Tag: रवि लामिछाने

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट न्यायाधीश  फुयालको इजलासमा

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट न्यायाधीश फुयालको इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ।

    रविको तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा उक्त रिट दायर गरेकी थिइन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

    तर, सो आदेशविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा पुनरावेदन गरिएपछि, उच्चले चैत २२ गते जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।उक्त आदेशपछि लामिछानेका तर्फबाट ‘थुनुवा दफा ७३’ अन्तर्गत पहिले नै सर्वोच्चमा निवेदन दायर गरिएको थियो। उक्त निवेदनमा सर्वोच्चले सरकारसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरिसकेको छ।

  • गैरकानुनी थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिए

    गैरकानुनी थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिए

    काठमाडौं। पत्रकार रवि लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन्।

    उनले अदालतमा दायर गरेको निवेदनमा आफ्नो थुनामा राख्नु कानुनी नहुने र आफूलाई तत्काल रिहा गर्न माग गरेका छन्। लामिछानेको भनाइ अनुसार, थप अनुसन्धानको नाममा उनलाई थुनामा राख्नु कानुनी प्रक्रियाको उल्लंघन हो।

    उनको वकिलले निवेदनमा भनेका छन् कि रवि लामिछानेको थुनामा राख्नुको कुनै आधार छैन र यसबाट उनलाई अनावश्यक मानसिक र शारीरिक तनाव परेको छ।सर्वोच्च अदालतले यसबारे तुरुन्त निर्णय गर्ने अपेक्षा गरिएको छ।

  • सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भर्त्सना

    सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भर्त्सना

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ । चैत्र २२ गते राति ११ बजे देखि बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको विज्ञाप्ती मार्फ जानकारी गराइएकाे छ ।

    विज्ञाप्तीमा भनिएको छ, ‘पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन । नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्दैछौँ ।’

    यस्तै, बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने, साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लाग अघि बढ्ने निर्णय पनि गरेको छ ।

    यसको साथै, चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने । ‘राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ’ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन अनुरोध गर्ने र पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

  • रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

    रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

    बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् ।

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।

    यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

    पोखराको सुर्यदर्शनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो ।

  • रविलाई छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी हालेका सफलले फेरि दिए कारबाहीकाे माग गर्दै निवेदन

    रविलाई छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी हालेका सफलले फेरि दिए कारबाहीकाे माग गर्दै निवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला न्यायाधीश नितिज राईविरुद्ध न्यायपरिषदमा उजुरी हालेका युवराज सफलले पुन: ध्यानाकर्षणसहित कारबाही गर्नुपर्ने माग राखेर निवेदन दिएका छन् ।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश गैरकानुनी रहेको दाबीसहित न्यायाधीश राईमाथि कारवाही माग गरिएको छ ।

    सवुत–प्रमाण र तथ्य हुँदा हुँदै धरौटी लिएर तारेखमा छाडिएको दाबीसहित सिन्धुलीका युवराज सफलले गएकाे पुस २६ गते न्यायाधीश राईविरुद्ध न्याय परिषदमा उजुरी दर्ता गराएका थिए ।

    बुधबार दिइएकाे निवेदनमा सफलले तीन बुँदामा न्यायाधीश नितिज राईविरुद्ध उठेका प्रसंग र विषय उल्लेख गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डकाे दबाबमा राईले लामिछानेसहित अन्यलाई धराैटीमा छाेड्न लगाएकाे आराेप पनि लगाएका छन् ।

    हेर्नुहाेस् ध्यानाकर्षण निवेदन :

  • रवि लामिछाने आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर हुने

    रवि लामिछाने आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर हुने

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्कीबाट रिहा भएसँगै काठमाडाैं जिल्ला अदालतमा हाजिर हुँदैछन् । उनी आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर हुनेछन् ।

    बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

    उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

    बिहीबार साँझ रिहा भएका लामिछाने काठमाडौं फर्किएका छैनन् ।

    लामिछाने विरुद्ध चितवन, बुटवल र पर्सामा पनि सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान भइरहेको छ । ती ३ वटा जिल्लाको मुद्दा अदालतमा दर्ता भएको छैन ।

    चितवनमा सहारा बचत, पर्सामा सानो पाइला र बुटवलमा सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछनेसँग अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।

  • रवि लामिछाने तत्काल नछुट्ने, काठमाडाैं ल्याउने तयारी

    रवि लामिछाने तत्काल नछुट्ने, काठमाडाैं ल्याउने तयारी

    काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल छुट्ने अवस्था भने छैन ।

    रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो ।

    काठमाडौं जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ । कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौं ल्याउने तयारी छ ।

    यस्तै, रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।

    यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनी छुट्ने अवस्था नदेखिएको हाे ।

  • रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतकाे आदेश

    रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतकाे आदेश

    काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे हाे ।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न रास्वपा सभापति लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौंको च:मतिस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

    सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।

    लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो ।

    गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

    यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।

  • रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकियाे, फैसला आजै आउने सम्भावना

    रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकियाे, फैसला आजै आउने सम्भावना

    पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

    कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

    सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले गरेका हुन् ।

    रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथी थुनछेक बहस भएको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।

  • रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

    रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

    काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । पाँच जनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन ।