Tag: राप्रपा

  • भ्रष्टाचार नियन्त्रणसहित २२ बुँदे माग पूरा गर्न सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन

    भ्रष्टाचार नियन्त्रणसहित २२ बुँदे माग पूरा गर्न सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन

    काठमाडौं । राप्रपाले भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर देशभर प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे ज्ञापनपत्र सम्बोधनको माग राखेर शुक्रबार देशभर प्रदर्शन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार शुक्रबार देशभरि नै सानाठूला प्रदर्शनसहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिइएको छ ।

    आफ्नो माग पूरा गराउन दबाब दिने उद्देश्यले राप्रपा १३ असारदेखि आन्दोलनमा उत्रिएको छ । राप्रपाले १३ असारमा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो ।

    आफ्नो माग सम्बोधन गर्न राप्रपाले १७ असार साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस सम्पन्न गरेको छ । १९ असारमा राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार सोही कार्यक्रमको निरन्तरता स्वरूप शुक्रबार भ्रष्टाचार नियन्त्रणको मागसहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।

    राप्रपाको विद्यार्थी संगठनले २७ असारमा देशभर सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई र ३१ असारमा महिला संगठनले महिला हिंसाका घटनाबारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।

  • राप्रपा आन्दोलनको निरन्तरता, श्रमिकका मुद्दा लिएर श्रममन्त्री भेट्यो

    राप्रपा आन्दोलनको निरन्तरता, श्रमिकका मुद्दा लिएर श्रममन्त्री भेट्यो

    काठमाडौं । राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुँवरको नेतृत्वको प्रतिनिधिमण्डलले श्रममन्त्री शेरबहादुर कुँवरलाई ज्ञापनपत्र बुझाएको छ ।

    श्रमिकले श्रमको उचित ज्याला पाउनुपर्ने, श्रमिकको जीवन बिमा हुनुपर्ने लगायतका माग राखी महासंघले आइतबार सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएको हो ।

    राप्रपा यतिबेला जनजीविकाका विभिन्न माग राखी आन्दोलनमा छ । १३ देखि ३१ असारसम्मको विभिन्न कार्यक्रम सार्वजनिक गर्दै राप्रपा आन्दोलनमा होमिएको हो ।

    यसअघि १ असारमा राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका राजनीतिक र चर्काे मूल्यवृद्धि नियन्त्रण, किसानलाई रासायनिक मलको आपूर्ति व्यवस्था लगायतका जनजीविका सम्बन्धि विभिन्न २२ बुँदे मागहरू सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

    आफ्ना मागहरू सम्बोधनका लागि राप्रपाले दबाबमूलक कार्यक्रमहरु जारी राखेको छ ।

  • राप्रपा आईडीयूको पूर्ण सदस्य, बर्लिनमा उपाध्यक्ष गुरुङले गरे सदस्यता ग्रहण

    राप्रपा आईडीयूको पूर्ण सदस्य, बर्लिनमा उपाध्यक्ष गुरुङले गरे सदस्यता ग्रहण

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू)को पूर्ण सदस्य बनेको छ ।

    विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित छन् ।

    यसअघि नेपालबाट आईडीयू फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले करिब डेढ दशकपछि पूर्ण सदस्यता प्राप्त गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार जर्मनको बर्लिनमा २६ जुनदेखि चार दिनसम्म चलेको आईडीयूको फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको हो ।

    राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आईडीयू अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आईडीयूको पूर्ण सदस्यताको प्रमाणपत्र ग्रहण गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना

    कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना

    खोटाङ । कृषकलाई मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुभल तरिकाले मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म ज्ञान केन्द्रमा धर्ना दिएको हो ।

    देशव्यापी जनसंघर्ष, ज्ञापन–पत्र तथा धर्ना कार्यक्रम अन्तर्गत राप्रपाले कालो व्यानर बोकेर झण्डै एक घण्टा भित्रबाहिर गर्नै नमिल्नेगरी कृषि ज्ञान केन्द्रको गेटमा बसेर धर्ना दिएका थिए ।

    एकातिर कृषि सामग्रीको अभाव तथा अर्कोतिर चर्को मुल्य वृद्धि हुँदा किसानको खेतीपातीको काम नै अड्किएकाले विरोधमा उत्रनु परेको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । महंगी र भ्रष्टाचारविरुद्धमा नारा लगाउदै कृषि ज्ञान केन्द्र पुगेका राप्रपाको नेता तथा कार्यकर्ताले नारा जुलुससहित नै त्रिबेणीचोक पुगेर कोणसभा गरेका छन् ।

    राप्रपाले महंगी, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण गर्न, शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेदेखि संघीयता प्रादेशिक तह खारेजीसम्मको नारा लेखिएको व्यानरसहित जुलुस निकालेका थिए । राप्रपाले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमित नेपाली भूमी फिर्ता गर्न, महिला, वालबालिका तथा दलित हिंसा र विभेद अन्त्या गर्न, स्थानीय तहमा लगाइएको दोहोरो कर खारेज गर्न, देवनागरी लिपीमा नम्बर प्लेट राख्ने व्यवस्था गर्न, इम्बोस्ड नम्बर प्लेट खारेज गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।

    पार्टीकातर्फबाट सरकारसमक्ष पेश गरेका १९ बुँदे माग पूरा गर्नुपर्ने राप्रपा अध्यक्ष राईले बताए । त्रिबेणीचोकमा भएको कोणसभालाई अध्यक्ष राई र नगर कमिटि अध्यक्ष चन्द्रकुमारी राई ताराले सम्बोधन गरेका थिए ।

  • मूल्यवृद्धि र मल अभावविरुद्धको आन्दोलनलाई राप्रपाले निरन्तरता दिने, यस्तो छ कार्यक्रम

    मूल्यवृद्धि र मल अभावविरुद्धको आन्दोलनलाई राप्रपाले निरन्तरता दिने, यस्तो छ कार्यक्रम

    काठमाडौं । राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै राप्रपाका भ्रातृ संगठन आन्दोलित बनेका छन् ।

    पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रीत भई १३ असारमा ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ ।

    यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखेर १७ असारमा ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको छ ।

    बैठकले १९ असारमा पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने निर्णय गरेको छ ।

    २४ असारमा भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै देशभरका जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको राप्रपाले २७ असारमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पठनपाठनको समय भइसक्दा पनि विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    यसैगरी ३१ असारमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने भएको छ ।

  • के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ज्ञापनपत्रमा ?

    के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ज्ञापनपत्रमा ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रप्रमुखमा राजासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाको लागु गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

    बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राप्रपाले संघीयता र धर्मनिरपेक्षता खारेज गर्न माग गरेको छ ।

    यस्तो छ राप्रपाले बुझाएको २२ बुँदे ज्ञापनपत्र

    १. हरेक वर्ष मलको अभाव हुने गरेको र यस वर्ष अहिलेसम्म पनि किसानले मल नपाएकाले किसानलाई तत्काल मल, विउ उपलव्ध गराइयोस् र समयमा मल आपूर्ति व्यवस्था गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरियोस् ।

    २. महँगी तथा कालोबजारी नियन्त्रण गरियोस् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भईरहेको श्रृंखलावद्ध मुल्यवृद्धि अविलम्ब रोकियोस् ।

    ३. भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गरियोस् । राज्यकोषबाट संचालित सवै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरियोस् ।

    ४.राजसंस्थासहित सवै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरियोस् ।

    ५. केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गरियोस् ।

    ६.मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराइयोस् ।

    ७.संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरियोस् ।

    ८. आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय वनाउनका लागि निष्पक्ष चुनावी सरकार गठन गरियोस् ।

    ९. नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगरियोस् ।

    १०. इम्वोस्ड नम्वर प्लेटसँग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकाले यसको खारेज गरियोस । गर्नैपर्ने भए देवनागरी लिपिमा नम्वर प्लेट राख्ने व्यवस्था गरियोस् ।

    ११. नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरियोस् । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने समस्या तत्काल समाधान गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था सुनिश्चित गरियोस् ।

    १२. भूमिहीन तथा घरबारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गरियोस् ।

    १३. बेरोजगारी समस्याको दीर्घकालीन समाधान गरियोस् । यस क्रममाः कम्तिमा देहायका कार्ययोजना कार्यान्वयन गरियोस्ः

    क. वर्षमा कम्तिमा पाँच लाख रोजगारी श्रृजना गर्ने गरी दीर्घकालीन आर्थिक विकास योजना सञ्चालन गरियोस् ।

