Tag: रवि लामिछाने

  • रविकाे पार्टी आयाेगमा दर्ता भएपछि दाइ हरिशरण लामिछानेकाे प्रतिक्रिया- राम्राे कुरा

    रविकाे पार्टी आयाेगमा दर्ता भएपछि दाइ हरिशरण लामिछानेकाे प्रतिक्रिया- राम्राे कुरा

    काठमाडाैं । रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयाेगमा दर्ता भएपछि दाइ हरिशरण लामिछानेले राम्राे भएकाे प्रतिक्रिया दिएका छन् ।

    भाइकाे पार्टी दर्ता भएपछि उनले भने, ‘प्रक्रियागत रुपमा दर्ता भएकाे छ । याे राम्राे कुरा हाे । यसबारे धेरै टिप्पणी नगराैँ ।’

    सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको हाे ।

    पार्टीकाे चुनाव चिन्ह घण्टीले पनि आधिकारिकता पाएकाे छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह गाेलाकारभित्रकाे घण्टी रहनेछ ।

    लामिछानेले यसअघि पार्टी घाेषणा गरेकाे दिन दाइ हरिशरण लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराएका थिए ।

    लामिछानेले स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं- ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

  • निर्वाचन आयोगमा दर्ता भयाे रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी

    निर्वाचन आयोगमा दर्ता भयाे रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह घण्टीले पनि आधिकारिकता पाएकाे छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह गाेलाकारभित्रकाे घण्टी रहनेछ ।

    केही स्वतन्त्र उम्मेदवारहरुले लामिछानेकाे पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।

    पार्टीको नामका विषयमा उत्पन्न विवाद किनारा लगाएर आयोगले पार्टीकाे याे नामलाई मान्यता दिएको हाे ।

  • रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

    रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

    काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ ।

    बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।

    स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका हुन् ।

    ‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ उजुरीमा भनिएको छ, ‘स्वतन्त्र’ शब्दको अर्थकै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं।’

    लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

  • रवि लामिछानेको पार्टी दर्ता गर्न नहुने मागसहित निर्वाचन आयोगमा उजुरी

    रवि लामिछानेको पार्टी दर्ता गर्न नहुने मागसहित निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।

    स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक समूहले निवेदन दिएकाे जानकारी दिए ।

    अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग राखिएकाे छ ।

  • शंकर पाेखरेलकाे टिप्पणी : रवि लामिछाने राजनीतिमा याेग्य छैनन्

    शंकर पाेखरेलकाे टिप्पणी : रवि लामिछाने राजनीतिमा याेग्य छैनन्

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्यता नहुने बताएका छन् ।

    महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने जनाएका छन् ।

    टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले लेखेका छन्, ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’, पोखरेलले लेखेका छन् । लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

    महासचिव पोखरेलले भने राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने उल्लेख गरेका छन् । ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ’, पोखरेलले लेखेका छन् ।

  • यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

    यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

    काठमाडौं । सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ ।

    बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् ।

    लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन् । यो पार्टीमा २१ जना सदस्य रहेको जनाइए पनि नाम भने सार्वजनिक गरिएको छ । निवेदन दिँदै लामिछानेले नचिनिएका व्यक्तिहरु टीममा रहेको बताएका छन् ।

    उनले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन् ।

  • प्रचण्ड बाबुरामकाे एजेण्डा बाेकेर आएकाे रवि लामिछानेकाे पार्टी सफल हुँदैन : प्रा.डा रामप्रसाद उप्रेती

    प्रचण्ड बाबुरामकाे एजेण्डा बाेकेर आएकाे रवि लामिछानेकाे पार्टी सफल हुँदैन : प्रा.डा रामप्रसाद उप्रेती

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राप्रपा स्वास्थ विभाग प्रमुख प्रा.डा रामप्रसाद उप्रेतीले रवि लामिछानेले स्वतन्त्र उम्मेदवारकाे क्रेज बढेपछि त्यही जनमत लिन खाेजेकाे आराेप लगाएका छन् ।

    उनले यसअघि असफल भइसकेका रविन्द्र मिश्रजस्तै हालत रवि लामिछानेकाे पनि हुने जिकीर गरे । देशले धान्न नसक्ने संघीयतालाई मलजल गर्ने गरी निर्मित पार्टीकाे अस्तित्व खतरामा रहेकाे तर्क पनि गरे ।

    हुलाक सञ्चारसँग संक्षिप्त कुराकानी गर्दै उप्रेतीले भने, ‘रवि लामिछाने पनि नेपालकाे पहिचान मास्न पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईकै जस्ताे एजेण्डा बाेकेर आए । उनी सफल हुन सक्दैनन् । अन्तत: अहिले रविन्द्र मिश्रकै जस्ताे हालत हुनेछ ।’

    उनले रवि लामिछानेकाे पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको क्रेज घटाउन देशी विदेशी शक्ति चलखेलको परिणाम भएकाे जिकीरसमेत गरे ।

    पूर्वसञ्चारकर्मी रवि लामिछानेले मंगलबार नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।

    राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनकाे भनाइ रहेकाे छ ।

  • रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हाम्राे कमजोरीबाट सिक्ने प्रयास गर

    रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हाम्राे कमजोरीबाट सिक्ने प्रयास गर

    काठमाडाैं । राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । पत्रकारिता नै छाडेर वैकल्पिक राजनीति भन्दै साझा पार्टी स्थापना गरेका रवीन्द्र मिश्र पनि अन्ततः असफल भएका छन् ।

    उनले अहिले नयाँ दल खोलेका रवि लामिछानेलाई सफताको शुभकामना दिँदै आफूहरूको हविगतबाट पाठ सिक्न सुझाव दिएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत मिश्रले भनेका छन्, ‘मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी, पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर ।’

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

  • रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

    रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

    काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् ।

    निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।

  • भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

    भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

    काठमाडौं । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् ।

    रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् । मंगलबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (‘राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’

    सो घोषणा गर्दै हरिशरणले फेसबुकमा लेखेका छन् :

    जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी

    नैतिक न राजनैतिक ?

    नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः

    कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।

    दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।

    स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भावना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ ।

    ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’