काठमाडाैं । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजकस्तानमा दुर्घटनामा परेको छ ।
उक्त जहाज काजकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ । जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ ।
काजकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रारम्भिक जानकारीअनुसार २५ जना यात्रुहरू बच्न सफल भएका छन् । त्यसमध्ये २२ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले बताएकाे समाचारमा जनाइएको छ ।
अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो ।
पोखरा बस्साकी, काठमामाण्डौँ है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो । सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या । बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग । धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।।
चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गरेका छन् ।
आफूले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उनले बताए । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गरेका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको समेत बताए ।
सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द सङ्कलन गरेका हुन् । गीतमा दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उहाँका १५ वर्षीय छोरा स्लकलाई समेत सम्झिइएकाे छ ।
‘यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएकाे र हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु’ उनले भने ।
उनले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उनले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण पनि गरे । ‘शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो’, देउडा गायक भट्टले भने, ‘ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।’
कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो । रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।। संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए । एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।।
यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन । सोही विमानमा सवार महेन्द्रनगरका आमा/छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।
सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको । बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।। गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ । दिउँसै पडि रात, बाटो कु¥या घरपरिवार दिउँसै पडि रात ।।
गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजार बढीले युट्युवमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसासमेत गरेका छन् ।
काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नखुलेका शवहरु काठमाडौं ल्याइने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालक दलका सदस्य र विदेशी नागरिक र पहिचान नखुलेका शवहरु पहिचान परीक्षणका लागि काठमाडौं लगिने जनाएको हो ।
प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले शव पहिचानको प्रक्रिया सुरु भइसकेको बताए । उनले शव व्यवस्थापन कार्य भइरहेकाले सो कार्य सम्पन्न नभएसम्म धैर्य गर्न आफन्तलाई अनुरोध गरेका छन्।
विमान दुर्घटनामा १५ जना विदेशी नागरिकको मृत्यु भएको छ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो।
विमानमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु सवार थिए। हालसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको अवस्था अज्ञात छ। उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
आइतबार मन्त्रिपरिषद् बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।
बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ ।’
७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ ।