Tag: श्रीलंका

  • दुबई भाग्न खोज्दा विमानस्थलबाट फर्काइए राष्ट्रपतिका भाइ

    दुबई भाग्न खोज्दा विमानस्थलबाट फर्काइए राष्ट्रपतिका भाइ

    कोलम्बो । श्रीलंकाका पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले देशमा जारी विरोधबीच दुबई भाग्ने असफल प्रयास गरेका छन् । विमानस्थलमा मानिसहरूले उनलाई चिनेपछि र अध्यागमन अधिकारीहरूले यात्रा अस्वीकार गरेपछि उनी विमानस्थलबाट फर्किएका थिए ।

    राष्ट्रपति गोटाबाय राजापाक्षेका भाइ बसिल राजापाक्षेले मंगलबार बिहान कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला उनको पहिचान भएको थियो । त्यसपछि मानिसहरूले विरोध गरेका थिए ।

    बसिल मंगलबार बिहान सबा १२ बजे चेक–इन काउन्टरमा पुगेका थिए । उनी सबा ३ बजेसम्म त्यही थिए । अध्यागमन अधिकारीहरूले उनलाई ‘क्लियर’ नगरेपछि अन्ततः उनी विमानस्थलबाट फर्किएका थिए ।

    श्रीलंका इमिग्रेसन एण्ड इमिग्रेसन अफिसर्स एसोसिएसनका सदस्यले कोलम्बो एयरपोर्टको भीआईपी प्रस्थान क्षेत्रमा राजापाक्षेलाई सेवा दिन अस्वीकार गरेको एसोसियसनले जनाएको छ ।

  • सजिथ प्रेमदासा हुन सक्छन् श्रीलंकाका भावी राष्ट्रपति

    सजिथ प्रेमदासा हुन सक्छन् श्रीलंकाका भावी राष्ट्रपति

    कोलम्बो । श्रीलंकामा गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन् ।

    उनको समगी जन बलवेगया (एसजेबी) पार्टीले यस कदमलाई समर्थन गर्न सहयोगीहरूसँग वार्ता गरेको छ । श्रीलंकाले अभूतपूर्व आर्थिक संकट सामान गरेको छ, जसका कारण हजारौँ मानिस मार्चदेखि सडकमा उत्रिएका छन् ।

    देशमा मुद्रा सञ्चिति सकिएको छ । खाद्यान्न, इन्धन, औषधिजस्ता आधारभूत आवश्यकता पूर्तिका लागि देशले संघर्ष गरिरहेको छ । वर्तमान राष्ट्रपति राजापाक्षेले १३ जुलाइमा राजीनामा दिने घोषणा गरेका छन् । आगामी राष्ट्रपति २० जुलाईमा छानिने बताइएको छ ।

    राष्ट्रपतिको पद रिक्त भएमा पार्टी र सहयोगीहरूले राष्ट्रपतिको पदको लागि आफूले उम्मेदवारी दिने प्रेमदासाले बताएका छन् ।

    सन् २०१९ मा भएका राष्ट्रपति निर्वाचनमा उनी पराजित भएका थिए । जित्नको लागि उनलाई गठबन्धनका सांसदहरूको समर्थन चाहिन्छ । श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाएका श्रीलंका र उनको परिवारविरुद्ध आक्रोश बढिरहेका बेला उनी आफ्नो पक्षमा समर्थन जुटाउन लागिरहेका छन् ।

    जुनमा श्रीलंकाको मुद्रास्फीति दर ५५% प्रतिशतमा पुगेको थियो । हाल लाखौँ मानिसहरू जीविकोपार्जन गर्न संघर्ष गरिरहेका छन् ।

    प्रेमदासले सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन आफू तयार रहेको बताए । गत अप्रिलमा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि एसजेबी नेता प्रेमदासविरुद्ध आलोचना भइरहेको छ ।

    उनले अस्वीकार गरेपछि प्रेमदासका प्रतिद्वन्द्वी रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि राजीनामा दिने घोषणा गरेका थिए । श्रीलंकाको वर्तमान अवस्थालाई असफलता, अनिश्चितता र पूर्ण अराजकता भन्दै प्रेमदासाले ‘सहमति, परामर्श, समझौता र एकताको खाँचो रहेको’ औँल्याएका छन् ।

  • गिरफ्तारबाट बच्न पद त्यागअघि विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति राजापाक्षे

    गिरफ्तारबाट बच्न पद त्यागअघि विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति राजापाक्षे

