Tag: विदेशी मुद्रा

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

    त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६३ रुपैयाँ १४ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • नेपालका जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एडिबी इच्छुक

    नेपालका जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एडिबी इच्छुक

    काठमाडाैं । नेपालमा जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)ले इच्छा व्यक्त गरेका छन् ।

    बुधबार अर्थमन्त्री प्रकाशशरण महतसँग विश्वबैंक र एसियाली विकास बैंकका अधिकारीहरूले भेट गरी जलविद्युत र सडक क्षेत्रको विकासका लागि सहयोग गर्ने इच्छा व्यक्त गरका हुन् ।

    ‘एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्,’ भेटपछि अर्थमन्त्री महतले भने ।

    त्यस्तै, सडक आयोजनाहरूमा पनि बजेट सहयोग गर्न इच्छुक देखिएको अर्थमन्त्री महतले जानकारी दिए ।

    छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।

    विश्व बैंक र एडिबीको सहयोगमा सञ्चालित परियोजनाको कार्यान्वयनबारे उनीहरूले चासो राखेका थिए । नयाँ विकास परियोजना र कार्यक्रमका विषयमा पनि छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए ।

    अर्थमन्त्री महतले नेपाललाई सहुलियतपूर्ण ऋण प्रदानलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

    ‘उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीलेअनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं, यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ,’ उनले भने ।

    नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् ।

    अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए ।

    अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन् ।

    तत्कालीन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उनले बताउँदै आएका छन् ।

  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७६ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३६ पैसा मा किनबेच भएको छ ।

    युरोपियन युरो एकको खरिदमूल्य १३९ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १४० रुपैयाँ ९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १५७ रुपैयाँ ८ पैसा र बिक्रीमा १५७ रुपैयाँ ८० पैसा पाइन्छ ।

    स्वीस फ्र्याङ्क एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ४१ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९७ रुपैयाँ १४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

    यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९ रुपैयाँ ६६ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ९४ पैसा तोकिएको छ ।

    साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ८४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ एक पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २४ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा छ ।

  • यस्ताे छ आज विदेशी मुद्राकाे विनिमय दर

    यस्ताे छ आज विदेशी मुद्राकाे विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १३९.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.९८ रुपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.५४ रुपैयाँ रहेको छ ।

    अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ रहेको छ ।

    यसैगरी, मलेसियन रिंगिट एकको खरिद दर २९.७८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९२ रुपैयाँ रहेको छ ।

  • अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो पाउण्ड र अष्ट्रेलियन डलर

    अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो पाउण्ड र अष्ट्रेलियन डलर

    काठमाडाैं । अमेरिकी डलरको भाउ बढ्दा अन्य मुद्राको भाउ घटेको छ।

    आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ।

    अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।

    यस्तै आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो।

    यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ। आज यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकिएको थियो ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ। बुधबार यसको खरिद मूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने ९ पैसा घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ।

    बुधबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रूपैयाँ तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।

  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

    यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

    काठमाडाैं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रूपैयाँ १२ पैसा र बिक्री दर १३९ रूपैयाँ ७५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ७२ पैसा र बिक्री दर १६२ रूपैयाँ ४५ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

     

  • यस्तो छ मंगलबार विदेशी मुद्राकाे विनिमय दर

    यस्तो छ मंगलबार विदेशी मुद्राकाे विनिमय दर

    काठमाडौं । मंलबार डलरको भाउमा सामान्य घटबढ भएको छ ।

    नेपाल राष्ट्र बैंकले मंलबार लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    सोमबारको तुलनामा अमेरिकी डलर खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ ।

    युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०.३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

    सिङ्गापुरे डलर आज एक रुपैयाँले बढेको छ । यसको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६७ पैसा रहेकाे छ ।

    यसैगरी, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

  • डलरकाे भाउ स्थिर, बढ्यो युराे

    डलरकाे भाउ स्थिर, बढ्यो युराे

    काठमाडाैं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ ।

    त्यस्तै, आज युरोपियन युरोको एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा तोकिएको छ ।

    आइतबार युरो एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा कायम गरिएको थियो ।

    नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १५३ रुपैयाँ ३८ पैसा पाइन्छ ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३० पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ २९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४५ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा तोकेको छ ।

    युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ १२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २८ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार २७ रुपैयाँ ८७ पैसा र बिक्रीमा २८ रुपैयाँ पाइन्छ ।

    सोमबार कुवेती दिनार एकको खरिदमा ४१९ रुपैयाँ २८ पैसा र बिक्रीमा ४२१ रुपैयाँ २३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३४३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

  • कति पुग्याे डलरकाे भाउ ?

    कति पुग्याे डलरकाे भाउ ?

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।

    यस्तै, अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ ।

    त्यस्तै, युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

    यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

     

  • डलर हालसम्मकै महँगाे, एक डलर किन्न कति रुपैयाँ खर्चिनुपर्छ ?

    डलर हालसम्मकै महँगाे, एक डलर किन्न कति रुपैयाँ खर्चिनुपर्छ ?

    काठमाडाैं । अमेरिकी डलरको भाउ लगातार बढीरहेकाे छ । बिहीबार डलरको भाउले नयाँ उचाइ छोएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १३१ रुपैयाँ ४१ पैसा खर्च गर्नु पर्ने भएको छ ।

    बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा थियो ।

    मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) पुगेको थियो ।

    डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो ।

    भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर । भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो ।

    पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीको कारण भारु कमजोर भइरहेको हो ।