Tag: माैसम पूर्वानुमान

  • केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

    केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

    सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ८ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

  • मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडाैं । देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

    स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आङ्शिकदेखि सामान्य बदली भई प्रदेश नं १ को केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    शनिबार प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आङ्शिक बदली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डग्री र अधिकतम तापक्रम ३१ दशमलव दुई डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव चार डिग्री सेल्सियस छ ।

  • अझै केही दिन वर्षाको सम्भावना

    अझै केही दिन वर्षाको सम्भावना

    काठमाडाैं । अझै केही दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ ।

    स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

    रातिको समयमा देशको प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सोमबार प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव दुई डिग्री र सबैभन्दा धेरै डडेलधुराको अधिकतम तापक्रम ३७ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

  • यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

    यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

    देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यता आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • शुक्रबार यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

    शुक्रबार यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

    काठमाडौं । नेपालमा हाल स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

    शुक्रबार देशका पहाडी भू-भागका केही स्थानगरूमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    शनिबार पनि प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • पाँच वटा प्रदेशमा वर्षाकाे सम्भावना, मंगलबार हावाहुरी चल्नसक्ने

    पाँच वटा प्रदेशमा वर्षाकाे सम्भावना, मंगलबार हावाहुरी चल्नसक्ने

    काठमाडाैं । साेमबार मुलुकका केही क्षेत्रकाे वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ ।

    राति प्रदेश १ र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चटयाङहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

     

  • तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना

    तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना

    काठमाडाैं । शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएकाे छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ ।

    आइतबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

  • नेपालमा असानी चक्रवातकाे असर, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

    नेपालमा असानी चक्रवातकाे असर, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

    काठमाडाैं । मंगलबार वर्षाकाे सम्भावना रहेकाे छ । माैसम पूर्वानुमान महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातकाे असर रहेकाे छ ।

    जसकारण दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएकाे छ ।

    बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

    शुक्रबार प्रदेश १ र बागमती प्रदेश केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बताएकाे छ ।

  • ‘असानी’ चक्रवातकाे असर नेपालमा पनि, यी क्षेत्रमा वर्षाकाे सम्भावना

    ‘असानी’ चक्रवातकाे असर नेपालमा पनि, यी क्षेत्रमा वर्षाकाे सम्भावना

    काठमाडाैं । मंगलबार केही प्रदेशमा वर्षा हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेकाे चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेकाे छ ।

    साथै, स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेकाे छ ।

    जसकारण मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

    राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    बुधबार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएकाे छ ।

    बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सूदुरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

     

  • चुनावका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

    चुनावका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

    काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत माैसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरी ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ ।

    हाल दक्षिणी बंगालको खाडीमा बनेको सामुद्रिक आँधी ‘असानी’ को हिमावरी भू-उपग्रहबाट दिउसोको १:३५ बजे प्राप्त तस्बिर ।

    विभागका अनुसार, चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।

    अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा विकसित न्यून चापीय प्रणालीका कारण पानी परिरहेको छ । दक्षिण बंगालको खाडीमा असानी नामको चक्रवात विकसित भइरहेको र उक्त प्रणाली उत्तर-पश्चिम भारततर्फ सर्ने क्रममा रहेकाले त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार, २८ वैशाख बुधबारदेखि नै देशभरि सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । २८ र २९ वैशाखमा देशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    विभागले मौसम प्रणालीका कारण मतदान र चुनावी गतिविधिमा पर्न सक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।