Tag: शेरबहादुर देउवा

  • नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध : प्रधानमन्त्री देउवा

    नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताएका छन् ।

    जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारीसहित नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए ।

    त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाए । उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे ।

    सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरे । ।

    सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए ।

    उनले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिए । अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गराए ।

    उनले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिए । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताए ।

  • निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाइसक्याे : देउवा

    निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाइसक्याे : देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेकाे बताएका छन् ।

    प्रजातान्त्रिक चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएकाे र आगामी निर्वाचनलाई पनि निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्य तयारी भइसकेकाे बताए ।

    कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसलाई अत्याधिक मतले जित दिलाउने गरि तयारी गर्न पनि आग्रह गरे ।

    त्यस्तै, उनले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको जिकीर गरे । आवश्यक बजेट छुट्टाएर स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको निर्माण र स्वास्थ्य जनशक्तिको विकासका लागि विभिन्न कार्यक्रहरु आयोजना गरिएको उनले बताए ।

    कोरोना लगायतका महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको मुलुकको विकासका लागि ठूलो योगदान हुने उनकाे विश्वास छ । उनले स्वास्थ्य सेवा महङ्गो हुँदा जनताले समयमा नै उपचार नपाइ कष्कटर जिवन बिताउनुपर्ने भएकाले स्वास्थ्य सेवालाई सस्तो र सुलभ बनाउन जरुरी रहेको बताए ।

    कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले मुलुकको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्टाउनुपर्ने बताए । नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताए ।

    त्यस्तै, कांग्रेस उपसभापति धनराज गुरुङले समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राखे । उनले आगामी निर्वाचनमा समानुपातिकतर्फ चिकित्सकहरुलाई पनि स्थान दिनुपर्ने मागलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए ।

    नेपाल चिकित्सक सङ्घका पदाधिकारीहरुले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरेका थिए ।

  • तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री

    तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् ।

    शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने भन्दै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे ।

    त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि नेविसंघले तालाबन्दी गरेको छ भने यस विषयलाई लिएर सडक र सदनसम्म आवाज उठिरहेको छ ।

    राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर विश्वविद्यालयका समस्या पहिचान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीबाट गुज्रिएको विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

    विश्वविद्यालयको समस्या समाधान गर्न र शिक्षा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेका उनले बताए ।

  • उम्मेदवारी मनोनयन पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिने निर्णय

    उम्मेदवारी मनोनयन पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिने निर्णय

    काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीकातर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ । कांग्रेसको आज बसेको कार्यसम्पादन बैठकले सभापति देउवालाई यस्तो जिम्मेवारी दिएको हो ।

    यस्तै, निर्वाचनका लागि निर्वाचन अयोगमा पार्टी दर्ता गर्ने, निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने लगायत निर्णय पनि बैठकले गरेको छ ।

    यि हुन् बैठकका निर्णयहरू:

    १. २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ ।

    २. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।

    ३. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।

    ४. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क) (ख) (ग) र (घ) बमोजिमको प्रक्रिया पुयाई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देशन गर्ने ।

    ५. आगामी प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि २४ भदौसम्म सञ्चालन गर्ने ।

  • प्रधानमन्त्री देउवाले मागे गभर्नरको राजीनामा

    प्रधानमन्त्री देउवाले मागे गभर्नरको राजीनामा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले गभर्नरकाे विषय उठाएपछि देउवाले ‘गभर्नरकाे राजीनामाकाे विकल्प नभएकाे’ बताएकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।

  • भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)

    भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन ।

    काठमाडौंमा आयोजित एककार्यक्रमका बीचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् ।

    १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

  • भरतपुर विमानस्थल, क्रिकेट रंगशाला, हुलाकी सडकको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    भरतपुर विमानस्थल, क्रिकेट रंगशाला, हुलाकी सडकको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

    मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन् ।

    अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए ।

    ‘चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर एअरपोर्ट विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति गर्नेलगायतबारे प्रधानमन्त्रीज्यूले तुरून्त कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिनुभयो,’ भरतपुर महानगरकी मेयर दाहालले भनिन् ।

  • चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

    चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

    काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    नेपाल बसाइका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार उनले बिहीबार बेलुकी पराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।

    केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो संवाद गरेका थिए ।

  • प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्राधनमन्त्री अवेको निधनप्रति दुःख व्यक्त

    प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्राधनमन्त्री अवेको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

    ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’

    जापनका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

    गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।

    अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

  • देउवाले बोलाए पदाधिकारी बैठक

    देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

    २१ गते (मंगलबार) दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।

    पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।