Tag: विमान दुर्घटना

  • ताराको जहाज खोजी कार्य आजलाई स्थगित, सेनाले भोलि बिहानैदेखि खोज्ने

    ताराको जहाज खोजी कार्य आजलाई स्थगित, सेनाले भोलि बिहानैदेखि खोज्ने

    काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ ।

    अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

    सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।

    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।

  • तारा एयरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

    तारा एयरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

    कास्की । पाेखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।

    मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको हाे ।

    आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको छ ।

    जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एयरले जनाएको छ ।

  • जहाज खोजी गर्न पोखराबाट उड्यो सेनाको हेलिकप्टर

    जहाज खोजी गर्न पोखराबाट उड्यो सेनाको हेलिकप्टर

    कास्की । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।

    पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो ।

    पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएपछि त्यसको खोजी कार्यलाई तीव्र बनाइएको छ ।

    यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो ।

  • हेलिकप्टर जान नसकेपछि विमान खोज्न पैदल गए सेना र प्रहरीको टोली

    हेलिकप्टर जान नसकेपछि विमान खोज्न पैदल गए सेना र प्रहरीको टोली

    काठमाडाैं । सम्पर्कविहीन भएकाे तारा एअरको विमानको खोजीमा हवाईमार्गबाट जान असहज भएपछि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट दुर्घटना भएको भनिएको स्थलमतर्फ गएको छ ।

    नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गरी सेना र प्रहरी स्थलमार्गबाट गएको जानकारी दिएको हाे । खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ ।’

    हालसम्म विमान दुर्घटना भएको भनिएको स्थान मुस्ताङकाे टिटीतर्फ स्थलमार्गबाट सेना र प्रहरी गएको क्यानले बताएको छ । प्रतिकूल मौसमका कारण खोजीका लागि गएको फिस्टेल एअरको हेलिकोप्टर मुस्ताङ फर्किएको छ ।

  • मौसम खराब भएपछि तारा एयरको जहाज खोज्न समस्या, हेलिकप्टर जाेमसाेम फर्कियो

    मौसम खराब भएपछि तारा एयरको जहाज खोज्न समस्या, हेलिकप्टर जाेमसाेम फर्कियो

    काठमाडाैं । सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ।

    सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको छ ।

    जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो । सम्पर्कबिहीन जहाजमा चालकदलका ३ सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी २२ जना सवार थिए ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आइतबार बिहानदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ ।

    अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।

  • सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङकाे घाँसामा दुर्घटना भएकाे आशंका

    सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङकाे घाँसामा दुर्घटना भएकाे आशंका

    काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।

    प्रहरीका अनुसार पनि सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।

  • यी हुन् सम्पर्कविहीन विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रुहरू (नामावलीसहित)

    यी हुन् सम्पर्कविहीन विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रुहरू (नामावलीसहित)

    काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज सम्पर्कविहीन भएको छ ।

    आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानको खोजी हेलिकोप्टर परिचालन गरिएको छ । विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार रहेको पाइएको छ ।

    विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

    यी मध्ये २ जना जर्मनी र चार जना भारतीय नागरिक भएकाे बताइएकाे छ । जहाज क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए । चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र किस्मी थापा थिए ।

  • हराएको तारा एयरकाे विमानमा १६ नेपाली र ६ विदेशी

    हराएको तारा एयरकाे विमानमा १६ नेपाली र ६ विदेशी

    काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको छ ।

    आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

    विमान अवतरण गर्ने समय भइसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको पुष्टि नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

    जहाजमा १९ जना यात्रु रहेको बताइएको छ ।

    विमान पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने विमान ११ बजिसक्दा पनि सम्पर्कमा नआएपछि खोजी सुरु भएको हो ।

    ९ एन-एईटी कलसाइनको जहाजमा २ जर्मनी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।

  • चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजित : अमेरिकी सञ्चार माध्यम

    चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजित : अमेरिकी सञ्चार माध्यम

    न्युयोर्क । मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजानी ‘नोज डाइभ’मा राखिएको फ्लाइट डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

    अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्यांकनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ ।

    चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो । कुन्मिङबाट गुआनझाओउतर्फ उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।

    दुर्घटनापछि विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो । ‘विमानले ककपिटमा कसैले गर्न भनेको थियो ’, अमेरिकी अधिकारीहरूको प्रारम्भिक मूल्यांकनसँग परिचित व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ।

    दुर्घटनास्थलमा फेला परेको विमानको ‘ब्ल्याक बक्स’ ‘इनपुटहरू’ले विमानलाई झन्डै ठाडो भएर तल धकेलेको थियो ।

    दुर्घटनालगत्तै सार्वजनिक भएको एउटा भिडियोमा पनि विमानको अगाडिको भाग आकाशबाट सीधै तल सोझिएको अवस्थामा देख्न सकिन्छ । एबीसी न्यूजले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सो दुर्घटना नियोजित भएको हुनसक्ने अनुमान गरेको छ ।