Tag: रवि लामिछाने

  • तस्बिरमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा कार्यक्रम

    तस्बिरमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा कार्यक्रम

    काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।

    राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।

  • रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घन्टी

    रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घन्टी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।

    काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए ।

    उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

  • देशको जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिन्छु : रवि लामिछाने

    देशको जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिन्छु : रवि लामिछाने

    काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा हाेमिएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

    ‘मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको छ । हार्ने सुविधा छैन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सुझबुझका साथ जहाँबाट प्रतिकृया आउछ त्यहाँबाट उम्मेदवार दिन्छु’, मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने ।

    उनले अगाडि थपे, ‘एक जनालाई संसद् छिर्न म रोक्छु । अर्कोलाई रोक्न तपाइँ आउनुहोस । बेतिथीको मेन स्वीच अफ गरौँ । ’ अबको निर्वाचनमा जान्नेलाई छान्ने र त्यसको सुरुवात आफूहरुले गर्ने उनले बताए । यसैबीच, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी प्रस्ताव गरेका छन् ।

    ‘यो सुशासनको घन्टी हो । भ्रष्टाचारका लागि जनाउ घन्टी हो । विकास र सुशासनको घन्टी हो ।’ चुनाव चिह्न प्रस्ताव गर्ने क्रममा उनले भने ।

  • राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

    राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

    काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन् ।

    मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए ।

    ‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’

    उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए । आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे । उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे । लामिछानेले स्वतन्त्र रूपमा आफ्नो राजनीति अघि बढाउने बताए ।

  • रविकाे पार्टीकाे व्यवस्था : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    रविकाे पार्टीकाे व्यवस्था : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    काठमाडौं । राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् ।

    उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।

    आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।

    उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

    लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।

    १. प्राइमेरी निर्वाचन हुने
    २. युवालाई ५० प्रतिशत एकको व्यवस्था
    ३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
    ४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
    ५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
    ६. परिवारवादलाई पूर्ण रूपमा निषेध
    ७. भ्रातृसंगठन र कार्यकर्तारहित

  • रवि लामिछानेले घाेषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

    रवि लामिछानेले घाेषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

    काठमाडौं । राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

    काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरेका छन् ।

  • रवि लामिछाने राजनीतिक यात्राबारे घोषणा कार्यक्रम (लाइभ)

    रवि लामिछाने राजनीतिक यात्राबारे घोषणा कार्यक्रम (लाइभ)

    काठमाडाैं । टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा आएका रवि लामिछानेले आफ्नो आगामी यात्राबारे औपचारिक घोषणा गर्दैछन् ।

    राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेका हुन् ।

    पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले राजनीतिक यात्राबारे विस्तृत जानकारी दिन लागेका छन् ।

    हेर्नुहाेस् लाइभ :

  • चुनाव लड्न रवि लामिछानेले छाडे ग्यालेक्सी टेलिभिजन, कहाँबाट उम्मेदवारी ?

    चुनाव लड्न रवि लामिछानेले छाडे ग्यालेक्सी टेलिभिजन, कहाँबाट उम्मेदवारी ?

    काठमाडाैं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।

    बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

    टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । बिहीबार बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

    उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् ।

    काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।