Tag: माधवकुमार नेपाल

  • चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

    चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

    धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन ।

    ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाई छ।

  • सैन्य सम्झौतासम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट बचायाे : माधव नेपाल

    सैन्य सम्झौतासम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट बचायाे : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन् ।

    सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका हुन् ।

    उनले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृति हावी भएका कारण मुलुक पटक-पटक समस्यामा परेको तर्क गरे । अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोसा नगरी सबै क्षेत्रमा तयारीमा जुट्न निर्देशनसमेत दिए ।

    अबको निर्वाचनमा सवै स्थानमा उम्मेदवारी दिने उनकाे भनाइ छ । उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन बिस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे ।

    बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ ।

  • केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुन्छ : अध्यक्ष नेपाल

    केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुन्छ : अध्यक्ष नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताएका छन् ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिए ।

    आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

    बैठकपछि सम्पादकहरूसँगको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीमा पहिले भएको सहमति बमोजिम नै मन्त्रीहरू फेरबदल गर्ने निर्णय भएको बताएका हुन् ।

    ‘कांग्रेस र माओवादी केन्द्रले केही दिन पर्खिन माग गरेकाले केही दिन पर्खिएका हौँ । आज पनि त्यसबारे छलफल भयो । प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भन्नुभएको छ,’ उनले भने ।

  • सत्तागठबन्धन दलले एसपीपीका सम्बन्धमा प्रधानमन्त्रीसँग पुन: छलफल गर्ने

    सत्तागठबन्धन दलले एसपीपीका सम्बन्धमा प्रधानमन्त्रीसँग पुन: छलफल गर्ने

    काठमाडाैं । सत्तागठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)का बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गर्ने भएका छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफुबीच शनिबार छलफल भएको र एसपिपीका बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

    शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चापरिचर्चा धेरै भएकाले पुन: छलफल गर्ने बताए ।

    अध्यक्ष नेपालले राष्ट्रिय अन्यौललाई चिर्दै एसपिपीको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे । एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यसविषयमा हंगामा मनाउने दल नै जोडिएको कुरा आएको उनले बताए । त्यस्तै, उनले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा पनि राखे ।

    उनले देशभक्तिको झण्डा र लोकतन्त्रको झण्डालाई आफ्ना पार्टीले कहिल्यै नछाड्ने स्पष्ट पारे ।

  • एसपीपीबारे माधव नेपाल : ह्वीस्की खुवाएर फसाउन सक्छन्, सचेत हुनुपर्छ

    एसपीपीबारे माधव नेपाल : ह्वीस्की खुवाएर फसाउन सक्छन्, सचेत हुनुपर्छ

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विदेशीले मिठाे तरिकाले फसाउन सक्ने बताएका छन् । उनले एसपीपीबारे वास्तविकता बाहिर ल्याउनुपर्ने पनि बताएका छन् ।

    संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए ।

    कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो ? यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन नेपालले भने ।

    कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने दाबी पनि गरे । उनले भने ‘मिठो कुरा गरेर ह्वीस्की खुवाएर फसाउन सक्छन् । जिम्मेबार व्यक्ति सचेत हुनुपर्छ ।’

  • विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय : माधव नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी सेना रहेको आफूले सुनेको भन्दै स्पष्ट पार्न माग गरेका छन् ।

    सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।

    ‘विदेशी सेना नेपालमा छन् भन्ने मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भीर कुरा हो । कहाँ छन्। कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ’, उनले भने ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्नेसमेत बताए ।

    अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने स्पष्ट पारे ।

  • चुनावी सभाको अन्तिम दिन माधव नेपालले सूर्यमा भोट मागेपछि‍‍…

    चुनावी सभाको अन्तिम दिन माधव नेपालले सूर्यमा भोट मागेपछि‍‍…

    काठमाडाैं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।

    मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे । यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।

    सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिम अकमक्किए । एक छिन अलमल्लिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।

  • माधव नेपालकाे टिप्पणी : एमाले अहिले कुहिसकेको फर्सीजस्तो

    माधव नेपालकाे टिप्पणी : एमाले अहिले कुहिसकेको फर्सीजस्तो

    चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् ।

    चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफुले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए ।

    ‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुहिएर किरा परिसकेको छ,’ नेपालले भने ।

    एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको बताए । एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनको भनाइ छ ।

    विगतमा राजतन्त्र फाल्न तीन दल एकमत भएको स्मरण गराउँदै अहिले केपी ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको उनको भनाइ छ ।

  • माधव नेपालको टिप्पणी- केपी ओलीले गफमा विद्यावारिधि गरे

    माधव नेपालको टिप्पणी- केपी ओलीले गफमा विद्यावारिधि गरे

    चितवन । एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले गफमा ओलीले विद्यावारिधि गरेको टिप्पणी गरेका हुन् ।

    ‘ओलीले गफमा विद्यावारिधि गरेका छन् । झुटको पुलिन्दा छर्न सक्छन् । समयमा बुझ्नु भएन भने फुर्सदमा पछुताउनु पर्ला,’ उनले भने, ‘यहि भरतपुरमा २०६२ को जनाअन्दोलनको जुलुसको अगुवाइ गरेको थिएँ । अहिले पनि केपी ओलीको प्रतिगमनविरुद्ध एकतावद्ध नभएको भए संविधान कागजको खोस्टोमा परिणत हुने थियो ।’

    एमालेको आवश्यकता र औचित्य सकिएको दाबी गर्दै एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका नेपालले भने, ‘एमालेमा फर्सी फलाएको मैले नै हो । तर, त्यो फर्सी कुहिसकेको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सान हुने गरि कोही लाग्न हुँदैन ।’

    रेणु दाहालले भरतपुरको विकासको लागि अघि बढ्न मेयरमा उम्मेदवारी दिएको भन्दै उनले भने, ‘भरतपुरमा दुई मत छैन । रेणु दाहाल विकासको लागि अघि बढ्ने मेयर पाएका छौँ भन्छन् जुन मान्छेलाई सोध्दा पनि । नमुना नगरको रुपमा भरतपुरलाई विकास गर्नु छ ।’

  • उम्मेदवारी दर्ताको समयसीमामा नेपालले देखे ‘षडयन्त्र’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे आशंका रहेको जनाएका छन् ।

    निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उनले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा एसले पाउनु पर्ने दाबी गरेका छन् ।

    ‘प्रत्येक जिल्लामा कम्तीमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।’ उनले ११ वैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गरेका छन् ।

    ‘भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिनमा किन राखेको थाहा छ ? मलाई लाग्छ, त्यहाँ पनि कुनै षडयन्त्र छ, ११ वैशाखमा नोमिनेसन फाइल गर्लान, मान्छेको अनुहार हेरिकन १२ वैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउला भनेर सोचेका होलान ?’ तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउँ भने आफूहरूले असफल पार्ने नेपालको दावी छ ।

    निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै योजना असफल हुने दाबी पनि गरे । ‘आफूले मात्र तिगडम जानेको सोचेका होलान, अरुले पनि जान्दछन । तर, ती तिकगडम सबै फेल हुनेछन्’ नेपालले अगाडि भने, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’