Tag: रुस-युक्रेन द्वन्द्व

  • नेपालीलाई युक्रेनबाट छिमेकी मुलुकमा जान दूतावासकाे सुझाव

    नेपालीलाई युक्रेनबाट छिमेकी मुलुकमा जान दूतावासकाे सुझाव

    काठमाडौं । बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीतर्फ जान सुझाव दिएको छ । एक विज्ञप्तिमार्फत दूतावासले यस्तो सुझाव दिएको हो ।

    युक्रेनबाट सम्पर्कमा आएका १९३ नेपाली सुरक्षित रहेको पनि दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

    युक्रेनसँग सीमा जोडिएका गणतन्त्र स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट बाहिर जान चाहने विदेशी नागरिकहरूलाई मानवीयताका आधारमा आफ्नो मुलुक प्रवेशका लागि नाका खोलेका छन् ।

    सुरक्षित रूपमा नेपाल फर्किनका लागि ती देशहरूसम्म जान सकिने दूतावासको भनाइ छ ।

  • रुस र युक्रेन युद्ध : मुख्य रणभूमि राजधानी किभ, ५० बढी विस्फाेटका आवाज

    रुस र युक्रेन युद्ध : मुख्य रणभूमि राजधानी किभ, ५० बढी विस्फाेटका आवाज

    रुस र युक्रेनबीच भइरहेको युद्धमा यतिबेला युद्धको मुख्य रणभूमि राजधानी किभ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    बीबीसीका अनुसार किभमा रुसी सैनिक पुगिसकेको छ । युक्रेनका राष्ट्रपतिले भने रुसी सेनालाई रोक्न आफ्ना सेनालाई आग्रह गरेका छन् ।

    राजधानी किभमा ५० बढी बिस्फोटका आवाज साथसाथै मशिनगन फायरिङको आवाज सुनिएको छ । घरबाहिर ननिस्किन स्थानीय प्रशासनले नागरिकसमक्ष आग्रह गरेको छ ।

    राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोटनको आवाज सुनिएको छ भने ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार किभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट टाढा-टाढासम्म सुन्न सकिन्छ ।

    फक्स न्यूजका एक संवाददाताका अनुसार राजधानीमा अहिले एकभन्दा बढी दिशाबाट आक्रमण भइरहेको छ ।

    ट्रोइयस्चना जिल्लाको सीएचपी-सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भइरहेको युक्रेनी सेनाले जनाएको छ । सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ ।

    पिरिमोही एभिन्यूमा क्षतिग्रस्त गाडीसँग आगो बलिरहेका दृश्यहरू देखिएका छन् ।

  • रुसी सेनाले आक्रमण गरेपछि युक्रेनकाे अवस्था देखाउने केही तस्बिर

    रुसी सेनाले आक्रमण गरेपछि युक्रेनकाे अवस्था देखाउने केही तस्बिर

    रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ ।

    बिहीबार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन् ।

    शुक्रबार पनि रुसले आक्रमणलाई निरन्तरता दिएकाे छ । शुक्रबार रुसी सेना राजधानी किएभमा प्रवेश गरेकाे छ ।

  • युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी, यस्ताे छ रुसकाे शर्त

    युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी, यस्ताे छ रुसकाे शर्त

    युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी भएको छ ।

    रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनले आत्मसमर्पण गरे रुस वार्ता गर्न तयार रहेको बताएको केही समयपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसलाई वार्ताका लागि निम्तो दिएका थिए ।

    युक्रेनी राष्ट्रपतिको वार्ताको निम्तो दिएपछि क्रेमिलन पनि वार्ता गर्न सहमत भएकाे छ । क्रेमिलन प्रवक्ता दिमित्री पेसकोभले तथस्ट भूमिमा वार्ता गर्न सकिने जनाएका छन् । उनले बेलारुसको राजधानी मिन्स्कमा वार्ता गर्न सकिने बताएको बीबीसीले रुसी समाचार एजेन्सी उदृत गरी जनाएकाे छ ।

    रुस र युक्रेनबीचको सम्बन्धको हिसाबले मिन्स्क महत्त्वपूर्ण छ ।

    पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण द्वन्द्वपछि सन् २०१४ मा मिन्स्क–१ र २०१५ मा मिन्स्क–२ सम्झौतामा हस्ताक्षर भएको थियो ।

    सन् २०१५ को फेब्रुअरीमा बेलारुसको राजधानी मिन्स्कमा रुस, युक्रेन, जर्मनी र फ्रान्सका नेताहरूको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको थियो ।

    यसअन्तर्गत रुस समर्थक पृथकतावादीहरूले कब्जामा लिएका क्षेत्रमा शान्ति स्थापनाका लागि कदम चाल्नुपर्ने थियो । अब रुसको आक्रमणलाई मिन्स्क सम्झौताको उल्लङ्घनका रूपमा हेरिएको छ ।

    रुस युक्रेन नेटोमा सामेल नहोस् भन्ने चाहन्छ । युक्रेन संकटका सम्बन्धमा रुसले अमेरिका र अन्य पश्चिमी देशहरूसँग वार्ता गरिरहेको बेला पनि रुसको मुख्य माग युक्रेनलाई नेटोमा समावेश नगर्नु नै थियो ।

    बिहीबारदेखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । युक्रेनतर्फ ठूलो क्षति भएको बताइएको छ । रुसी सेना युक्रेनको राजधानी किभसम्म पुगिसकेका छन् ।

  • रुसी सेना युक्रेनको राजधानी किभमा प्रवेश, भीषण युद्ध जारी

    रुसी सेना युक्रेनको राजधानी किभमा प्रवेश, भीषण युद्ध जारी

    रुसी सेना युक्रेनकाे राजधानी किभ नजिक पुगेका छन् । यतिबेला उनीहरु सहरकाे उत्तरी क्षेत्र ओबाेलाेनमा रहेकाे खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट मात्र ९ किलोमिटर टाढा छ ।

    रुसको आक्रमणपछि युक्रेनले आफ्नो सम्पूर्ण शक्तिका साथ जवाफ दिने प्रयास गरिरहेको छ । राजधानी कीभ वरपरका क्षेत्रहरूमा ठूलो लडाइ भइरहेको समाचार बीबीसीले उल्लेख गरेकाे छ ।

    सहरको बाहिरी भागमा रहेको एयरफिल्डमा युक्रेनी र रुसी सेनाबीच झडप जारी छ । यदि रुसी सेनाले यो एयरफिल्ड कब्जा गरेकाे खण्डमा राजधानी प्रवेश गर्ने बाटो पाउन सक्छ ।

    रुसी सेनाले बिहीबार गरेको आक्रमणपछि पूर्वी, उत्तरी र दक्षिणी क्षेत्रमा ठूलो भिडन्त भएको खबर आइरहेकाे छ ।

    कीभमा पनि धेरै बिस्फोटहरू भएका छन् ।

    उत्तरी क्षेत्रमा भारी गोलीबारी भएको खबर आएकाे छ । यी आक्रमणका बीच युक्रेनी सरकारले सहर भित्रका केही व्यक्तिले रुसका लागि सहयोग गरिरहेको हुन सक्ने चेतावनी पनि दिएको छ ।

    युक्रेनले अहिलेसम्म सर्वसाधारण र सैनिकसहित १३७ जनाको ज्यान गएको जनाएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार हालसम्म एक लाख मानिस घरबार छोडेर भागेका छन् ।

    बिहीबार राति मात्रै पोल्याण्डको दक्षिण-पूर्वी सहर प्रजेमिस्लमा एक हजार मानिस रेलबाट झरेका थिए ।

    यसैबीच, बेलायतका रक्षामन्त्री बेन वाल्लासले बिहीबार बिहानदेखि भएको आक्रमणमा कम्तीमा ४५० रुसी पनि मारिएकाे दाबी गरेका छन् ।

  • युक्रेन संकट र रूस आक्रमण : अहिलेसम्म के-के भए ?

    युक्रेन संकट र रूस आक्रमण : अहिलेसम्म के-के भए ?

    बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । यसपछि रुसी सेना धेरै तर्फबाट युक्रेनतर्फ अघि बढ्न थाल्यो ।

    यस समयमा रूस र युक्रेन बीचको स्थिति धेरै अस्पष्ट छ र स्थिति द्रुत रूपमा परिवर्तन भइरहेको छ ।

    हालसम्म उपलब्ध जानकारी –

    -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध सैन्य कारबाही गर्न आदेश दिएपछि बिहीबार बिहानैदेखि तीन तर्फबाट रुसी सेना युक्रेनतर्फ अघि बढ्न थालेका छन् । हालसम्म प्राप्त जानकारी अनुसार युक्रेनको पूर्वी भागबाट अधिकांश द्वन्द्वको खबर आइरहेको छ ।

    -युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाको आक्रमणको पहिलो दिन युक्रेनमा १३७ सर्वसाधारण मारिएको बताएका छन् । जसमा सैनिक र सर्वसाधारण पनि रहेका छन् ।

    -युक्रेन बोर्डर गार्ड सर्भिस (DPSA) ले १८ देखि ६० वर्ष उमेर समूहका सबै युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध लगाइएको जनाएको छ । यो अस्थायी प्रतिबन्ध सैनिक कानून लागू नभएसम्म कायम रहनेछ ।

    -अमेरिका र बेलायतले रुसमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । दुवैले रुसलाई सहयोग गर्न बेलारुसमाथि प्रतिबन्ध पनि लगाएका छन् ।

    -अमेरिकाले रुसको डलरमा व्यापार गर्ने क्षमता सीमित हुने बताएको छ । यससहित रुसी बैंकहरूमा पनि प्रतिबन्ध लगाइनेछ ।

    -विश्वका सात ठूला अर्थतन्त्रहरूको संगठन जी-सेभेन देशका नेताहरूले रुसको डलर, युरो, पाउन्ड र येनमा व्यापार गर्ने क्षमतालाई सीमित गर्ने सहमति गरेका छन् ।

    -युरोपेली संघका वरिष्ठ अधिकारीहरूले उनीहरूले रुसी सम्पत्ति रोक्का गर्ने र युरोपेली वित्तीय बजारहरूमा यसका बैंकहरूको पहुँच रोक्ने बताएका छन् ।

    -जो बाइडेनले अमेरिकी सेनाले युक्रेनमा नलड्ने तर नेटो सदस्य राष्ट्रहरूको सुरक्षा गर्ने बताएका छन् । पूर्वी युरोप संगठनका सदस्य राष्ट्रहरू – लाटभिया, इस्टोनिया, लिथुआनिया, पोल्याण्ड र रोमानियामा हजारौं नेटो सेनाहरू तैनाथ गरिएको छ।

    -युरोपेली संघका महासचिव जेन्स स्टोल्टनबर्गले नाटोले आफ्नो पूर्वी छेउमा १०० वटा लडाकु विमानलाई अलर्टमा राखेको बताएका छन् । तर, नाटोले युक्रेनमा सेना पठाउने योजना नरहेको बताएको छ ।

    -अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले चेर्नोबिल वरपर रुसी र युक्रेनी सेनाहरू बीच युद्धको रिपोर्टहरूबीच आणविक केन्द्रहरूको सुरक्षामा संयमित अभ्यास गर्न आवश्यक रहेको बताएको छ । एजेन्सीले युक्रेनले उनीहरूलाई चेर्नोबिल आणविक केन्द्र रसियाले कब्जा गरेको बताएको छ ।

    -युक्रेनको दोस्रो ठूलो सहर खार्किफका स्थानीयहरूले युक्रेनी र रुसी सेनाबीच लगातारको गोलाबारीका कारण बहुमंजिला भवनका झ्यालहरू थर्किरहेकाे रिपोर्ट पनि सार्वजनिक भएका छन् ।

    -रुसले युक्रेनको सैन्य अखडादेखि एयरपोर्टसम्म हवाई आक्रमण गरेको छ । युक्रेनको सेनाले ६ रुसी लडाकु विमान खसालेको दाबी गरेको छ । तर, रुसले ७० सैन्य लक्ष्य ध्वस्त पारेको दाबी गरेको छ ।

    -युक्रेनमा धेरै मानिसहरू शरण खोज्न ठूला शहरहरू छोड्ने प्रयास गरिरहेका छन् । यो प्रयासमा हजारौं मानिसले राजधानी किफ छोडिरहेका छन् ।

    -युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना देशवासीहरूलाई देशको रक्षा गर्न तयार रहन आग्रह गरेका छन् र इच्छुक जो कोहीलाई हतियार दिने आश्वासन दिएका छन् ।

    -रुसले यो सैन्य अपरेशन कति लामो समयसम्म चल्ने भनेको यो कसरी अगाडि बढ्छ र यसले किफको सैन्य क्षमताको अन्त्य गर्नुपर्ने बताएको छ ।

    -पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णयलाई उचित ठहर गर्दै रुसलाई बचाउन आफूसँग अर्को विकल्प नभएको बताए ।

  • रुसकाे आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाकाे मृत्यु

    रुसकाे आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाकाे मृत्यु

    काठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बताएकाे समाचारमा जनाइएको छ ।

  • युक्रेनमा रहेका नेपालीलाई दूतावासको आग्रह : तत्काल युक्रेन छाेड्न सम्भव छैन, सुरक्षित बस्नुहाेस्

    युक्रेनमा रहेका नेपालीलाई दूतावासको आग्रह : तत्काल युक्रेन छाेड्न सम्भव छैन, सुरक्षित बस्नुहाेस्

    काठमाडाैं । रुसले युक्रेनमा आक्रमण गरेपछि नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित बस्न भनेकाे छ ।

    जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको हाे ।

    हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने भएका कारण दूतावासले यस्ताे अनुराेध गरेकाे हाे ।

    युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

    युक्रेनका सबै भूभागमा गरी झण्डै दुई सय नेपाली नागरिक रहेको विवरण छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएको र तत्काल उद्धार गर्नसक्ने अवस्था नरहेको बताइएकाे छ ।

  • २० तस्बिरमा हेर्नुहाेस् रुसी आक्रमणपछि युक्रेनकाे अवस्था

    २० तस्बिरमा हेर्नुहाेस् रुसी आक्रमणपछि युक्रेनकाे अवस्था

    काठमाडाैं । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनकाे अवस्था भयावह भएकाे छ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणापछि राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ । अन्य सहरमा पनि आक्रमण गरिएकाे छ ।

  • यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू

    यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू

    रुसले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरेको छ । त्यसयता विश्वभरका घटनाहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन् ।

    यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू :

    -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको घोषणा गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले युक्रेन मुद्दामा धैर्यता अपनाउन आग्रह गर्दा उनले टेलिभिजन सम्बोधनका क्रममा यो घोषणा गरेका हुन् ।

    -टेलिभिजन सम्बोधनका क्रममा पुटिनले यस अभियानको उद्देश्य युक्रेनी सेनालाई त्यहाँबाट हटाउनु रहेको बताएका छन् ।

    -युक्रेनको धेरै भागबाट मिसाइल आक्रमणको खबर आएको छ । जसमा राजधानी कीफबाट पनि यस्तो आक्रमण भएको बताइएको छ ।

    -युक्रेनका विदेशमन्त्रीले रुसले ‘व्यापक आक्रमण’ गरेको आरोप लगाएका छन् । उनले संयुक्त राष्ट्र संघलाई यसलाई रोक्नको लागि सक्दो प्रयास गर्न आग्रहसमेत गरेका छन् ।

    -अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति पुटिनले पूर्व-व्यवस्थित युद्ध छनोट गरेका छन् जसले मानव त्रासदी निम्त्याउँछ ।’

    -बेलायत, युरोपेली संघ, संयुक्त राष्ट्र संघ र नाटोका नेताहरूले पनि रुसको आक्रमणको कडा निन्दा गरेका छन् ।