Tag: रुस-युक्रेन द्वन्द्व

  • रूसी आक्रमणमा मारिए युक्रेनी धनाढ्य व्यापारी दम्पती

    रूसी आक्रमणमा मारिए युक्रेनी धनाढ्य व्यापारी दम्पती

    काठमाडाैं । रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ ।

    ७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको बीबीसीले जनाएकाे हाे । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी माइकोलायिभमा आइतबार रूसले गरेको हवाई आक्रमणमा उनीहरू परेका हुन् ।

    वादातुर्स्की अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिक थिए । उनलाई ‘युक्रेनको हिरो’ को रूपमा सम्मान गरिएको थियो । फोर्ब्सका अनुसार सन् २०२० मा उनीसँग ४५ करोड डलर बराबरको सम्पत्ति थियो ।

    घरमै रहेका उनीहरू रूसी आक्रमणमा मारिएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वादातुर्स्कीको निधन राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन् ।

  • रुसी जहाजमा ड्रोन आक्रमण

    रुसी जहाजमा ड्रोन आक्रमण

    मस्को । क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् ।

    ‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला गरे’, उनले टेलिग्राममा भने । उक्त हमलामा ५ जना घाइते भएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

    युक्रेनी फौजले रुसी सेनाले २४ फेब्रुवरीपछि कब्जा गरेको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरेको छ । बुधबार युक्रेनी आक्रमणमा रुसी सेनाले कब्जा गरेको खेरसन सहरको एउटा प्रमुख पुल आंशिक रूपमा ध्वस्त भएको छ ।

  • किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस

    किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस

    मस्को । रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ ।

    यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

    ‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भन्यो ।

    उक्त क्षेत्रमा युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका लडाकुहरू रहेको मन्त्रालयले जनाएको छ । बिफ्रिङमा अगाडि भनिएको छ, ‘आक्रमणका कारण ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ र ७५ जना घाइते भएका छन् । ’ कैदका ८ कर्मचारी पनि घाइते भएको जनाइएको छ ।

  • रुस-युक्रेन युद्ध : खेरसन फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

    रुस-युक्रेन युद्ध : खेरसन फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

    किभ । रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् ।

    युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ ।

    यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा छन् । रणनीतिक रूपमा डिनिप्रो नदीको पश्चिममा अवस्थित यो शहर युद्धमा पहिलो पटक मस्कोको सेनाले कब्जा गरेको थियो ।

    युक्रेनी सेनाले मंगलबार हिमर्स आर्टिलरी रकेट प्रणाली प्रयोग गरेर खेरसनको एन्टोनिभस्की पुलमा गोली हानेका छन् ।

    अब रुसी सेना उक्त पुल पार गर्न नसक्ने अवस्थामा रहेको बताइएको छ । आधा माइल लामो पुलको केवल छरिएका भग्नावशेष मात्र बाँकी छ ।

    मस्कोले अब अधिकतम संख्यामा खेरसन दिशामा सेना गइरहेकाे युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले बताए ।

  • सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्ने युक्रेनकाे दाबी

    सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्ने युक्रेनकाे दाबी

    किभ । फेब्रुअरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् ।

    ‘हामी भन्न सक्छौं कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बर सम्म मुक्त हुनेछ, र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।

    युक्रेनी सेना पश्चिा देशहरुले सहयोग गरेको लामो दूरीको तोपखानाका कारण उत्साहित बनेको र पछिल्ला सातामा दक्षिणी खेरसोन क्षेत्रको केही भाग उसले फिर्ता गरिरहेको छ ।

    ‘हामी भन्न सक्छौं कि युद्धको मैदानमा एक मोड आएको छ । हामीले देख्छौं कि युक्रेनको सशस्त्र बलहरू उनीहरूको सबैभन्दा भर्खरको सैन्य कारबाहीमा विजयी छन्’, खलानले भने ।

    दक्षिणी खेर्सानका दुई प्रमुख पुल, रूसी हतियार भण्डारहरू र कमाण्ड पोस्टहरूमा युक्रेनी सेनाले हालै हमला गरेका थिए । ती हमला उक्त क्षेत्र फिर्ता गर्ने तयारीको हिस्सा भएको जनाइएको छ ।

  • युक्रेनसँग १० अर्ब डलर बराबरको अनाज बिक्रीमा : जेलेन्स्की

    युक्रेनसँग १० अर्ब डलर बराबरको अनाज बिक्रीमा : जेलेन्स्की

    किभ । युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।

    रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।

    जारी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो ।

    टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।

    सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

  • अमेरिकाले युक्रेनलाई गर्‍यो थप २७० मिलियन डलर सहयोग

    अमेरिकाले युक्रेनलाई गर्‍यो थप २७० मिलियन डलर सहयोग

    किभ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।

    प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ ।

    रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो ।

    ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले भने, ‘रसियाले देशभर घातक हमलाहरू सुरु गरेको छ । सपिङ मल, अपार्टमेन्ट भवनहरूमा आक्रमण गरी निर्दोष युक्रेनी नागरिकहरूको हत्या गरेको छ । ’

    अमेरिकाले युक्रेन सरकार र त्यहाँका जनतालाई सहयोग जारी राख्ने जनाएको छ ।

  • युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

    युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

    न्युयोर्क । रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् ।

    रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।

    ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने ।

    युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन् । ‘र, युक्रेनीहरूले पनि पीडा भोगेका छन् – सायद त्यो भन्दा अलि कम’, उनले भने ।

  • रूसी सेना अब पूर्वी यूक्रेनमा ‘मात्र’ केन्द्रित नरहने विदेशमन्त्रीको भनाइ

    रूसी सेना अब पूर्वी यूक्रेनमा ‘मात्र’ केन्द्रित नरहने विदेशमन्त्रीको भनाइ

    रुस । यूक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रूसले जनाएको छ ।

    विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ । लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भने, “अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लुगान्स्क पिपुल्स रिपब्लिक (एलएनआर)को बारेमा मात्र नभई खर्सन क्षेत्र, जापोरिज्हिया क्षेत्र र अन्य धेरै क्षेत्रहरूको बारेमा पनि हो । यो प्रक्रिया निरन्तर रुपमा चलिरहेको छ ।”

    मस्को समर्थकको बाहुल्यता रहेको डोनेट्स्क र लुगान्स्क पूर्वी युक्रेनमा छन् । रूसी सेनाहरूले दक्षिणी खर्सन क्षेत्र र दक्षिणपूर्वी क्षेत्र जापोरिज्हियाका केही भागहरूलाई पनि नियन्त्रण गरिसकेका छन् ।

    लाभरोभका अनुसार मस्कोको लक्ष्य यूक्रेनलाई ‘नाजी र सैन्य’ मुक्त बनाउने पूरानो नै रहेको भए पनि मार्च २०२२ मा मस्को र कीभबीच इस्तानबुल वार्ता भएदेखि ‘भूगोल’ परिवर्तन भएको छ ।

    रूसी विदेशमन्त्री लाभरोभले भने, “कीभलाई अमेरिका निर्मित हिमार्स क्षेप्यास्त्र प्रणालीलगायत पश्चिमी हतियारहरूको आपूर्तिपछि मस्कोले आफ्नो योजनाहरूको पुनरावलोकन गरेको उनले बताए । यदि पश्चिमले यूक्रेनलाई हतियार आपूर्ति गरिरह्यो भने रूसको ‘भौगोलिक लक्ष्य वर्तमान रेखाबाट अझ टाढा जानेछ’।”

    लाभरोभले भने, “हामी युक्रेनको भागलाई यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की वा उनका उत्तराधिकारीले नियन्त्रण गरेमा वा रूसी इलाका तथा आफू स्वतन्त्र भएको घोषणा गरिसकेका डोनेस्क र लुगान्स्कलगायतका ठाउँमा हतियार राख्दा तीे इलाकालाई प्रत्यक्ष खतरा उत्पन्न गर्ने भएकाले रूसले यसविरूद्ध लडिरहेको हो ।”

    यूक्रेनमा भएको आक्रमणको सुरुवातमा राजधानी कीभ लिन नसकेपछि रूसले आफ्नो सैन्य आक्रमण डोनेट्स्क र लुगान्स्कका पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । जुलाईको सुरुतिर मस्कोले लुगान्स्कमाथि पूर्ण नियन्त्रण भएको घोषणा गरेको थियो ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्ब्रुअरी २४ मा यूक्रेनमा रूसी फौज पठाई यूक्रेनविरूद्धको युद्ध सुरू गरेका थिए ।

  • रुसी रकेट हमलामा बालबालिकासहित ३ युक्रेनीको मृत्यु

    रुसी रकेट हमलामा बालबालिकासहित ३ युक्रेनीको मृत्यु

    किभ । युक्रेनी सहर डिनिप्रोमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

    आक्रमणमा कम्तीमा १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिए । मृत्यु हुनेमा बालबालिका पनि छन् ।

    ‘रकेटहरू एक औद्योगिक प्लान्ट र यसको छेउमा रहेको व्यस्त सडकमा प्रहार भएको छ’, रेजिन्चेन्कोले भने ।

    उनले अगाडि भने, ‘रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । हामी क्षतिको विवरण संकलन गरिरहेका छौँ ।’