Tag: महिला क्रिकेट

  • नेपाल हङकङसँग पराजित

    नेपाल हङकङसँग पराजित

    काठमाडाैं । एसिसी वुमन्स टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।

    मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो ।

    हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि एक सय नाै रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् ।

    यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट लिए ।

    नेपाल हङकङसँग पराजित भए पनि एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ ।

  • यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

    यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

    काठमाडाैं । नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ ।

    मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडिन् ।

    कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिइन् । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले दुई/दुई विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाए ।

    यस्तै, सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् ।

    बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १÷१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतार छन् । अब नेपालले दोस्रो खेल युएईविरुद्ध शनिबार खेल्नेछ ।

  • पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

    पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

    काठमाडाैं । घरेलु मैदानमा पहिलो पटक भएकाे टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाकाे पहिलाे दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएको हाे ।

    नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । इन्दु २८ बलमा एक चौका प्रहार गर्दै रन आउट भइन् ।

    यस्तै, डल्ली भट्टले १० बलमा १३ रन र विन्दु क्षेत्रीले २३ बलमा १२ रन बनाए । अविजित रहेकी कविता कुँवरले ६ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

    नेपालका दुई ओपनर ब्याटर रन आउट भएका थिए । बिन्दु रावल २३ बलमा १२ रन बनाएर रन आउट भइन् । विकेट किपर समेत रहेकी ज्योति पाण्डे ७ बलमा ६ रन बनाएर पेवेलियन फर्किइन् ।

    कप्तान रुविना क्षेत्री ९, अप्सरी वेगम १, कविता जोशी ४, रोमा थापाले ५ रन बनाएर आउट भए ।

    युगान्डाको लागि सराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिइन् । ४ ओभर बलिङ गरेकी सराहले १३ रन खर्चिइन् । कोन्सीले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिइन् । जनेत एमवावाजी र रिता मुसामालीले समान एक विकेट हात पारे ।

    टस हारेर ब्याटिङ गरेको युगान्डाका लागि जनिद एम्बाबाजीले सर्वाधिक २९ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरेकी थिइन् ।

    रिता न्याङ्गिन्डोले १८ रन, ओपनर केविन अविनोले १५, रीता मुसामालीले १३, फ्राङ्क्लिन नाजुम्बोले १२ रन बनाइन् । ओपनर ब्याटर लिओना बाविर बोल्ड आउट भइन् ।

    नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । ४ ओभर बल फ्याँकेकी कविताले १५ रन खर्चिइन् । रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान १ विकेट लिएका थिए ।

    पहिलो टी-२० खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरिन् । उनलाई कप्तान रुविनाले डेब्यु क्याप प्रदान गरेकी थिइन् । वागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा यस अघि रहेपनि पहिलो पटक टिममा स्थान बनाएकी हुन् ।

    डेब्यु खेलमा उनले तीन ओभर बलिङ गर्दै १९ रन खर्चिएकी थिएन् । यद्यपि, विकेट भने लिन सकिनन् । ब्याटिङतर्फ भने ३ बलमा रन जोड्न सकिनन् ।

    नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय श्रृंखला खेलेको हो । ऐतिहासिक श्रृंखलाको दोस्रो खेल भोलि टियु मैदानमै हुनेछ । नेपाल र युगान्डाबीच पाँच खेलको श्रृंखला हुनेछ ।

  • कुवेतविरुद्ध नेपालकाे सहज जित

    काठमाडौं । कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा दोस्रो जित निकालेको छ । बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

    जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

    जितका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

    यसअघि टस जितेर ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट हात पारे । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

  • महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतकाे सामना गर्दै नेपाल

    काठमाडाैं । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार कुवेतको सामना गर्दैछ ।

    दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ ।

    मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो ।

    कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

    तेस्रो खेलमा जित निकाल्दै नेपाल ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ । त्यसका लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली तयार छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

    यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो ।

    यता बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ । प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।

    जारी प्रतियोगितामा दुई खेलमा दुई नै जित निकालेको यूएई चार अंकसहित शीर्ष स्थानमा छ । नेपाल, मलेसिया, हङकङ र भुटानको समान चार अंक रहँदा नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । बिनाअंक कुवेत पुछारमा छ ।