Tag: रवि लामिछाने

  • रास्वपाले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने ! काे-काे बन्नेछन् मन्त्री ?

    रास्वपाले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने ! काे-काे बन्नेछन् मन्त्री ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    रास्वपा स्रोतको अनुसार उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो ।

    रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन् । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन ।

    अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । बैठकले भागवण्डा टुंग्याउने तयारी छ ।

    दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भागबण्डाको लगभग सहमति भइसकेको छ ।

  • सर्वाेच्चलाई गृहमन्त्री रवि लामिछानेकाे लिखित जवाफ : म नेपाली नागरिक नै हुँ

    सर्वाेच्चलाई गृहमन्त्री रवि लामिछानेकाे लिखित जवाफ : म नेपाली नागरिक नै हुँ

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पदसमेत रद्ध गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

    लामिछानेले बुझाएको लिखित जवाफमा उक्त रिट खारेज गर्न माग गर्दै आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दावी गरिएकाे छ ।

    उनले लिखित जवाफमा भनेका छन्, ‘नागरिकता ऐन, २०६३ को दफा ११ ले ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भनी उल्लेख गरेको तथा उक्त दफा ११ बमोजिम नेपाली नागरिकता कायम गर्ने कार्यविधिको बारेमा नियमावलीको नियम ११ मा उल्लेख गर्दा ऐनको दफा १० को उपदफा (१) अनुसारको कायम नरहेको नागरिकता बारे कुनै पनि कार्यविधि उल्लेख नगरी ‘…नागरिकता त्यागी विदेश गएको कुनै ब्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा …’ भन्ने उल्लेख गर्दै नागरिकता त्यागेको निस्सा सहित पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूचि ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने भनी उल्लेख गरेको पाइन्छ । म लिखित जवाफवालाले नेपाली नागरिकता त्यागी विदेश अमेरीका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधि अनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएको झुट्टा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन ।’

  • निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मीलाई भेटे गृहमन्त्री लामिछानेले

    निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मीलाई भेटे गृहमन्त्री लामिछानेले

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेटेका छन् ।

    बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्नामा छन् ।

    यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । तर अधिकारकर्मीहरुले आन्दाेलन जारी राखेका छन् ।

  • गृहमन्त्रीको निर्देशन- आदेश होइन कानुनको पालना गर्नू

    गृहमन्त्रीको निर्देशन- आदेश होइन कानुनको पालना गर्नू

    काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् ।

    आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।

    ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’

    उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

    उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु’ उनले भने ।

    उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ ।

    नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

    उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुको विकासका काम गरिने उनको भनाइ छ ।

    देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उनले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारे ।

  • सर्वसाधारणसँगै बस चढेर चितवन गए गृहमन्त्री रवि लामिछाने (भिडिओ)

    सर्वसाधारणसँगै बस चढेर चितवन गए गृहमन्त्री रवि लामिछाने (भिडिओ)

    काठमाडाैं । उप-प्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहीबार चितवन गएका छन् । चितवन जाने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणसँगै बसको यात्रा गरेका छन् ।

    विमानस्थलको धवनमार्गदेखि जहाज भएको स्थानसम्म पुग्नका लागि लामिछानेले सर्वसाधारण चढेको बसमा यात्रा गरेका हुन् । लामिछाने बसमा सवार भिडिओ सार्वजनिक गर्दै बोहराले भनेका छन्, ‘चितवन जाँदै छौँ ।’

    भिडिओमा लामिछानेले सर्वसाधारणसँग गफ गरेको सुनिन्छ । सोही बसमा रहेकी एक महिलाले लामिछानेप्रति आफूहरुलाई आश भएको भन्दै प्रशंसा गरेकी छिन् ।

    हेर्नुहाेस् भिडिओ :

  • संसदकाे पहिलाे बैठकमा रवि लामिछानेकाे गर्जन : भ्रष्ट्राचारकाे विराेधमा निर्मम भएर लाग्छाैँ

    संसदकाे पहिलाे बैठकमा रवि लामिछानेकाे गर्जन : भ्रष्ट्राचारकाे विराेधमा निर्मम भएर लाग्छाैँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए ।

    ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने ।

    उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

    यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए ।

    उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’ उनले भने ।

    विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए ।

    उनले भने, ‘हाम्रो सांसदहरुको सांसदका कारण शीर झुकाउनुपर्ने छैन । कुनै अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौँ ।’

  • सशस्त्रलाई गृहमन्त्री रवि लामिछानेकाे निर्देशन : सुरक्षा फौजसँग जनताले आँखा जुधाएर कुरा गरुन्

    सशस्त्रलाई गृहमन्त्री रवि लामिछानेकाे निर्देशन : सुरक्षा फौजसँग जनताले आँखा जुधाएर कुरा गरुन्

    काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

    शनिबार काठमाडौंमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्यपक्षमा पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् ।

    उनले सशस्त्र प्रहरीलाई पूर्वाधारसँगै थप व्यवसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता जनाए ।

    तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्चुङगोला र छाङ्रुकको चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको भन्दै यसमा सरकारले बिशेष ध्यान दिने उनकाे भनाइ छ ।

    कार्यक्रमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसुकै भुमिकाका लागि आफूहरु परिचालित हुँदै आएको बताए ।

  • मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल भएकाे छैन : गृहमन्त्री लामिछाने

    मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल भएकाे छैन : गृहमन्त्री लामिछाने

    काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन् ।

    बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताएका हुन् ।

    ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन् । ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने।

    यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए ।

    मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम/कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उनले बताए।

    यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ ।

  • गृहमन्त्री रवि लामिछानेले दिए सिडिओहरुलाई यस्तो निर्देशन

    गृहमन्त्री रवि लामिछानेले दिए सिडिओहरुलाई यस्तो निर्देशन

    काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

    सोमबार प्रमुख जिल्‍ला अधिकारीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिँदै उनले शीतलहरबाट कोही पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी आवश्यक पूर्व तयारी गर्न निर्देशन दिएको सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

    यस्तै, नागरिकहरूलाई सरकार अभिभावक हो भन्ने भावनाको सुनिश्चितता गराउने जिम्मेवारी भएको भन्दै उनीहरूको आवाज केन्द्रसम्म पुर्‍याउने र सुनुवाइ गर्न पनि निर्देशन दिए ।

    नागरिकहरूको समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव राख्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिए । जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरूको छानविनमा जोड दिन पनि उनले बताएका छन् ।

    त्यसैगरी, उनले मिटरब्याजी र नागरिकताविरूद्धका उजुरी छानविनलाई पनि तीव्रता दिन निर्देशन दिएको सहसचिव भुसालले बताए ।

  • गृहमन्त्री रवि लामिछानेकाे दाैडधुप : प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि ओली भेट्न बालकाेट

    गृहमन्त्री रवि लामिछानेकाे दाैडधुप : प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि ओली भेट्न बालकाेट

    काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

    ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।

    शनिबार बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन लामिछानेलाई निर्देशन दिएका थिए ।