Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

  • काठमाडौं-८ मा ‘घण्टी’काे अग्रता, पछ्याउँदै ‘लाैराे’

    काठमाडौं-८ मा ‘घण्टी’काे अग्रता, पछ्याउँदै ‘लाैराे’

    काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।

    १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।

    श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् ।

    नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २०९० र राप्रपाका प्रकाश रिमालले १३८२ मत पाएका छन् ।

     

  • ललितपुर-३ मा ताेसिमा कार्कीकाे फराकिलो अग्रता

    ललितपुर-३ मा ताेसिमा कार्कीकाे फराकिलो अग्रता

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् ।

    उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् ।

    यसैगरी, माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।

  • रवि लामिछाने उक्लिए दाेस्राे स्थानमा, एमालेको अग्रता कायमै

    रवि लामिछाने उक्लिए दाेस्राे स्थानमा, एमालेको अग्रता कायमै

    चितवन । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् ।

    निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् ।

    मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार बिहानबाट दोस्रो स्थानमा उक्लिएका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्‍याएका छन् । श्रेष्ठले २०३६ मत पाएका छन् ।

  • ललितपुर -३ मा ताेसिमा कार्कीकाे अग्रता

    ललितपुर -३ मा ताेसिमा कार्कीकाे अग्रता

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् ।

    कार्कीले १ हजार ४८२ मत ल्याएर अग्रता बनाएकी हुन् ।

    ४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।

  • चितवन २ मा एमालेकाे अग्रता, रवि लामिछाने तेस्रोमा

    चितवन २ मा एमालेकाे अग्रता, रवि लामिछाने तेस्रोमा

    चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

    यहाँ अहिलेसम्म १०० मत गनिसक्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

    उनले ५३ मत ल्याउँदै पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले ३३ मत ल्याएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठेका कारण यो क्षेत्र चर्चामा छ ।

    यहाँ चुनावी प्रचारका क्रममा नारायणी किनारमा रविले ठूलो सभा गरेका थिए ।

  • १०० मत गन्दा काठमाडाैं २ मा साेविता र ओनसरीकाे बराबरी मत

    १०० मत गन्दा काठमाडाैं २ मा साेविता र ओनसरीकाे बराबरी मत

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा १०० मत गणना हुँदा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतमले बराबरी २४ मत पाएका छन् ।

    यस्तै, एमालेका मणिराम फयाँलले १९ मत पाउँदा राप्रपाकी कुन्ती पोखरेलले जम्मा १२ मत पाएकी छन् ।

    केहीबेर अघिमात्र काठमाडौं २ मा मतगणना सुरु भएको हो ।

  • झापा ४ मा घण्टीकाे सुरुवाती अग्रता

    झापा ४ मा घण्टीकाे सुरुवाती अग्रता

    झापा । झापा निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र पार्टीका शम्भू ढकाल ‘सुस्केरा’ले सुरुवाती अग्रता लिएका छन् ।

    घण्टी चिह्नबाट चुनाव लडेका ढकालले १४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँवाले ८४ मत पाएका छन् ।

    यस्तै, नेपाली कांग्रेसका देउकुमार थेवेले ४६ मत पाएका छन् । याे परिणाम ३ सय मत गणना गर्दाको हो ।

  • काठमाडौं ८ मा पनि घण्टीको अग्रता, बहालवाला मन्त्री चौथो स्थानमा

    काठमाडौं ८ मा पनि घण्टीको अग्रता, बहालवाला मन्त्री चौथो स्थानमा

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ। घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठले ६०७ मतसहित अग्रता बनाइरहेका छन् ।

    त्यहाँ लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा एमालेका शिवसुन्दर राजवैद्य ३०५ मतसहित तेस्रो स्थानमा छन् ।

    बहालवाला पर्यटनमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीवनराम श्रेष्ठ २१३ मतसहित चौथो स्थानमा छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमाल २०३ मतसहित पाँचौँ स्थानमा छन् ।

  • ललितपुर-३ मा ताेसिमा तेस्राे, एमालेकाे अग्रता कायमै

    ललितपुर-३ मा ताेसिमा तेस्राे, एमालेकाे अग्रता कायमै

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् ।

    एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् ।

    यस्तै, माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन् ।

    यस्तै, ७० मत बदर भएको छ ।

  • काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, गठबन्धन तेस्राे

    काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, गठबन्धन तेस्राे

    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।

    काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका छन् ।

    यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)की मानुषी यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।