Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

  • हामीमाथि पूर्वाग्रह राखेर मतपत्र मिसमास पारियो : रवि लामिछाने

    हामीमाथि पूर्वाग्रह राखेर मतपत्र मिसमास पारियो : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मतपत्र मिसमास पारिएकोप्रति आपत्ति जनाएका छन् ।

    उनले आफूहरुमाथि नै पूर्वाग्रह राखेर मतपत्र मिसमास पारिएको आशंका गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घण्टी चिन्ह भएको समानुपातिकको मतपत्रमा नै एकै किसिमको त्रुटी हुनु मानवीय मात्र नभएर सुनियोजित हो कि भन्ने हामीलाई शंका छ ।’

    यस्ताे छ उनकाे भनाइ

    आजको निर्वाचनमा ४ वटा मतपत्र पाइन्छन् । त्यसमा क्रम हेर्ने हो भने पहिलो प्रतिनिधीसभाको प्रत्यक्षको मतपत्र हुन्छ, दोस्रो मतपत्र प्रतिनिधीसभाको समानुपातिकको हुन्छ, तेस्रो प्रदेशसभाको प्रत्यक्षको र चौथो प्रदेशसभाको समानुपातिकको हुन्छ । र, यहि हुनु पर्छ । तर यस्तो भएन ।

    आज मोरङ निर्वाचन क्षेत्र ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मिसमास गरिएको भेटियो । प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइयो । यो पत्ता लागे पछि मतदान रोकिएको थियो । तर हामीले यो मानवीय त्रुटी मात्रै भएको मानेर पछि गणना हुने गरि भन्ने सर्वदलीय सहमति पछि निर्वाचन सुचारु गरियो ।

    तर यस्तै प्रकृतिका त्रुटी भएका अन्यत्रबाट पनि त्यसपछि खबरहरु प्राप्त भइरहेका छन् । घण्टी चिन्ह भएको समानुपातिकको मतपत्रमा नै एकै किसिमको त्रुटी हुनु मानवीय मात्र नभएर सुनियोजित हो कि भन्ने हामीलाई शंका छ । यसैले सम्पुर्ण सरोकारवालाहरुले आफ्नो कर्तव्यमा कुनै पनि आग्रह पुर्वाग्रह र स्वार्थ मिसिन नदिन हुन अनुरोध गर्दै मतदाताहरुले प्रतिनिधीसभाको समानुपातिकमा घण्टी चिन्ह भएको नभएको निर्क्यौल गरेर खबरदारी गरिदिनु हुन हार्दिक आग्रह गर्दछौँ ।

  • अब संसदभित्र छिर्नमात्र बाँकी छ : डा. ताेसिमा कार्की

    अब संसदभित्र छिर्नमात्र बाँकी छ : डा. ताेसिमा कार्की

    काठमाडाैं । ललितपर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आफू संसदभित्र प्रवेश गर्न मात्रै बाँकी रहेको बताएकी छिन् ।

    आइतबार मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘संसदभित्र प्रवेश गर्न बाँकी छ ।’

    ललितपुर क्षेत्रका बासिन्दाले विवेकको मत हाल्ने र योजना कार्यान्वयन नहुने प्रवृत्तिबाट आजित जनताले परिवर्तनको पक्षमा मत हाल्ने उनले बताइन् ।

    उनले मतदातालाई निरास नबनाउने बताइन् ।

    उनले सरकारमा जाने वातावरण भए स्वास्थ्यमन्त्री रोज्ने बताइन् । ‘सरकारमा जाने, मन्त्रालयस्तरमै गएर गर्न सक्ने आँट क्षमता हिम्मत छ । अभिभावकको साथ छ,’ उनले भनिन्, ‘मन्त्रालय रोज्न परेमा पक्कै पनि स्वास्थ्यमन्त्री रोज्नेछु ।’

    उनले ललितपुर महानगरपालिका- १८ बाट बिहान ९ बजे मतदान गरेकी थिइन् ।

     

  • राष्ट्रिय स्वतन्त्र पार्टीले भन्याे- अनुप बाेहराकाे उम्मेदवारी आधिकारिक हाेइन

    राष्ट्रिय स्वतन्त्र पार्टीले भन्याे- अनुप बाेहराकाे उम्मेदवारी आधिकारिक हाेइन

    काठमाडाैं । आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडाैं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्रता पार्टीबाट उम्मेदवारी घाेषणा गरेका अनुप बाेहाेराकाे उम्मेदवारी आधिकारिक नभएकाे पार्टीले स्पष्ट पारेकाे छ ।

    बाहाेराले पार्टीमा छलफल नै नगरी उम्मेदवारी घाेषणा गरेकाे र उनकाे उम्मेदवारी आधिकारिक नभएकाे पार्टीका संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकाेटीले हुलाक सञ्चारलाई जानकारी दिए । उनले भने- ‘पार्टीकाे आफ्नाे पद्दती, सिद्दान्त हुन्छ । उहाँले छलफल नै नभइ पार्टीबाट उम्मेदवारी घाेषणा गर्नुभएकाे छ । उहाँकाे उम्मेदवारी आधिकारिक हाेइन । उहाँले स्वतन्त्र उम्मेदावारी दिन सक्नुहुन्छ । पार्टीबाट हाेइन ।’

    उनले पार्टीमा छलफल नै नभइ यसरी उम्मेदवारी घाेषणा गर्दा पार्टीले कारबाही गर्न सक्ने चेतावनी पनि दिए ।

    बाेहाेराले सामाजिक सञ्जालमार्फत काठमाडाैं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्रता पार्टीबाट उम्मेदवारी घाेषणा गरेका छन् । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालले २७ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरेको क्षेत्रमा उम्मेदवारी घोषणा गरेका हुन् ।

  • यी हुन् रवि लामिछानेकाे पार्टीका २१ केन्द्रीय सदस्य (सूचीसहित)

    यी हुन् रवि लामिछानेकाे पार्टीका २१ केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ ।

    शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

    लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।