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले मंगलबार विमानस्थलमा अध्यागमनको अपमानजनक अवरोधपछि टापुबाट भाग्न नौसेनाको गस्ती जहाज प्रयोग गर्ने विचार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

    गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिएर शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो खुला गर्ने वाचा गरेका छन् ।

    देशमा अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर उनको विरुद्धमा यसै साता व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनपछि ७३ वर्षीय गोटाबाय राष्ट्रपति निवासबाट अज्ञात स्थलतर्फ भागेका थिए ।

    राष्ट्रपतिको रूपमा राजापाक्षेलाई गिरफ्तार नहुने भएकोले हिरासतमा पर्ने सम्भावनाबाट बच्न पद त्याग्नुअघि नै उनी विदेश जान चाहना राखेको बताइएको छ ।

    गोटाबाय आफ्नी पत्नीसँगै दुबईमा जान खोजेको अधिकारीहरूले बताएका छन् । विमानस्थलमा अध्यागमनका अधिकारीले उनको राहदानीमा छाप लगाउन अस्वीकार गरेका थिए ।

    राष्ट्रपति र उनकी श्रीमतीले संयुक्त अरब इमिरेट्स जाने चार उडान छुटेपछि बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सैन्य आधारमा रात बिताएका थिए ।

  • राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड लागेपछि…

    राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड लागेपछि…

    कोलम्बो । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् ।

    यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौंडी पोखरी र विशाल दुबोको मैदान छ । शनिबारको नाटकीय घटनाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न बाध्य पारेको थियो ।

    आफ्ना चार छोराछोरी लिएर राष्ट्रपति निवासमा पुगेकी कविन्ध्याले बीबीसीसँग भनिन्, ‘यस ठाउँको ऐश्वर्य र समृद्धि हेर्नुहोस् । हामी गाउँमा बस्छौं र हाम्रो घर सानो छ । यो दरबार जनताको हो र जनताको पैसाले बनेको हो ।’

    हजारौं पुरुष, महिला र केटाकेटीहरू दरबार परिसरभित्र पस्ने प्रयास गरिरहेका थिए । प्रदर्शनकारीमध्ये केहीले भने भीडलाई नियन्त्रण गरिरहेका थिए । मानव सागर दरबार परिसरमा जाँदा प्रहरी र विशेष फौजहरू एक कुनामा उभिएर चुपचाप हेरिरहेका थिए ।

    मानिसहरू एक कोठाबाट अर्को कोठामा घुम्दै दरबारको दृश्यसहित सेल्फी लिएका थिए । भाँचिएका कुर्सी, झ्यालका फुटेका सिसा र भाँडा भवनका वरिपरि छरिएका थिए । कम्पाउन्डमा प्रवेश गरेपछि भीड अराजक बनेको थियो ।

    गनेमुल्ला सहरको बाल मनोरञ्जन पार्कमा काम गर्ने एएल प्रेमवर्द्धनेले भने, ‘यस्तो दरबार हेर्ने मेरो सपना पूरा भएको छ ।’उनले अगाडि थपे, ‘हामी मट्टितेल, ग्यास र खानाको लागि लामो लाइनमा पर्खिरहेका छौं, तर राजापाक्षेहरू फरक जीवन बिताइरहेका थिए ।’

    शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले निवासभित्र मनलाग्दो काम गरेका छन् । कसैले किचनमा खान पकाएर खाएका छन भने कोही जिम हलमा जिम गरेका छन् । त्यस्तै कोही बाथरुममा नुहाएका छन् भने केहीले राष्ट्रपतिको शयन कक्षमा आराम गरेर रमाएका छन् । श्रीलंकाली सुरक्षाकर्मी उनीहरूका गतिविधिप्रति मुकदर्शक बनेको छ ।

  • श्रीलंका संकट : राष्ट्रपतिले गरे राजीनामा दिएको पुष्टि

    श्रीलंका संकट : राष्ट्रपतिले गरे राजीनामा दिएको पुष्टि

    कोलम्बो । श्रीलंकाका संकटग्रस्त राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा पुष्टि गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

    प्रदर्शनकारीहरूले दुबै नेताको सरकारी निवास कब्जा गरिरहेका बेला राष्ट्रपतिले आफ्नो राजीनामा पुष्टि गरेका हुन् ।

    प्रदर्शनकारीहरूले अझै पनि राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गर्दै छन् र नेताहरूले पद त्याग नगरेसम्म बाहिर निस्कन अस्वीकार गर्दै आएका छन् । गोटाबायाले १३ जुलाइमा राजीनामा दिने संसदका सभामुखले बताएका छन् । तर उनको घोषणाप्रति धेरै प्रदर्शनकारीले शंका व्यक्त गरेका छन् ।

    सोमबार प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राजापाक्षेले बुधबार राजीनामा दिने औपचारिक जानकारी दिएको जनाएको छ । तथापि, राजापाक्षेबाट कुनै प्रत्यक्ष शब्द आएको छैन ।

    श्रीलंकाको संविधानअनुसार संसदको सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा औपचारिक रूपमा स्वीकार हुन्छ । तसर्थ, पत्र पठाएपछि मात्र औपचारिक रुपमा उनले पदबाट राजीनामा दिएको पुष्टि हुनेछ ।

  • राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटियो : प्रदर्शनकारी

    राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटियो : प्रदर्शनकारी

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् ।

    प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ ।

    यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।

    सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन् । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।

    राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए ।

  • राष्ट्रपति निवासमा छिरेका प्रदर्शनकारीले किचनमा खाना खाए अनि पौडीमा रमाए

    राष्ट्रपति निवासमा छिरेका प्रदर्शनकारीले किचनमा खाना खाए अनि पौडीमा रमाए

    कोलम्बो । श्रीलंकाका हजारौं प्रदर्शनकारी प्रहरी अवरोध तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गरेपछि स्वीमिङ पुलमा पौडी खेल्नेदेखि लिएर किचनमा भएका खानेकुरा खाएका विवरण सार्वजनिक भएका छन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आक्रोशित प्रदर्शनकारी राष्ट्रपतिको निवासभित्र छिरेपछि नारावाजी गर्दै पिएको देखिन्छन् । त्यस्तै, प्रदर्शकारीहरू किचन भित्र पसेर खानेकुरा खानेकुरा खाएका देखिन्छन् । केही किचनमा ग्यास बालेर खानेकुरा पकाएका थिए ।

    राष्ट्रपतिको कम्पाउन्डभित्र छिर्नेवित्तिकै केहीले स्वीमिङ पुलमा पौडी खेलेर रमाएका थिए । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि सुरक्षाकर्मीले राष्ट्रपतिलाई सुटुक्क भगाएर सेनाको मुख्यालयमा लगेको थियो ।

  • श्रीलंकाका प्रधानमन्त्रीले पनि राजीनामा दिने

    श्रीलंकाका प्रधानमन्त्रीले पनि राजीनामा दिने

    कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने भएका छन् ।

    सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय सरकार बन्ने तयारी गरेपछि आफूले राजीनामा दिने बताएका छन् ।

    राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी गरेका थिए । यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी राष्ट्रपति निवास छिरेका थिए । प्रदर्शनकारी छिरेपछि राष्ट्रपति सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।

    राष्ट्रपति राजापाक्षेले राजीनामा दिने घोषणा गरिसकेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । राष्ट्रपति राजापाक्षे जुलाई १३ मा राजीनामा गर्न सहमत भएको सभामुखले जानकारी दिए ।

  • रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

    रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

    कोलम्बो । श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् ।

    श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ ।

    पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन् ।

    दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए । तेल नहुँदा विद्यालय ठप्प छन् । यसैबीच बुधबार सरकारको विरोध गर्दै सयौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन् । ‘मैले इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको छु’, राजापाक्षेले रुसी नेतासँगको कुराकानीको सन्दर्भमा ट्वीट गरेका छन् ।

    गत महिना रुसी ध्वजवाहक एरोफ्लोटले सेवा निलम्बन गरेपछि राजापाक्षेले मस्को र कोलम्बो बीचको उडानपुनः सुचारु गर्नका लागि अनुरोध गरेको बताएका छन् ।

  • श्रीलंकामा इन्धन संकट : सबै सरकारी तथा निजी विद्यालय बन्द

    श्रीलंकामा इन्धन संकट : सबै सरकारी तथा निजी विद्यालय बन्द

    कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ ।

    श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो ।

    लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका अन्य मुख्य सहरका विद्यालय एक साता बन्द रहने डेली मिररले जनाएको छ ।

    श्रीलंकाका शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे । यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका कक्षा सञ्चालन गर्न दिइने पनि उनले बताए ।

    अनलाइन शिक्षणलाई सहज बनाउन साताको एक दिन बिहान ८ बजेदेखि १ बजेसम्म बिजुली कटौती नगर्न श्रीलंकाको पब्लिक युटिलिटिज कमिसन ९पीयूसीएसएल० सहमत भएको उनले बताए ।

    श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि अहिलेसम्मकै आर्थिक संकट सामना गरेको छ ।