Tag: विष्णु पाैडेल

  • भूकम्प र कोरोनामा नझुकेकाे अर्थतन्त्र कसरी याे अवस्थामा पुग्याे, अध्ययन गरिरहेकाे छु : अर्थमन्त्री पाैडेल

    भूकम्प र कोरोनामा नझुकेकाे अर्थतन्त्र कसरी याे अवस्थामा पुग्याे, अध्ययन गरिरहेकाे छु : अर्थमन्त्री पाैडेल

    काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको बताएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्र लगायत सरोकारवालासँगको समन्वयमा अर्थतन्त्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको बताएका हुन् ।

    अर्थमन्त्री पौडेलले आर्थिक रुपमा चिन्ताजनक अवस्थामा रहेको र सक्षम पाइलट खोज्ने अवस्थामा रहेको बताए । भूकम्प र कोरोनाले झुकाउन नसकेको अर्थतन्त्र समस्यामा फस्नु गम्भीर विषय भएको उनकाे भनाइ छ ।

    पुष ११ गते अर्थमन्त्रालयमा प्रवेश गरेपछि आफूले सुक्ष्म ढंगले अध्ययन गरिरहेको उनले बताए । उनले अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै आक्रामक रुपमा प्रस्तुत हुने दाबी पनि गरे ।

    अर्थमन्त्री पौडेलले उत्पादन क्षेत्रमा खर्च बढाउने र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर आर्थिक अनुशासन कायम गर्ने कुरामा वर्तमान सरकार नचुक्ने उल्लेख गरे ।

  • सकारात्मक कदम चालेनौँ भने देश श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    सकारात्मक कदम चालेनौँ भने देश श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    काठमाडाैं । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने बताएका छन् ।

    देशको अर्थ व्यवस्थाबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले भने ‘सार्थक हस्तक्षेप गरेनौँ भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौँ भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन ।’

    उपाध्यक्ष पाैडेलले सरकारले बजेटविहीन अवस्थामा केही समय मुलुकलाई राखेको कारण अर्थतन्त्रमा संकट देखिएको दाबी पनि गरे ।

    उनले भने, ‘वर्तमान सरकार अर्थात् शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा कोभिड नियन्त्रणमा आइसकेको थियो । यो सरकारले सही नीति लिएर अघि बढेको भए, अर्थतन्त्र यो अवस्थामा आउने थिएन । हामीले ल्याएको लोकप्रिय बजेटलाई अस्वीकार गरियो । प्रतिस्थापन विधेयक ल्याउनुको कारण सरकारले अहिले पुष्टि गर्नसकेको छैन । जसकारणले यो अवस्थामा मुलुक पुगेको छ ।’

    उनले तत्कालीन ओली सरकारको प्रतिरक्षा पनि गरे । उनले भने, ‘हामीले सार्वजनिक गरेको बजेट सबैले स्वागत गरेका थिए। बैंकमा तरलता अभाव थिएन । नेकपा एमालेले सरकार चलाउँदा एउटा सुदृढ अर्थतन्त्र थियो । त्यसको आधार हामीले तयार गरेका थियौँ ।’

    त्यो बाटोमा अहिलेको सरकार जान नसकेको उनको आराेप छ । उनले भने ‘अहिले अत्यन्त नकारात्मक दृष्टिकोणले अर्थतन्त्र अघि बढेको छ । चालु घाटा जोखिममा पुगेको छ, हुण्डीको कारोबार बढेको छ। आयात अनियन्त्रित बढेको छ। पुँजीगत खर्च निराशाजनक छ ।’

    पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आराेप पनि लगाए ।

  • प्रचण्ड र माधव नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक हुन् : एमाले उपाध्यक्ष पाैडेल

    प्रचण्ड र माधव नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक हुन् : एमाले उपाध्यक्ष पाैडेल

    काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक भएको आरोप लगाएका छन् ।

    सोमबार नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाए ।

    उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई फुटाउन देशी विदेशी प्रतिगामी शक्तिहरु लागेको बताउदै प्रचण्ड र माधव कुमार नेपाल प्रतिगामी शक्तिहरुको मतियार बनेको जिकिर गरे । उनले वामपन्थी शक्तिको सरकार गिराएर कांग्रेसको पछि लागेका प्रचण्ड र माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताए ।

    जनताले उनीहरुलाई माफी दिन नसक्ने बताउँदै नेता पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरु समाप्त भएर जाने ठोकुवा गरे । उपाध्यक्ष पौडेलले नेकपा एमालेले देश र नेपाली जनताको समृद्धि विकास चाहेको उल्लेख गर्दै जनताले आगामी चुनावमा प्रतिफल दिने बताए ।

    पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिगामी शक्तिहरुका मतियारहरुले अदालतबाट सरकार गठन गरेर अदालतकै धज्जी उडाएको बताउँदै यसमा मुख्य दोष प्रचण्ड माधवको नै रहेको दाबी गरे ।