Tag: माधवकुमार नेपाल

  • माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट अलग-अलग नाम सिफारिस

    माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट अलग-अलग नाम सिफारिस

    रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।

    नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउँदै छ ।

    ‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भने । उनका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ । नेकपा एसले पनि गत बुधबारको बैठकवाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

    ‘जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले न्युज कारखानासँग भने, ‘कमजोर दलहरुले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म माओवादीका मेयर र उपमेयरको नाम सिफारिस गरिसक्नेछौं ।’

    उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।

  • गठबन्धनभित्रबाट अपमान भयाे, सहेर बस्दैनाैँ विद्रोह गर्छाैँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् ।

    स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान गर्ने काम भइरहेको बताए ।

    ‘कतिपय ठाउँमा अरूको शक्तिको अवमूल्यन गर्दै अलि अपमानपूर्ण व्यवहार भएकाे छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मिएका होईनौं । अपमानको विरूद्धमा विद्रोह गर्दै जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थमा विश्वास छ ।’

    सबै दलभित्र उम्मेदवार बन्न तानातान भइरहेको भन्दै चुनावमा पराजित हुने स्थिति भएकाहरूले समेत गजबले जित्छु भन्दै घुर्की लगाइरहेको बताए ।

    समाजवादीले अरूले भनेको आधारमा नभएर त्यहाँको वस्तुस्थितिको राम्रोसँग अध्ययन गरेर उम्मेदवार छनोट गर्ने उनले बताए । ‘त्यहाँको कमिटीले जनताको भावनालाई बुझेर अनि पार्टीको प्रभावलाई ध्यानमा राखेर, व्यक्तित्वलाई ध्यानमा राखेर, यसले पुर्‍याएको योगदानलाई ख्याल गरी, उसको लोकप्रियताको पनि ध्यान दिएर मात्रै अघि बढ्नु पर्छ ।’ नेपालले भने ।

    पाँच दलभित्र जतिमा सहमति हुन्छ त्यही सहमतिको आधारमा र नभएको खण्डमा मित्रताको आधारमा स्वस्थ प्रतिस्पर्धामा जाने बताए । ‘जति सहमति हुन्छ त्यही आधारमा जान्छौँ । हामीले सहमति गरिसकेका छौँ की पाँच दलकोबाहेक अरु दलहरूसँग सहमति नगर्ने । पाँच दलभित्र नै गर्ने । सहमति हुन सकेन भने मित्रताको आधारमा स्वस्थ्य प्रतिस्पर्धामा जाने भन्ने टुंगो लगाएका छौँ ।’ अध्यक्ष नेपालले भने ।

    याे पनि पढ्नुहाेस् ।

    २०० युनिट बिजुली नि:शुल्क उपलब्ध गराउनेसहित यस्ता छन् नेकपा एसकाे चुनावी घाेषणापत्र (पूर्णपाठ)

  • नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

    नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् ।

    नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताएका छन् । ‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ’, उनले सन्देशमा भनेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जारी गरेकाे सन्देशमा आजसम्मका जनसङ्घर्ष जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवं विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गरे ।

    ‘बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ’, उनले भनेका छन्, ‘नयाँ वर्ष २०७९ को सुरुआतसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ ।’

  • अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

    अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

    कठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् ।

    समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए ।

    एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ । एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताए ।

    उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे ।

    ‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ’, अध्यक्ष नेपालले भने, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।’ नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ ।

  • गफाडीलाई गफ गर्न दिऔँ, हामी प्रष्ट विचारकासाथ जनतामा जान्छाैँ : माधव नेपाल

    गफाडीलाई गफ गर्न दिऔँ, हामी प्रष्ट विचारकासाथ जनतामा जान्छाैँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    शनिबार पार्टीले भृकुटी मण्डपमा आयोजना गरेको आमसभामा उनीहरुले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

    आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जबजको मान्यतामाथि कुठाराघात भइरहको आरोप लगाएका छन् ।

    उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफूहरु प्रष्ट विचारका साथ जनतामाझ जाने धारणा राखे । अध्यक्ष नेपालले जनसेवाको पक्षमा दृढता साथ उभिन चाहेको भन्दै बोलेको कुरा पुरा गरेरै छाड्ने दावी गरे । विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको र पार्टी थप विस्तार हुँदै गएको उनले बताए ।

    त्यस्तै, समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको जानकारी दिए । उनले यसअघिको ओली नेतृत्वको ४२ महिने सरकारले फुटेको कौडी पनि गर्न नसकेको आरोप लगाए ।

    कार्यक्रममा समाजवादीका अन्य नेताहरुले कम्युनिष्ट आन्दोलनलाइ नयाँ ढंगले अघि बढाउनुपर्ने बेला आएको धारणा राखेका थिए ।

  • स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

    स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताएका छन् । उनले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गरे ।

    बाराको कलैयामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकार नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडि बढिरहेको प्रष्ट पारे । निर्धारित समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

    नागरिता विधेयक सदनमा कानुनको अभावमा अड्किरहेको अध्यक्ष नेपालले बताए । राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन पारित गर्ने दिशामा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श भइरहेको उल्लेख गर्दै उनले चाँडै नै सो विधेयक पारित हुने धारणा राखे । कार्यक्रममा समाजवादी पार्टीका नेता नगेन्द्र चौधरी, दिनेश राई, सुन्दर विश्वकर्मालगायत सहभागी थिए ।

  • लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल

    लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उहाँले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाएका छन् ।

    ‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा(एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखेका छन् ।

  • वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

    वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् ।

    समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए ।

    अध्यक्ष नेपालले भने, ‘यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।’ उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए ।

    ‘हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ’, अध्यक्ष नेपालले भने, ‘विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।’

    उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे । उनले भने, ‘समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।’

  • एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्छ : माधवकुमार नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताएका छन् ।

    आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघिको एमाले सरकारले बिकासको झुटा प्रचार गरको भन्दै एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओलीले पानी जहाज, रेलमार्ग लगाएतका बिकासका काम कागजमै सीमित भएको तर्क गरे ।

    अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको आरोप लगाए । आफुहरुले एमालेलाई अहिलेको अवस्थामा ल्याएपनि व्यक्तिबाद हावी हुन पुगेका कारण समाजवादको नयाँ क्रान्तिको यात्रामा अघि बढिएको उनको भनाई छ । कार्यक्रममा अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएको उल्लेख गरे ।

    अध्यक्ष नेपालले पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गर्दै पार्टीको सकारात्मक पक्षको प्रचार गर्न आग्रह गरे ।

  • आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल

    आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् ।

    गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गरे । गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए ।