Tag: रुस-युक्रेन द्वन्द्व

  • युक्रेनमा ध्वस्त भयाे विश्वकै ठूलो विमान

    युक्रेनमा ध्वस्त भयाे विश्वकै ठूलो विमान

    विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ ।

    युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । उक्त विमानमा रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीले बताएकाे सीएनएनले समाचार प्रकाशित गरेकाे छ ।

    यो खबरले उड्डयन जतगमा चिन्ता र उदासी पैदा गरेकाे पनि समाचारमा जनाइएकाे छ ।

    विमान ध्वस्त पारिएको कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । रसियाली सेनाले एएन–२२५ राखिएको होस्टोमेल एयरफिल्म कब्जा गरेको शुक्रबार दाबी गरेको थियो ।

  • रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

    रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

    रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् ।

    संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् । यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म यूक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ ।

    पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।

    – पोल्याण्ड –

    पोल्याण्डका सीमा रक्षकहरूको भनाइअनुसार करिब एक लाख ५६ हजार युक्रेनी पोल्याण्डको सीमा पार गरेर भागेका छन् । शुक्रबार मात्रै ५० हजार युक्रेनी पोल्याण्ड पुगेका थिए ।

    पोल्याण्डका अधिकारीले ९० प्रतिशत शरणार्थीहरूलाई साथीभाइ वा सम्बन्धले स्थापना गरिरहेको भए तापनि सीमा नजिकै नौवटा स्वागत केन्द्रहरू स्थापना गरिएको बताएका छन् ।

    रूसको आक्रमण अघि पोल्याण्डमा १५ लाख युक्रेनीमुलका नागरिकले बसोबास गर्दै आएका छन् ।

    देशभरिका मानिसहरू नयाँ व्यक्तिहरूलाई आवास, पैसा, लुगाफाटा र काम दिन जुटिरहेका बताइएको छ ।

    – रोमानिया –

    बिहीबारदेखि रोमानिया पुगेका ४७ हजार युक्रेनीमध्ये २२ हजार अन्य मुलुकमा गइसकेको सरकारले बताएको छ ।

    अधिकांश मानिसहरू देशको उत्तरमा सिरेट हुँदै यात्रा गरिरहेका छन्, जहाँ मार्माटाई नजिकै दोस्रो शिविर स्थापना गरिएको छ । रोमानियालीहरूले पनि शरणार्थीहरूलाई खाना र लुगाफाटा अनुदान दिन सामाजिक सञ्जालहरूमार्फत् सबैलाई आग्रह गरेका छन् ।

    – हङ्गेरी –

    यस आक्रमणपश्चात् लगभग ७१ हजार यूक्रेनी शरणार्थी हङ्गेरी पुगेका यहाँको आन्तरिकमामिला मन्त्रालयले जानकारी गराएको छ ।

    जाहोनी जस्ता धेरै सीमावर्ती शहरहरूले स्वागत केन्द्रको रूपमा सार्वजनिक भवनहरू स्थापना गरेका छन् । साधारण मानिसहरूले खाना र लुगा अनुदान दिएका छन् ।

    – मोल्दोभा –

    शनिबारको अन्ततिर कम्तीमा पनि २५,००० युक्रेनी नागरिक मोल्दोभा पार गरेका थिए । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीको मध्य यूरोप प्रमुख रोलान्ड शिलिङले ‘हृदयविदारक स्थिति’प्रति यसको प्रतिक्रियाका लागि सानो राष्ट्र माल्दोभाको प्रशंसा गरेका छन् । उनले स्थानीय जनताका साथसाथै मोल्दोभियाली सरकारले कठीन परिस्थितिमा व्यवहार गर्ने तरिकामा ‘साँच्चै प्रभावकारिता’ देखिएको बताए ।

    प्रधानमन्त्री नटालिया गाभ्रिलिताले शनिबार पलाङ्काको सीमा पार गर्न भ्रमण गरेका थिए । उक्त स्थानमा पाल गाउँ र चिकित्सा सुविधाहरू स्थापना गरिएका छन् ।

    उनले ट्वीट गर्दै भने, “यूक्रेनका लागि यी अन्धकारमय दिनहरूमा हामी यसका नागरिकहरूको पक्षमा उभिन्छौं । “सुरक्षित यातायात वा आवासको खाँचो परेकाहरूलाई मोल्दोभाले मदत गर्नेछ । हामी तपाईंको युक्रेनसँगै छौं !”

    – आन्तरिक रूपमा विस्थापित –

    युक्रेनभित्र आइतबार बिहानसम्ममा लगभग एक लाख ६० हजार मानिसहरू आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

    संयुक्त राष्ट्र शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले यसबारे ट्वीटमा भनेका छन् ‘यूक्रेनमा विस्थापन बढिरहेको छ तर सैन्य आक्रमणको स्थितिले सङ्ख्या अनुमान गर्न र सहायता प्रदान गर्न कठिन बनाएको छ ।’

  • युक्रेनी सेनाले ४३०० रुसी सेना मारेको दाबी

    युक्रेनी सेनाले ४३०० रुसी सेना मारेको दाबी

    युक्रेनी सेनाले ४३०० रुसी सेना मारेको दाबी गरेको छ ।

    युक्रेनी सेनाले रुसी सेनाका २७ लडाकु विमान, २६ लडाकु हेलिकोप्टर, १४६ ट्यांक, ७०६ हथियारबन्द लडाकु वाहन, ४९ तोप, १ एयर डिफेन्स सिस्टम, ४ ग्रेड मल्टिपल रकेट लन्च सिस्टम, ३० वाहन, ६० ट्यांकर, २ ड्रोन, २ नाउ ध्वस्त बनाइदिएको दाबी गरेकाे छ ।

    यस्तै, २ सयभन्दा धेरै युक्रेनी नागरिक मारिएकाे पनि बताइएकाे छ ।

    तर, युक्रेनको यो दाबीको स्वतन्त्र पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

    गत बिहीबारदेखि रुसले युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । रुसी सेना युक्रेनको राजधानी किभमा समेत पुगेको छ ।

  • रुस-युक्रेन युद्धकाे चर्चित तस्बिर, ‘म भाग्यले मात्रै बाँचे’

    रुस-युक्रेन युद्धकाे चर्चित तस्बिर, ‘म भाग्यले मात्रै बाँचे’

    ओलेना कुरिलोको अनुहारभरी रगत लतपतिएकाे तस्बिर युक्रेन युद्धको निकै चर्चामा आएका अनुहारमध्ये एक हाे । कुरिलोले आफ्नो भयावह भोगाइकाे स्मरणसहित भनेकी छन्, ‘म भाग्यले मात्रै बाँचे ।’

    उनी युक्रेनकी एक शिक्षिका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनको रगतको टाटा जमेको तथा ब्यान्डेज गरिएको अनुहार आतंकको पर्याय बनेको छ ।

    पूर्वी युक्रेनको खार्किभस्थित आफ्नो घरमा रुसी फौजले बम प्रहार गर्दा ५२ वर्षीया उनी घाइते भएकी हुन् । आक्रमणमा उनको घर पूर्ण रुपमा ध्वस्त भएको बताइएकाे छ ।

    यतिबेला उनको तस्बिर थुप्रै अखबारमा पहिलो पृष्ठमा छापिएको छ ।

    बिहीबारको हमलामा घाइते भएकी उनी अस्पतालमा उपचार गरेर फर्कने क्रममा आफ्नो ध्वस्त घरसामु उभिएर न्युज च्यानलसमक्ष केही भनिरहेकाे अवस्थामा उनकाे तस्बिर खिचिएकाे थियाे ।

    त्यतिबेला उनले भनेकी थिइन्, ‘भगवानका कृपाले बाँचेकाे छु । जिन्दगीमा यस्तो पनि घटना घट्छ होला भनेर कहिल्यै सोचेकै थिइनँ । मैले सकेसम्म र मेरो बलबुताले भ्याएसम्म युक्रेनका लागि जे पनि गर्छु । म सदा सर्वदा आफ्नो मातृभूमिको पक्षमा उभिनेछु ।’

  • युक्रेनमा रुसी हमला : किभको हावामा सास फेर्न कठीन

    युक्रेनमा रुसी हमला : किभको हावामा सास फेर्न कठीन

    युक्रेनमा रूसको आक्रमणपछि राजधानी किभको बाहिरी भागमा रहेको भासिलकिभमा रहेको तेल भण्डारमा क्षति पुगेको छ । रुसले युक्रेनमाथि चार दिनदेखि हमला जारी राखेको छ ।

    किभ प्रशासनले डिपोमा आगो लागेको र यहाँबाट विषाक्त धुवाँ निस्किरहेको भन्दै सर्वसाधरणलाई आफ्नो घरका झ्याल बन्द गर्न आग्रह गरेको छ । तेल डिपोमा भएको आगलागीका यस्ता धेरै भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् ।

    भिडियोमा हावामा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ । यसअघि संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च अधिकारी (ओसीएचआर) ले उक्त हमलामा अहिलेसम्म युक्रेनका २० जना हताहत भएको बताएका थिए । जसमध्ये कम्तीमा ६४ जनाको ज्यान गएको छ ।

    याे पनि :

    युक्रेनको तेल भण्डारमा रसियन क्षेप्यास्त्र प्रहार, दन्कियाे आगाे

  • रुसी हमलामा युक्रेनमा कम्तीमा २४० सर्वसाधारणकाे मृत्यु : राष्ट्रसंघ

    रुसी हमलामा युक्रेनमा कम्तीमा २४० सर्वसाधारणकाे मृत्यु : राष्ट्रसंघ

    काठमाडौं । युक्रेनमा भएको रुसी हमलामा कम्तीमा २४० सर्वसाधरणको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।

    रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

    घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौँ मानिसहरू पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ । राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन् ।

    रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थित तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ ।

    गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् ।

  • युक्रेनको तेल भण्डारमा रसियन क्षेप्यास्त्र प्रहार, दन्कियाे आगाे

    युक्रेनको तेल भण्डारमा रसियन क्षेप्यास्त्र प्रहार, दन्कियाे आगाे

    युक्रेनको राजधानी किभभन्दा ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भासीलकिभ शहरस्थित तेल भण्डारमा आगो लागेको छ ।

    रुसको क्षेप्यास्त्र आक्रमणबाट उक्त तेल भण्डारमा आगो लागेको हाे ।

    उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन् । भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिन्छ।

    एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको बीबीसीले उल्लेख गरेकाे छ ।

    शनिबार उक्त सहरले अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको प्रतिरोध गरेको थियो ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन् । हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ ।

  • ‘मलाई पक्रने रुसको योजना असफल भयो’, युक्रेनका राष्ट्रपतिले नयाँ भिडियोमा के भने ?

    ‘मलाई पक्रने रुसको योजना असफल भयो’, युक्रेनका राष्ट्रपतिले नयाँ भिडियोमा के भने ?

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार एउटा नयाँ भिडियो सन्देश जारी गरेका छन् । जसमा उनले रसियाकाे याेजना विफल पारेकाे दाबी गरेका छन् ।

    उनले भनेका छन्, हिजो राती रुसी सेनाले आफूलाई पक्रने र आफ्नाे स्थानमा रुसकाे नेता नियुक्त गर्ने रसियाको योजना विफल पारेको दाबी गरेका हुन् ।

    जेलेन्स्कीले सन्देशमा भनेका छन्, हामीले उनीहरुकाे याेजना बर्बाद गर्न सफल भयाैँ ।

    उनले युक्रेनी सेनाको राजधानी किभ र वरपरका प्रमुख सहरहरूमा पूर्ण नियन्त्रण रहेको र युक्रेनको हरेक सहरमा रुसी सेनाले कडा लडाइको सामना गरिरहेको बताए ।

    उनले रूसी जनतालाई आफ्ना राष्ट्रपतिलाई आक्रमण रोक्न दबाब दिन आग्रह पनि गरे ।

    उनले आफ्नो भाषणको केही अंश रुसी भाषामा दिए र भने- ‘हजारौँ पीडित, सयौँ कैदीलाई किन युक्रेन पठाइएको हो, उनीहरूलाई यहाँ मर्न र अरूलाई मार्न पठाइएको हाे ।’

    ‘जति चाँडो तपाईंले आफ्ना सरकारलाई यो लडाईँ तुरुन्तै बन्द गर्नुपर्छ भनेर भन्नुहुन्छ, मानिसहरू बाँच्न सक्षम हुनेछन् ।’

    जेलेन्स्कीले पहिले ट्वीटरमा किभको सडकमा हिँडिरहेको भिडियो पोस्ट गरेका थिए, जसमा उनले आफ्नो सेनालाई रसियासमक्ष आत्मसमर्पण गर्न आदेश दिएकाे भन्ने कुरा गलत भएकाे बताएका थिए ।

    उनले उक्त भिडियोमा भनेका थिए, ‘म यहाँ छु । हामी हतियार उठाउने छैनौँ । हामी हाम्रो देशको रक्षा गर्नेछौँ ।’

  • रुस-युक्रेन संकट : किभमा यसरी बित्याे कहरकाे रात

    रुस-युक्रेन संकट : किभमा यसरी बित्याे कहरकाे रात

    रुसले युक्रेनको राजधानी किभमा भयंकर हमला गरेको भए पनि त्यहाँ उसले कडा प्रतिरोधको सामना गरिरहेको छ । युक्रेनी सेनाले रुसी सेनाका धेरै आक्रमणलाई असफल बनाएको दाबी पनि गरिरहेकाे छ ।

    युक्रेनको सेनाले शनिबार बिहान फेसबुक पोस्टमा दावी गरेको छ, उसले रूसी सेनालाई शहरको मुख्य सडकमा अगाडि बढ्नबाट रोकेको छ ।

    राष्ट्रपति जेलेन्स्कीले एक दिनअघि रुसले राजधानी किभमा ठूलो हमला गर्ने प्रयास गर्ने बताएका थिए ।

    किभ प्रशासनले पनि सहरका सडकमा लडाइँ सुरु भएको पुष्टि गरेको छ र मानिसहरूलाई घरभित्रै बस्न सल्लाह दिएको छ । इन्टरफ्याक्स युक्रेनको एक रिपोर्टका अनुसार प्रशासनले मानिसहरूलाई बंकरहरूमा शरण लिन र घरको झ्याल र बालकनीबाट टाढा रहन आग्रह गरेको छ ।

    राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले स्थिति युक्रेनी सेनाको नियन्त्रणमा रहेको बताएका छन् ।

    ड्यानिलोभले भने, ‘हामीसँग भएका सबै श्रोतसाधनहरू प्रयोग गरी आक्रमण रोकिरहेका छौँ । किभमा सेना र शहरका नागरिकहरूको नियन्त्रण छ ।’

    युक्रेनको वायुसेना कमाण्डले शनिबार बिहान भासिल्किएभ एयरबेसमा भीषण लडाइँको जानकारी दिएको छ ।

    ‘हामीले जसरी पनि लड्नुपर्छ’

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार राति रुसले किभमा ठूलो आक्रमण गर्न लागेको बताएका छन् ।

    जेलेन्स्कीले भने, ‘आज राति शत्रुले सबै सम्भावित उपायहरू प्रयोग गरेर हाम्रो प्रतिरोधलाई तोड्ने प्रयास गर्नेछन् । आज राति उनीहरूले ठूलो आक्रमण गर्नेछन् । आज राति हामी सुरक्षित हुनैपर्छ । अब युक्रेनको भविष्य तय हुन लागेकाे छ । हाम्रो मुख्य उद्देश्य रक्तपातको अन्त्य हो ।’

    जेलेन्स्कीले रुसी सेनाले युक्रेनमा ठूलो क्षति पुर्‍याएकाे स्वीकार गरे तर शत्रुले ठूलो क्षति बेहोरेको दाबी पनि गरे ।

    यसअघि शुक्रबार राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले आफ्नो देश रुससँग युद्धविराम र शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए । तर रुसले युद्धलाई निरन्तरता दिइरहेकाे छ ।

  • ३५०० रुसी सैनिक मारिएको युक्रेनकाे दाबी

    ३५०० रुसी सैनिक मारिएको युक्रेनकाे दाबी

    युक्रेनले ३५०० रुसी सैनिक मारिएको दाबी गरेको छ ।

    युक्रेनी सेनाले आक्रमणमा संलग्न तीन हजार ५०० रुसी सैनिक मारिएको र २०० लाई बन्दी बनाएको दाबी गरेको हो ।

    सेनाले आफ्नो फेसबुक पेजमा यो जानकारी दिएको बीबीसीले लेखेको छ । रुसले अहिलेसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको सेनाले जनाएको छ ।

    यस्तै, युक्रेनको राजधानी कीभको दक्षिणपश्चिममा शनिवार दुईवटा मिसाइल आक्रमण भएको बताइएको छ ।

    कीभको स्थानीय सरकारले एउटा क्षेप्यास्त्र एक आवासीय भवनमा खसेको जनाएको छ । रोयटर्सका अनुसार राजधानीको जुलियानी एयरपोर्ट नजिकै अर्को मिसाइल खसेको थियो ।

    याे पनि :

    रुस र युक्रेन युद्ध : मुख्य रणभूमि राजधानी किभ, ५० बढी विस्फाेटका आवाज

    रुसले युक्रेनमा किन आक्रमण गर्‍यो, के चाहन्छन् भ्लादिमिर पुटिन ?