Tag: श्रीलंका

  • श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

    श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

    कोलम्बो । श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् ।

    ‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेद्वारको रूपमा समर्थन गर्ने निर्णय गरेका छौं’, श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) का महासचिव सागरा करियावासमले रोयटर्सलाई भने ।

    देशको सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न अशान्तिपछि श्रीलंकाबाट भागेका पूर्व राष्ट्रपतिगोटाबाया राजापाक्षेको परिवारको यो पार्टीको वर्चस्व छ ।

    पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।

    तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर भागेका थिए ।सेनाको विमानमा माले पुगेका गोटाबाय त्यसको भोलिप्ट सिंगापुर पुगेका थिए ।

    श्रीलंकामा चरम आर्थिक संकट निम्त्यिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।

  • श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

    श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

    एजेन्सी । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ ।

    बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।

    यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए ।

    उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।

  • श्रीलंकाका राष्ट्रपति राजपक्षे सिंगापुर पुगे, सिंगापुर सरकारले भन्यो- निजी भ्रमण

    श्रीलंकाका राष्ट्रपति राजपक्षे सिंगापुर पुगे, सिंगापुर सरकारले भन्यो- निजी भ्रमण

    काठमाडाैं । सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ ।

    मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए। उनले भने,’श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो ।

    उनले राजनीतिक शरण मागेका छैनन् । र कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।’

    श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका छन् ।

    श्रीलंकामा प्रदर्शनकारी गोटाबाया राजपक्षे र विक्रमसिंघे दुवको राजीनामा मागिरहेका छन् ।

  • माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

    माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

    माले । देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् ।

    उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

    राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् ।

  • कब्जा गरेको सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार

    कब्जा गरेको सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार

    कोलम्बो । श्रीलंकाका सरकार विरोधी प्रदर्शनकारीहरूले आफूहरूले कब्जा गरेको सरकारी भवनबाट शान्तिपूर्ण ढंगले बाहिरिने जनाएका छन् ।

    यसअघि कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो । प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

    यसै साता राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शकारी उनको निवासमा प्रवेश गरेका थिए । बुधबार प्रदशर्नकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए ।

    कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका थिए । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन् ।

  • श्रीलंकामा सरकारी भवन खाली गर्ने विषयमा सरकार र प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता

    श्रीलंकामा सरकारी भवन खाली गर्ने विषयमा सरकार र प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता

    कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीहरूले कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ । प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

    यसै साता राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शकारी उनको निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारी निवासमा छिर्नुअघि त्यहाँबाट अज्ञात स्थलतर्फ भागेका राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले पुगेका थिए । त्यसयता प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यलय ओगटेका छन् । बुधबार प्रदशर्नकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए ।

    कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका छन् । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन् ।

    यसैबीच, एक शीर्ष बौद्ध भिक्षुले २०० वर्षभन्दा पुरानो राष्ट्रपति दरबार सरकारी अधिकारीहरूलाई फिर्ता गर्न र यस बहुमूल्य कला र कलाकृतिहरू सुरक्षित गर्न सार्वजनिक आह्वान गरेका छन् ।

    राजापाक्षे र उनका सुरक्षा गार्डले छाडेपछि हजारौँ मानिस दरबार परिसरमा पुगेका छन् ।गोटा गो होम अभियानमा संलग्न एक कार्यकर्ताले समाचार संस्था एएफपीसँग भने, ‘भवनहरू अधिकारीहरूलाई फिर्ता गर्ने कदम चालेको छ ।’

  • श्रीलंकामा प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीकाे कब्जामा

    श्रीलंकामा प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीकाे कब्जामा

    काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् ।

    प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

    आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ ।

    कार्यालय प्रदर्शनकारीले नियन्त्रणमा लिए पनि विक्रमसिंघ भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

    यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् ।

    राजापक्षे भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका थिए ।

  • कोलम्बोमा फेरि विशाल प्रदर्शन

    कोलम्बोमा फेरि विशाल प्रदर्शन

    कोलम्बो । औपचारिक रूपमा बुधबार पदबाट राजीनामा भनेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेपछि राजधानी कोलम्बोमा फेरि प्रदर्शन सुरु भएको छ । उनी बुधबार बिहान सेनाको विमानमा माल्दिभ्सको राजधानी माले पुगेका थिए ।

    उनलाई मालेको वेलाना विमानस्थलमा माल्दिभ्स सरकारका प्रतिनिधिले स्वागत गरेका थिए ।

    गोटाबाया राजापाक्षे माल्दिभ्स भागेको खबर बाहिरिएसँगै उनको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारी श्रीलंकाको राजधानी कोलम्बोमा सडकमा उत्रिएका छन् । भीडलाई तितरबितर गर्न सुरक्षा बलहरूले पानीको फोहोरा प्रयोग गरेको थियो ।

    राष्ट्रपति राजापाक्षे, उनकी पत्नी र दुई अंगरक्षकहरू कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको विमान चढेका थिए । उनका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेका छन् ।

    राजापाक्षेले सेनासँग एउटा विमानको लागि अनुरोध गरेपछि सेना राष्ट्रपतिलाई विमान उपलब्ध गराउन ‘बाध्यकारी’ भएको थियो । राजापाक्षे राष्ट्रपतिको रूपमा फौजको सर्वोच्च कमाण्डर हुन् ।

  • श्रीलंकाको पछिल्लो अवस्थाबारे के भन्छ अन्तर्राष्ट्रिय मुद्रा कोष ?

    श्रीलंकाको पछिल्लो अवस्थाबारे के भन्छ अन्तर्राष्ट्रिय मुद्रा कोष ?

    कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) आईएमएफले श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

    श्रीलंकाको राजनीतिक संकट चाँडै समाधान हुने र त्यसले आईएमएफले सहयोग गरेका कार्यक्रमबारे वार्ता पुनः वार्ता सुरु हुने पनि आईएमएफले विश्वास गरेको छ ।

    आईएमएफले अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री विक्रमासिंघेसँग नीतिगत तहको वार्ता सम्पन्न गरेको छ र केही आर्थिक समस्या समाधान हुन बाँकी रहेका जनाएको छ । तर, प्रधानमन्त्री विक्रमासिंघेले केही दिनमा राजीनामा दिने घोषणा गरेकाले वार्ताको भविष्य अन्यौलमा परेको छ ।

    ‘हामी श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ’, श्रीलंकाका लागि आईएमएफ वरिष्ठ मिसन प्रमुख पिटर ब्रुअर र आईएमएफ मिसन प्रमुख मासाहिरो नोजाकीले आइतबार एक विज्ञप्तिमा भनेका छन् ।

    ‘हामी वर्तमान अवस्थालाई समाधान गर्ने आशा गर्दछौं जसले आइएमएफ समर्थित कार्यक्रममा हाम्रो वार्ता पुनः सुरु गर्न अनुमति दिनेछ । हामी वित्त मन्त्रालय र श्रीलंकाको केन्द्रीय बैंकमा हाम्रा समकक्षहरूसँग प्राविधिक छलफल जारी राख्ने योजना गर्छौ’, इकोनोमी नेक्स्टले रिपोर्ट गरेको छ ।

    यसैबीच, केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले मौद्रिक कार्यक्रमको लक्ष्य पूरा भएको बताएका छन् ।

    श्रीलंकाका हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले शनिबार कोलम्बोको उच्च सुरक्षा किल्ला मानिएको राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका थिए ।

    यसैबीच, राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ ।

    राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । त्यस्तै गोटाबायका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।

  • श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले छाडे देश

    श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले छाडे देश

    कोलम्बो । श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् ।

    ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।

    राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।

    राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात् बुधबार राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जान लागेको बताइएको छ ।

    राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन् ।