    ख. कम्तिमा एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन गरियोस् ।

    ग. रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गराइयोस् ।

    १४. कहाली लाग्दो व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गरियोस् । आयातमुखी अर्थतन्त्रमा सुधार गरी राष्ट्रिय उत्पादन र आय वृद्धिका कार्यक्रम तत्काल सञ्चालन गरियोस् ।

    १५. राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक विदा दिइयोस् ।

    १६. देशभरी रहेका ऐतिहासिक व्यक्तिहरुका भत्काइएका शासकहरुको पुनर्निर्माण तथा संरक्षण गरियोस् ।

    १७. प्रशासन, न्यायालय, शैक्षिक संस्था, कुटनीतिक नियोग, संवैधानिक अङ्गजस्ता निकायहरूलाई राजनीतिक हस्तक्षेप र प्रभाववाट मुक्त राख्न तथा पार्टीगत आधारमा भागबण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्यको अन्त्य गरियोस् ।

    १८. अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कुटनीतिक पहल गरियोस् ।

    १९. महिला, वालवालिका तथा दलित समुदायविरुद्ध हुने सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चालियोस् ।

    २०. विदेशमा रहेका नेपाली नागरिकहरुले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गरियोस् ।

    २१. स्थानीय तहमा लगाएका अव्यावहारिक करहरू तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गरियोस् ।

    २२. वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरियोस् ।

  • एसपीपी रोक्न स्वतन्त्र चुनावी सरकार गठन गरौँ : राजेन्द्र लिङ्देन

    एसपीपी रोक्न स्वतन्त्र चुनावी सरकार गठन गरौँ : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र चुनावी सरकार गठनको प्रस्ताव गरेको छ ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परराष्ट्र नीतिमा असन्तुलन हुने कार्य हुन नदिन स्वतन्त्र सरकार गठन गर्नपर्ने आवश्यकता भएकाे बताएका हुन् ।

    विगतमा एमसीसी बहुमतको बलमा पास गरिएको र फेरि एसपीपीको विषय अगागि आएको उल्लेख गर्दै उनले यस्ता विषयमा राष्ट्रिय आवश्यकता र सहमतिभन्दा बहुमतमा निर्णय लिने प्रवृति मौलाएकाले त्यसलाई रोक्न र परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न स्वतन्त्र सरकार गठनको प्रस्ताव गरेका हुन् ।

    उनले भने, ‘बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । तर, त्यसका पछि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ । यो एसपीपी अरु कुरा के-के आउँछन् देखिँदै जानेछन् ।’

    अध्यक्ष लिङदेनले ‘यस प्रकारको गल्ती सरकारले किन दोहोर्‍याइरहेको छ ?’ भनी प्रश्नसमेत राखेका छन् ।

  • चार महिनापछि फेरि राप्रपामा फर्किए उद्धव पौडेल र चन्द्र गुरुङ

    चार महिनापछि फेरि राप्रपामा फर्किए उद्धव पौडेल र चन्द्र गुरुङ

    काठमाडौं । राप्रपा नेपाल त्यागेका दुई नेता उद्धव पौडेल र चन्द्र गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् ।

    उनीहरु चार महिना अगाडि मात्रै राप्रपा छोडेर राप्रपा नेपालमा लागेका थिए । तर पुन: उनीहरु राप्रपामै फर्किएका हुन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पौडेल र गुरुङलाई खादा लगाएर पार्टीमा स्वागत गरे । नेताद्वयको पुनरागमनबाट आफूहरु हर्षित र उत्साहित बनेको उनले बताएका छन् । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष थिए भने गुरुङ कोषाध्यक्ष थिए ।

    भर्खरै सम्पन्न स्थानीय चुनावमा राप्रपा नेपालले निराशाजनक परिणाम हात पारेको थियो । राप्रपाको महाधिवेशनमा हार व्यहोरेपछि कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका थिए ।

  • राप्रपामा तोकिए थप चार विभाग प्रमुख

    राप्रपामा तोकिए थप चार विभाग प्रमुख

    काठमाडाैं । राप्रपाले चार विभागका प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन् ।

    उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ ।

    महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र केन्द्रीय सदस्य रोजेश गिरीलाई शिक्षा विभाग प्रमुख बनाइएको छ ।

    ज्वाला संग्रौलालाई सामाजिक विभाग प्रमुखको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।

  • यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ?

    यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ?

    काठमाडौं । राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ ।

    राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ ।

    यी हुन् राप्रपाले जितेका स्थान :

    १. नवलपरासीको रामग्राम नगरपालिका–९ को वडा अध्यक्षमा भोजबहादुर यादवसहितको प्यानल निर्वाचित

    २. पाँचथरको फिदिम–४ मा उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित

    ३. धनुषा गणेशमान चारनाथ नगरपालिका–२ मा बेचूँ हमालको प्यानल विजयी

    ४. शंखरापुर नगरपालिका–३ मासूर्य तामाङ विजयी

    ५. धादिङको रुबिभ्याली–४ को अध्यक्षमा प्रशान्त तामाङसहित प्यानल विजयी

    ६. नेपालगञ्ज उपमहानगरपालिका–८ वडा अध्यक्षमा रजनीश वाजपेयी (विवेक) प्यानलसहित विजयी

    ७. धादिङको खनियाबास–३ को वडा अध्यक्षमा कमानसिंह तामाङ प्यानल विजयी

    ८. सिद्धार्थनगर नगरपालिका– ३ को वडा अध्यक्षमा नारायणप्रसाद उपाध्याय सापकोटा प्यानलसहित विजयी

    ९. सिद्धार्थनगर नगरपालिका–४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) प्यानलसहित विजयी

    १०. धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा श्यामकुमार आले प्यानलसहित विजयी

    ११. लक्ष्मीनिया गाउँपालिका–३ को अध्यक्षमा तेजनारायण (हिरा) प्यानलसहित विजयी

    १२. भद्रपुर नगरपालिका–३ को वडा अध्यक्षमा हेमबहादुर काकी प्यानलसहित विजयी

    १३. झापाको हल्दिबारी गाउँपालिका–१ मा देवी थापा प्यानलसहित विजयी

    १४. नेपालगन्ज उपमहानगर–२ को अध्यक्षमा मनोज श्रेष्ठ प्यानलसहित विजयी

    १५. सर्लाहीको कौडेना गाउँपालिका–७ अध्यक्षमा कुमार यादव प्यानलसहित विजयी

    १६. चितवनको माडी नगरपालिका–८ को वडा अध्यक्षमा वीरेन्द्र भण्डारी प्यानलसहित विजयी

    १७. नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी

    १८. नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी

    १९. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा अध्यक्ष केशव खत्री प्यानलसहित विजयी

    २०. कपिलवस्तुको कृष्णनगर–१ मा अध्यक्ष टुङ्गनाथ चौधरी प्यानलसहित विजयी

    २१. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा अध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी

    २२. रुपन्देहीको रोहिणी गाउँपालिका–१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित

    २३. चितवनको माडी नगरपालिका वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित

    २४. सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित

    २५. नवलपरासी, रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित

    २६. डोटीको के.आई. सिंह गाउँपालिका वार्ड न. ७ को अध्यक्षमा दिलबहादुर बलायर प्यानलसहित विजयी

    २७. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानलसहित विजयी

    २८. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी

    २९. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी

    ३०. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल प्यानलसहित विजयी

    ३१. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द प्यानलसहित विजयी

    ३२. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी

    ३३. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी

    ३४. सल्यानको कपुरकोट गाउँपालिकाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी

    ३५. चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानलसहित विजयी

    ३६. रुपन्देहीको देवदह नगरपालिकाको वडा नम्बर ११ मा वडा अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी

    ३७. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल प्यानलसहित विजयी

    ३८. शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाबाट वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित

    ३९. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं ५ मा हबिब मियाँ र सबै सदस्य निर्वाचित

    ४०. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट, वडा नं ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित

    ४१. नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित

    ४२. काभ्रेको धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमीप्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित

    ४३. झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका वीरबहादुर राजवंशी र प्यानल निर्वाचित ।

    राप्रपाका २३० भन्दा बढी वडा सदस्यहरु निर्वाचित भइसकेका सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न पालिकासहित वडामा राप्रपाका उम्मेदवारले अग्रता लिइरहेका र परिणाम आउने क्रम जारी छ ।