Tag: याेगेश भट्टराई

  • एमाले सचिव भट्टराईले गरे संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन माग

    एमाले सचिव भट्टराईले गरे संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन माग

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

    सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेपछि उनले यस्तो माग राखेका हुन् ।

    ‘संविधानको अक्षर र भावना बिपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धि बिधेयकको बिरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    उनले सरकारलाई संविधान अनुकुल चल्न पनि आग्रह गरेका छन् ।

    ‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होइन बरु संविधान अनुकुल चल्ने र संपिधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराईले भनेका छन् ।

     

  • अछाममा गोरु जाेत्दै योगेश भट्टराई

    अछाममा गोरु जाेत्दै योगेश भट्टराई

    अछाम । नेकपा एमाले सचिव योगेश भट्टराईले गोरु जोतेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार भट्टराईले मंगलसेन नगरपालिका– ३ लाछिमनामा गोरु जोतेका हुन् ।

    पार्टी कार्यक्रमका लागि अछाम पुगेका भट्टराई धान दिवसमा किसानसँग रोपाइँ गर्दै रमाएका छन् ।

  • माधव नेपालसँग योगेशको चित्तदुखाई : दुई सय वर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

    माधव नेपालसँग योगेशको चित्तदुखाई : दुई सय वर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।

    तत्कालिन नेकपाको बिबादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समुहलाई केही दिन अघि ‘दास’को संज्ञा दिपछि एमाले नेता भट्टराईले दुई सय बर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामाना दिएका हुन् ।

    पार्टी कार्यक्रममा काठमाडाैं धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शिर्षकमा दुई जना बिचको सबन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् :

    कमरेड माधव नेपाल र म !

    कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !

    कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा:

    १. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

    २. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।

    ३. नेकपा एमालेको पाँचौ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।

    ४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।

    ५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।

    ६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।

    ७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

    ८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।

    ९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।

    १०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।

    ११. म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन ।

    पुनश्च : कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होइन ।

  • योगेश भट्टराईले माधव र झलनाथलाई भने- हामीले पहिल्यै चिनेका खेलाडी तपाईहरू अहिले चिन्दै हुनुहुन्छ

    योगेश भट्टराईले माधव र झलनाथलाई भने- हामीले पहिल्यै चिनेका खेलाडी तपाईहरू अहिले चिन्दै हुनुहुन्छ

    काठमाडौं । एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिएलगत्तै एमाले नेता भट्टराईलाई एक वर्षअघिको घटना स्मरण गराएका हुन् ।

    नेता भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर छुट्टिएको जानकारीसमेत गराएका छन् । उनले एकीकृत समाजवादीमा अहिलेको जस्तो अवस्था आउँछ भनेर आफूले पहिल्यै भनेको पनि उल्लेख गरेका छन् ।

    ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले विस्तारै चिन्दै जानुहुनेछ,’ भट्टराईले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

  • देउवालक्षित भट्टराईकाे अभिव्यक्ति- हामीलाई र्‍याल, सिंगान काढ्ने प्रधानमन्त्री चाहिएको होइन

    देउवालक्षित भट्टराईकाे अभिव्यक्ति- हामीलाई र्‍याल, सिंगान काढ्ने प्रधानमन्त्री चाहिएको होइन

    काठमाडाैं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देशलाई काम गर्ने प्रधानमन्त्री चाहिएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवातिर कटाक्ष गर्दै देशलाई काम गर्ने प्रधाामन्त्री चाहिएको बताएका हुन् ।

    विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी भट्टराईले भने ‘हामीलाई र्‍याल, सिंगान काढ्ने प्रधानमन्त्री चाहिएको होइन, कृषकहरुका लागि मल ल्याउने प्रधानमन्त्री चाहिएको छ । तर यो वर्ष पनि मलबिनै कृषकको खेती लाग्यो ।’

    उनले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको पनि बताएका छन् । उनले भने ‘रासायनिक मल खोज्न कृषि मन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौँ, मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ ।’

  • विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेकाे छ : योगेश भट्टराई

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेकाे छ : योगेश भट्टराई

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् ।

    ‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने ।

    प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।

  • सरकारको प्राथमिकतामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि नियन्त्रण परेन : योगेश भट्टराई

    सरकारको प्राथमिकतामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि नियन्त्रण परेन : योगेश भट्टराई

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले मूल्यवृद्धि नियन्त्रणदेखि पेट्रोलियम पदार्थको वैकल्पिक उपायबारे सरकारको प्राथमकितामा नपरेको बताए ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै वस्तुको भाउ बढ्ने र यसले विपन्न समुदायको जीवन कष्टकर हुने भन्दै उनले पेट्रोलियम पदार्थको वैकल्पिक उपायदेखि मूल्यवृद्धि नियन्त्रणको उपाय अवलम्बन गर्नुपर्ने बताए ।

    अर्थमन्त्री जनार्दन शर्माले मंगलबार पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशको आर्थिक संकट नियन्त्रण गर्ने उपाय अवलम्बन नगरेको भट्टराईले बताए ।

    कोरोनाभाइरसको महामारीका बेला एमालेको तत्कालीन सरकारले दातृ राष्ट्र र निकायको सहयोग लिएर देशको आर्थिक अवस्थालाई बलियो बनाए पनि अहिले सरकारले देशको आर्थिक अवस्था सुधार्न प्रयास नगरेको पनि उनको आरोप छ ।

  • गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई : नेता भट्टराई

    गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई : नेता भट्टराई

    काठमाडाैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् ।

    एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट पारे ।

    उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ ।

    प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनुपर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको उनले जानकारी दिए ।

    बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनःसङ्गठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।

  • एमालेविरुद्धको गठबन्धन किन ? याेगेश भट्टराईले देखाए यी कारण

    एमालेविरुद्धको गठबन्धन किन ? याेगेश भट्टराईले देखाए यी कारण

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत् टिप्पणी गरी पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘एमालेविरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।’

    अहिले केही प्रदेशमा गठबन्धनलाई भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाएर मन्त्रीकाे संख्या बढाइएकाे छ । उनले यसप्रति कटाक्ष गरेका हुन् ।