Tag: शेरबहादुर देउवा

  • निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको छ : प्रधानमन्त्री देउवा

    निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको छ : प्रधानमन्त्री देउवा

    काठमाडाैं ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्प्तालको १४ औं बार्षिक साधारसभा उद्घाटन गर्दै देउवाले पार्टीभित्र सवै नेताले जितोस् र पार्टीलाई बलियो बनाउनका लागि नै गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।

    उनले आफ्नो कतव्र्य भनेको नै पार्टीलाइ जिताउनु भएको जिकिर गरे । उनले गठबन्धनको कुरा गरेर आफुले केहि नविगारेको र पार्टीको हितका लागि नै काम गरेको दावी गरे । अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताए । बीपी र सुवर्णसमशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै उनले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गरे ।

    त्यस्तै उनले संसद बिघटन गर्दा नै आफु चूनावको पक्षमा रहेपनि संसद पुर्नस्थापनापछि सवैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको बताए । दउनले पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रुपमा लिएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले मुलुकको व्यापार घाटा आफ्नो कारणले नभएको र एमसीसीका कारण व्यापार घाटा कम हुने दावी गरे ।

    कार्यक्रममा कांग्रेस नेता शेखर कोईरालाले कांग्रेसको आफ्नै बिचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने बताए । गठबन्धनका कारण कांग्रेसको अवस्थामा भारतीय कांग्रेसकै जस्तो हुन्छ की भन्ने आशंका पैदा भएको उनको भनाइ छ ।

    कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

     

  • राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनु जरुरी : प्रधानमन्त्री

    राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनु जरुरी : प्रधानमन्त्री

    काठकाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन् ।

    शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उनले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाले भने, ‘देशको संवेदनशील भू–राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ, त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच नदिनेतर्फ हामी सबै सजग र प्रतिबद्ध हुन आवश्वक छ ।’

    ‘राष्ट्रिय सुरक्षालाई सर्वाेपरि महत्व दिई सरकारले यस क्षेत्रको सुदृढीकरणको लागि राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलगायतका नीति र कार्ययोजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनले भने, राष्ट्रिय सुरक्षा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तर निकायबीच समन्वय र सहकार्य बलियो हुन बनाउन आवश्यक छ ।’

    सार्वजनिक निकायमा काम गर्ने राष्ट्रसेवकलाई समयसापेक्ष तालिम र अभिमुखीकरणमार्फत मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीका विषय र समाधानका सम्भावित उपायबारे सूचित गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले मुलुकको एकीकृत प्रयासबाट सुरक्षा चुनौतीलाई सामना गर्न सबै निकाय सदैव सजग र सचेत रहनुपर्छ भने ।

    प्रधानसेनापति प्रभुराम शर्माले बहुआयामिक सुरक्षा चुनौतीको उचित व्यवस्थापनको लागि राजनीतिक, कूटनीतिक रणनीतिक तथा शैक्षिक वृत्तलगायत आमनागरिकमा समेत सामरिक धारणा र सोचको वृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुन जरुरी रहेको बताए ।

    उनले भने, ‘जलवायु परिवर्तन र कोभिड–१९ महामारीले विश्वसामु मानव सुरक्षालगायत समग्र सुरक्षा जटिलतालाई समेत स्पष्टसँग उजागर गरेको छ, संवेदनशील र गहन विषयका रुपमा रहेको राष्ट्रिय सुरक्षा सबैको साझा जिम्मेवारी हो ।’

    प्रधानसेनापति शर्माले सुरक्षाका दायरा फराकिलो हुँदै गएको परिप्रेक्षमा राष्ट्रिय सुरक्षामा नागरिक र सबै सुरक्षा संयन्त्रबीच एकै किसिमको सोच हुन जरुरी रहेको बताए । कलेजका शिक्षाध्यक्ष एवं उपरथी हीरालाल जोशीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाबारे जानकारी दिई सरोकारवालाबीच एउटै बुझाई स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको १४ दिनको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम हालसम्म सुरक्षा फौज र गैरसैनिक नागरिक गरी हालसम्म १३८ जनाले लिइसकेको जानकारी दिइयो ।

    उक्त कलेजबाट हालसम्म मध्यम तहका अधिकृतका लागि सञ्चालित ११ महिने कमाण्ड एण्ड स्टाफ कलेज तालिम नेपाली सेनाका एक हजार ४०, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ तथा विदेशी ९९ शिक्षार्थीले पूरा गरेका छन् ।

    आपसी समझदारी, समन्वय र सहकार्यबाट सुरक्षाका जटिल पक्षमा समान धारणा बनाउन मद्दत पुग्ने हेतुले सञ्चालन गरिएको यस पटकको उक्त तालिममा राष्ट्रिय सञ्चारमाध्यमका पाँच पत्रकारसहित २८ जना सहभागी थिए ।

  • गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री

    गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

    नेपाली काङ्ग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भने, ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उनीहरुलाई पनि उचित स्थान दिनुपर्छ ।’ प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।

    तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै काङ्ग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे ।

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गरे । उनले सबै निर्वाचनमा तनहुँमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे ।

  • तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    तनहुँ . प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युत्गृहलगायतको निरीक्षणपछि समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिएका हुन् ।

    सो क्रममा प्रधानमन्त्री देउवाले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिएका थिए ।

    प्रधानमन्त्री देउवाले आयोजना निर्माणका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गरे ।

    आज तनहुँका केही कार्यक्रममा सहभागी हुन आउनुभएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण गरेका हुन् ।

    आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

    तनहुँ जलविद्युत् आयोजनाको मुख्य कार्यलाई तीन ‘प्याकेज’मा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि गत भदौ १४ मा भएको सम्झौता कार्यान्वयनमा छ । अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य पनि भइरहेको छ ।

    आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत्गृह खनिरहेको छ ।

    आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । अहिलेसम्म ३५ वटा टावरको जग हाल्ने कार्य सम्पन्न गरी १६ वटा टावर ठडाइएको छ ।

    आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्यु्तीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

  • मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यक : प्रधानमन्त्री

    मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यक : प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

    अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आजदेखि यहाँ सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘पर्वतहरु भनेका संसारको झण्डै आधा जनसङ्ख्याका लागि स्वच्छ पानीको स्रोत मात्र नभएर विश्वका समग्र जैविक विविधताको घर पनि हुन् भन्ने कुरा हामी मानवले मनन् गर्नुपर्छ ।’

    प्रधानमन्त्री देउवाले अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठूला समस्याहरुको सामना गर्नु परिरहेको छ र यस्ता समस्याहरु प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण उत्पन्न भएको उल्लेख गरे । पर्वतहरु भनेका प्राकृतिक स्रोत तथा पर्यावरणीय सन्तुलनका स्रोतहरु हुन् भन्दै प्रधानमन्त्री देउवाले भने, ‘मानवीय जीवनको विकास तथा जीविकाका लागि पनि पर्वत र यसबाट प्राप्त हुने प्राकृतिक स्रोतहरुको ठूलो सहयोग रहेको छ, त्यसैले पर्वतीय क्षेत्रको विकास र संरक्षणका लागि सबै मानिस लाग्नुपर्छ ।’

    पछिल्लो समयमा कैयौँ अध्ययनहरुले विश्वमा हाल बढ्दो जलवायु परिवर्तनका कारण देखिएको विश्वव्यापी उष्णताको तुलनामा पहाड पर्वतहरु बढी मात्रामा मारमा परेका देखाएको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले अहिलेका मानिस र पहाड पर्वतहरु एकै खालका समस्याहरुबाट गुज्रिएका छन् भन्दै यसका प्रमुख चुनौतीहरुमा गरिबी, खाद्य असुरक्षा, वातावरणीय विनाश, प्राकृतिक प्रकोपको जोखिम नै अहिलेका प्रमुख समस्या रहेको बताए ।

    हिउँ पग्लिने, हिमनदी पग्लिने, बढ्दो खडेरी, अस्वभाविक वर्षा, बाढी र पहिरो आदिका कारण पहाड पर्वतलाई बढी मात्रामा प्रभाव पारेको भन्दै प्रधानमन्त्री देउवाले मानवीय जीवन र पर्यावरणीय सन्तुलनमा पहाड र पर्वतको महत्वका बारेमा विश्वव्यापी रुपमा नै चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

    नेपालले धेरै अघिदेखि नै दिगो पर्वतीय विकासको एजेण्डालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री देउवाले स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २६) मा पनि नेपालले यस विषयलाई निकै प्राथमिकताका साथ अघि सारेको दृष्टान्त पेश गरे । उनले भने, ‘नेपाल सरकारले पर्वतीय क्षेत्रको महत्व र आवश्यकताका विषयमा आवश्यक नीति निर्माणका लागि काम गरिरहेको छ ।’

    प्रधानमन्त्री देउवाले यो एजेण्डालाई विश्वव्यापी बनाउनका लागि नेपालले विश्वका पर्वतीय मुलुकहरुसँगको साथ सहयोग र समन्वय खोजेको पनि बताए । उनले भने, ‘विश्वका पर्वतीय मुलुकहरुको यो साझा चासो सम्बोधन गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले यो एजेण्डालाई प्राथमिकताका साथ उठाइरहने छ ।’ यस वर्ष पर्वतीय क्षेत्रका स्रोतहरुको दिगो प्रयोग तथा पर्वतको महत्व र संरक्षणका विषयमा सचेतना जागृत गर्ने काम गरिने विषयमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीले धारणा राखे ।

    नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय नियोगहरू, संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, विश्व वन्यजन्तु कोष, अन्तर्राष्ट्रिय संरक्षण सङ्घ, विकास साझेदार, गैरसरकारी सङ्घ संस्थालगायतको सहकार्यमा भोलिसम्म सञ्चालन हुने सम्मेलनमा प्रत्यक्ष र जुम प्रविधिमार्फत विश्वका १२ देशका झण्डै डेढ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

  • प्रधानमन्त्री देउवा बिहीबार तनहुँ जाने

    प्रधानमन्त्री देउवा बिहीबार तनहुँ जाने

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका हुन् ।

    प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ ।

    त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु : प्रधानमन्त्री

    व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु : प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहाेस् ।’

    प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गरेका थिए । उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधनका साथै विद्युतीय चुलोलगायतको प्रयोग बढाउने खालका नीतिहरु अघि बढाउन पनि सम्बद्ध सबै अधिकारीहरुको ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्नुपर्ने र विद्युत्को खपत बढाउनुपर्ने अवस्था छ ।’

    उक्त समीक्षा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

  • बिमस्टेकमा प्रधानमन्त्री भर्चुल माध्यमबाट सहभागी हुनुहुने

    बिमस्टेकमा प्रधानमन्त्री भर्चुल माध्यमबाट सहभागी हुनुहुने

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्रीस्तरीय बैठक र बिमस्टेक परराष्ट्र सचिव/वरिष्ठ पदाधिकारी बैठकमा क्रमशः परराष्ट्रमन्त्री, परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए ।

    बैठकले पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
    सरकारले आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँडको ढाँचा हिस्सा तथा वित्तीय समानिकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको महाप्रबन्धकमा प्रेमराज भण्डारी र विद्युत् नियमन आयोगको रिक्त सदस्यमा गौतम डङ्गोललाई नियुक्त गरेको छ । ‘हाइलेज एक्स्पोर्ट फ्रम नेपाल टु चाइना’ सम्बन्धी समझदारीपत्रमा चीनसँग सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता कार्कीले बताए ।

    खानेपानी मन्त्रालय अन्तर्गत निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने र प्रहरी १०औँ संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले आगामी जेठ १९ देखि २० गतेसम्म स्वीडेनको स्टकहोममा हुने कार्यक्रमका साथै यही चैत १४ गते दुवईमा हुने जलवायुसम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायतलाई स्वीकृति दिएको छ ।

    यही चैत १० देखि १३ सम्म भारतको हैदरावादमा आयोजना हुने ‘विङ्स इण्डिया’ नामक कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिएको बैठकले यही चैत ७ मा युएन ह्याविटेटद्वारा आयोजित सहरी विकाससम्बन्धी बैठकमा भर्चुलरुपमा सहभागिता जनाउन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्वीकृति दिएको छ ।

    बैठकले साविक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको चारकिल्लाभित्र सीमित रहने गरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगर विकास समिति गठन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

    कैलालीको धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन र फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य अगाडि बढाउन स्वीकृति दिएको बैठकले आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाममा रहेको भवनसहित भौतिक संरचना प्रदेश नं १ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै बैठकले पाथीभरता क्षेत्र विकास समितिको अध्यक्षमा रक्की थेवेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

  • पक्की पुल उद्घाटन गर्न खोटाङ जाँदै प्रधानमन्त्री देउवा

    पक्की पुल उद्घाटन गर्न खोटाङ जाँदै प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा साेमबार खोटाङ जाने भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उनी खोटाङ जाने भएका हुन् ।

    प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए । उद्घाटन कार्यक्रम सकिएलगत्तै उनी काठमाडौँ फर्कने कार्यक्रम छ । साप्सुखोलामा पक्की पुल गत साउनमा निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने उक्त पुल रु पाँच करोड ६० लाखमा निर्माण गरिएको हो ।

    विसं २०७६ असार ११ गते शिलान्यास गरिएको सो पुल ४० मिटर लामो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समय अगाडि नै पुल निर्माण गरिएको हो । पुल निर्मणपछि दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानी गर्न सहज भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थललाई सडक सञ्जालसँग जोड्ने गरी साप्सुखोलामा पक्की पुल निर्माण गरिएको हो ।

  • नेपालको विकासका लागि एमसीसी आवश्यक : प्रधानमन्त्री देउवा

    नेपालको विकासका लागि एमसीसी आवश्यक : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेमा छन् । उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे ।

    नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे ।

    सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।

    कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी दिए । उनले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरुसँग छलफल चलिरहेको बताए ।

    विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको समेत बताए ।

    विभिन्न दल परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु)लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले कांग्रेस पार्टीमा स्वागत गरेका छन् । कांग्रेस पर्साका नवनिर्वाचित अध्यक्ष जनारधनसिंह क्षेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्गटा, प्रतिनिधिसभाका पूर्वसदस्य सुरेन्द्र चौधरीलगायतले आउने तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्ने दाबी गरेका थिए ।