Tag: भूकम्प

  • इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा दुई जनाको मृत्यु

    इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा दुई जनाको मृत्यु

    इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ ।

    इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

    भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    भूकम्पका कारण आँधीको सम्भावना भने नरहेको जनाइएको छ । भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा देखिएका छन् ।

    इन्डोनेसियाको प्रकोप व्यवस्थापन सम्वन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिए ।

    उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समेत समस्या उत्पन्न भएको छ ।

    Photo credit : Idenvi Susanto/AFP/Getty Images

  • चीनमा भूकम्पमा परी २२ जना घाइते

    चीनमा भूकम्पमा परी २२ जना घाइते

    दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

    चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC) ले पुष्टि गरेको छ । आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ ।

  • लमजुङमा भूकम्पकाे धक्का

    लमजुङमा भूकम्पकाे धक्का

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ ।

    शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्लामा गत जेठ ५ गते यता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

  • इन्डाेनेसियामा शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी

    इन्डाेनेसियामा शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी

    काठमाडाैं । इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

    फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।

    यसअघि मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिमी तटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो बेला इन्डोनेसियामा सुनामी आएको थियो ।

    डिसेम्बर २६, २००४ मा उत्तरपश्चिम सुमात्राको तटमा ९.१ म्याग्निच्युडको भूकम्पले सुनामी उत्पन्न गरेको थियो । उक्त सुनामीका कारण इन्डोनेसिया, श्रीलंका र थाइल्याण्डका गरी २ लाख बढी मानिसको मृत्यु भएको थियो ।