेतावनी दिएको छ ।

  • भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

    भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

    झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको बिहीबार राती सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।

    रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

    घटनालगत्तै पानीट्याङ्कीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो । मृतकको शव सोही चौकीमा राखिएको छ । परीक्षणपश्चात् शव शुक्रबार नेपाल ल्याइने प्रहरीले जनाएको छ ।

    पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौँको सङ्ख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्याङ्की, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन् । पानीट्याङ्कीस्थित भारतीय रेल्वेको लिकमा दुर्घटना हुँदा बर्सेनि नेपालीको ज्यान जाने गरेको छ ।

  • ममकाे डल्ला अड्किएर एक जनाकाे मृत्यु

    ममकाे डल्ला अड्किएर एक जनाकाे मृत्यु

    काठमाडौं । भारतमा ममकाे डल्ला अड्किएर एक जनाकाे मृत्यु भएकाे छ । मदिराले मातेका एक ५० वर्षीय व्यक्ति सडक छेउको एउटा पसलमा मम खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढले । उनकाे मृत्यु भयाे ।

    भुइँमा ढलेका ती व्यक्तिलाई दिल्लीकाे एम्स अस्पताल लगिएकाे थियाे । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकाले ।

    मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् । उनको मृत्युको कारण मम पुष्टि भएपछि अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ ।

    चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ ।

  • नवविवाहित जोडीको हत्या

    नवविवाहित जोडीको हत्या

    नयाँ दिल्ली । भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ ।

    कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहिता अन्तरजातीय जोडीको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् । पति अति पिछडिएको जातिको रहेको बताइएकाे छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ ।

    हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।

  • नेपालसहित १३ देशका राजदूतलाई भाजपा मुख्यालयमा स्वागत

    नेपालसहित १३ देशका राजदूतलाई भाजपा मुख्यालयमा स्वागत

    काठमाडाैं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नेपालसहित १३ देशका राजदूतलाई आफ्नो मुख्यालयमा स्वागत गरेको छ ।

    विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा भारतका लागि १३ देशका राजदूतले नयाँदिल्लीस्थित दिनदयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालय भ्रमण गरेका हुन् ।

    भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले नेपालसहित अष्ट्रिया, क्रोएसिया, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याण्ड, जमैका, लिथुआनिया, मोरिसस, सर्बिया, स्पेन, थाइल्याण्ड र बेलायतका राजदूतलाई मुख्यालयमा स्वागत गर्दै पार्टीको दृष्टिकोण, नेतृत्व र कार्यक्रमबारे जानकारी गराएका थिए ।

    विदेशमन्त्री जयशंकरले ‘भाजपालाई बुझौं’ अभियानअन्तर्गत राजदूतहरुलाई बोलाएर मोदी सरकारको ८ वर्षको अवधिमा भारतमा भएको परिवर्तन र पार्टीका विभिन्न गतिविधिहरूबारे चर्चा गरिएको उल्लेख गरेका छन् । कार्यक्रममा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी थिए ।

    भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भाजपालाई बुझ्ने अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन् । अन्य राजदूतहरु पनि मोदी सरकारले हासिल प्रगतिको प्रशंसा गरेका थिए ।

  • भारतकाे सहयाेगमा निर्माण भएकाे विद्यालय भवनकाे उद्घाटन

    भारतकाे सहयाेगमा निर्माण भएकाे विद्यालय भवनकाे उद्घाटन

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा निर्माण भएको श्रीफौद सिंह जनता माविकाे दुई तले भवनकाे उद्घाटन गरिएकाे छ ।

    लालबन्दी नगरपालिका–१७ रानीगञ्जमा रहेकाे उक्त विद्यालय भवनकाे मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत नितेश कुमारद्वारा शनिबार उद्घाटन भएकाे हाे ।

    उक्त विधालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत निमार्ण गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    ७.८३ मिलियन लागतमा निर्माण भएको उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “आजादी का अमृत महोत्सव (India@75)” अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो ।

    नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्‍याउने छ । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।

    सन् २००३ देखि, भारतले नेपालमा ५२७ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपीहरू) लिएको छ र सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७१ परियोजनाहरू पूरा गरेको छ । तीमध्ये २० आयोजनाहरू सर्लाही जिल्लामा छन् । यी बाहेक भारत सरकारले विभिन्न स्वास्थ्य चौकी/एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।