Tag: भूकम्प

  • खाेटाङ भूकम्प : केही घरमा क्षति, विवरण संकलन जारी

    खाेटाङ भूकम्प : केही घरमा क्षति, विवरण संकलन जारी

    खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ ।

    हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिए । मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।

    हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरेकी छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए ।

    भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए । पटक–पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन् ।

    आइतबार बिहान ८ बजेर १३ मिनेटमा खाेटाङकाे मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

  • खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

    खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

    काठमाडाैं । खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ : १३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

    साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

  • फिलिपिन्स भूकम्प : ५ जनाको मृत्यु, सयौँ पराक्रमपछि स्थानीय त्रसित

    फिलिपिन्स भूकम्प : ५ जनाको मृत्यु, सयौँ पराक्रमपछि स्थानीय त्रसित

    मनिला । भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् ।

    प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन् ।

    अब्रा प्रान्तमा बुधबार बिहान ७ दशमलब १ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका थिए ।

    शक्तिशाली भूकम्पका कारण राजधानी मनिलाबाट सयौं किलोमिटर टाढा अब्राका भवनहरू भत्किएका छन् भने र अग्ला टावर लडेका छन् ।

    प्रभावित क्षेत्रका केही स्थानमा पहिरो समेत गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • फिलिपिन्सका ७ दशमलब १ म्याग्निच्युडको भूकम्प

    फिलिपिन्सका ७ दशमलब १ म्याग्निच्युडको भूकम्प

    मनिला । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

    भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो ।

    भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।

  • चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

    चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

    बेइजिङ । चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ ।

    आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।

    भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो ।

    दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो ।

  • अफगानिस्तानमा विनाशकारी भूकम्प : तालिबानले गर्‍यो अन्तर्राष्ट्रिय सहयोगको अपिल

    अफगानिस्तानमा विनाशकारी भूकम्प : तालिबानले गर्‍यो अन्तर्राष्ट्रिय सहयोगको अपिल

    काबुल । अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ ।

    बुधबार बिहान आएको ६ दशमलब १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् ।

    भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने प्रयास गरिरहेको छ । भारी वर्षा र असिनाले उद्धार कार्य प्रभावित भएको प्राप्त विवरणमा जनाइएको छ ।

    विनाशकारी भूकम्पले तालिबानका लागि ठूलो चुनौती मानिएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको उक्त भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

    ‘दुःखको कुरा सरकारमाथि प्रतिबन्ध छ । तसर्थ, सरकार जनतालाई आवश्यक सहयोग गर्न आर्थिक रूपमा असमर्थ छ’, तालिबानका वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले भने । ‘अन्तर्राष्ट्रिय राहत निकायले सहयोग गरिरहेका छन्, छिमेकी तथा क्षेत्रीय देशहरू र विश्वका विभिन्न देशले सहयोगको प्रस्ताव गरेका छन्, जसलाई हामी प्रशंसा र स्वागत गर्दछौं । ’

  • कास्कीपछि गाेरखामा पनि भूकम्प

    कास्कीपछि गाेरखामा पनि भूकम्प

    काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ : २२ बजे गोरखाको थुमी र आरुचनौटेको मध्यभागमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प भएको हो ।

    भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।

    यसअघि बिहीबार बिहानै कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्यानिच्युडको भूकम्प गएको थियो। यो भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको केन्द्रले जनाएको छ ।

  • कास्कीमा भूकम्पकाे धक्का

    कास्कीमा भूकम्पकाे धक्का

    काठमाडौं । कास्कीमा भूकम्प गएको छ । बिहीबार बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

    कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

     

  • अफगान भूकम्प अपडेट : मृत्यु हुने ९२० पुगे

    अफगान भूकम्प अपडेट : मृत्यु हुने ९२० पुगे

    काबुल । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

    पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा सयौँ घाइते भएका छन् ।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । भूकम्पका कारण पूर्वी पाक्तिका प्रान्तमा धेरै घरहरू भत्किएका छन् ।

  • अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

    अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

    काबुल । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

    दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

    भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्केका थिए । तर, क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

    भूकम्प भारतका केही भूभागमा महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ ।