Tag: श्रीलंका

  • तेल किन्न भारतले श्रीलंकालाई ३८ सय करोड दिने

    तेल किन्न भारतले श्रीलंकालाई ३८ सय करोड दिने

    काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलकांलाई भारतले तेल खरिद गर्न ३८ सय करोड भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

    श्रीलंकाका विदेशमन्त्री जिएल पिरिसले भारतले तेल खरिद गर्न ३८ सय करोड सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराएका हुन् । पिरिसले हाल श्रीलंकाले विश्व बैंकसँग पनि सहयोगको अपिल गरेको तर सहयोग पाउन अझै ६ महिना लाग्ने पनि बताएका छ्न् ।

    श्रीलंकाले हालैमात्र चीनलाई तिर्नुपर्ने २७ हजार करोड ऋणको किस्तामा केही सहुलियत प्रदान गरिदिन अपिल गरेको थियो । चीनले भने उक्त अपिललाई खारेज गरिदिएको छ ।

    वर्तमान आर्थिक संकटसँग जुध्न श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि सहयोगको अपेक्षा गरिरहेको छ ।

    मंगलबार श्रीलंकाका प्रतिनिधि र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिबीच भएको प्रारम्भिक छलफलमा कोषले श्रीलंकालाई आर्थिक सहयोग गर्नुपूर्व श्रीलंका दिगो ऋण मार्गमा रहेको पर्याप्त आधार हुनु आवश्यक रहेको जनाएको छ ।

  • श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

    श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

    काठमाडाैं । श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

    सरकारले उनीसहित के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी दिएको छ । उनीहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिएका छन् ।

    गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए । अर्थशास्त्रमा गहिरो अध्ययन गरेका उनले अर्थशास्त्र सम्बन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आएका छन् । उनी मलेसियाको वियसान केन्टरमा पनि आवद्ध छन् भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्यमा आवद्ध छन् ।

    त्यसैगरी, अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्लादेश र भुटानका लागि बैकल्पिक निर्देशकको रुपमा काम गरेका थिए ।

    उनले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत अर्थतन्त्रमा योगदान गरिसकेका छन् । राष्ट्रपति राजापाक्षेले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरुलाई सहभागी गराएर सल्लाहकार समूह गठन गरेका थिए ।

    श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । तत्कालिन मन्त्रीहरुले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन् ।

  • श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षी दलहरूलाई सरकारमा सहभागी हुन आह्वान

    श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षी दलहरूलाई सरकारमा सहभागी हुन आह्वान

    कोलम्बो। श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन र राष्ट्रिय सङ्कटको समाधान खोज्न एकजुट भएर काम गर्न आमन्त्रण गरेका छन् ।

    आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान सङ्कट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र देशको लोकतान्त्रिक प्रक्रियाभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

    एसियाको एक अग्रणी लोकतन्त्रका रूपमा यसलाई लोकतन्त्रको ढाँचामा नै सम्बोधन गर्न आवश्यक छ, पत्रमा भनिएको छ, ‘नागरिक र भावी पुस्ताको हितमा राष्ट्रिय हितमा मिलेर काम गर्नुपर्छ ।’

    श्रीलङ्का टापु राष्ट्रका ठूलो संख्यामा मानिसहरूलाई असर गरिरहेको खाद्यान्न र इन्धन अभावको साथ गम्भीर आर्थिक सङ्कटसँग लडिरहेको छ । कोभिड-१९ को महामारीको सुरुवातदेखि नै अर्थतन्त्र धरापमा छ ।

    सबै २६ जना मन्त्रीहरूले नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिन सहमति जनाउँदै पत्रमा हस्ताक्षर गरेको अङ्ग्रेजी भाषाको पत्रिकाले उल्लेख गरेको छ।

    महिन्दा राजापाक्षे कार्यालयमा रहनेछन् र मन्त्रिपरिषद्का अन्य सबै सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्, न्यूज वायरले उल्लेख गरेको छ ।

    यसैबीच, श्रीलङ्कामा शनिबार साँझ ६ बजे लगाइएको ३६ घण्टा लामो कर्फ्यू सोमबार बिहान ६ बजे हटाइएको थियो तर देश अझै पनि आपतकालीन अवस्थामा छ ।

    सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, व्हाट्सएप र यूट्यूबलगायतका सामाजिक मिडिया प्लेटफर्महरूको पहुँचमा रोक लगाएको थियो तर प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले यसको विरुद्धमा बोलेपछि आइतबार दिउँसो प्रतिबन्ध हटाइएको थियो ।

    यसअघि शनिबार भारतले श्रीलङ्कालाई ४०,००० मेट्रिक टन डिजेल पठाएको थियो जसमा टापु देशको विद्युत् सङ्कटलाई कम गर्न मद्दत गरिएको थियो ।

    भारतले श्रीलङ्कामा विस्तार गरेको ५०० मिलियन तेल लाइन अफ क्रेडिट (एलओसी) को एक भागको रूपमा यो कोलोम्बोलाई पठाइएको इन्धनको चौथो खेप थियो ।

    यसबाहेक, भारतले पछिल्लो ५० दिनमा टापु राष्ट्रलाई करिब २ लाख मेट्रिक टन इन्धन आपूर्ति गरेको छ ।

  • श्रीलंकामा आपतकाल घोषणा

    श्रीलंकामा आपतकाल घोषणा

    कोलम्बो । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।

    राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।

    ‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् ।

    सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

    २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्य बृद्धि आकाशिएको छ भने दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरु नै स्थगित गरिएका छन् ।

  • श्रीलंकाली राष्ट्रपतिकाे निवास बाहिर विराेध प्रदर्शन, प्रदर्शनकारीमाथि कुटपिट

    श्रीलंकाली राष्ट्रपतिकाे निवास बाहिर विराेध प्रदर्शन, प्रदर्शनकारीमाथि कुटपिट

    काठमाडाैं । खाद्यान्न, इन्धन र उर्जाको चरम अभाबका कारण श्रीलंकाली राष्ट्रपति गोताभाया राजपाक्षेको निवास बाहिर विरोध प्रदर्शन भएपछि कर्फ्यु लगाइएकाे छ ।

    बिहीबार राति आक्रोसित भिडले प्रहरीले सडकमा तेर्साएका अवरोधहरु पार गर्दै एउटा बसमा आगजनीसमेत गरेको बताइएको छ । राष्ट्रपति राजपाक्षेले यस घटनामा ‘अतिवादी तत्व’को हात रहेको आरोप लगाएका छन् ।

    अहिले विदेशी मुद्रा सटही समस्याका कारण श्रीलंकाले अत्यन्तै नाजुक अर्थतन्त्रको सामना गरिरहेको छ ।

    १३ घन्टा लामो विद्युत् लोडसेडिङ, इन्धन र अत्यावश्यक खाद्य वस्तुलगायत औषधिको अभावका कारण जनआक्रोस उच्च विन्दुमा पुगेको छ ।

    प्रदर्शनकारीले राष्ट्रपति भवन अगाडि शान्तिपूर्ण ढंगले अघि बढिरहेका बेला प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थिति हिंसात्मक हुन पुगेको बीबीसीले जनाएको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रयोग गर्नुका साथै कुटपिटसमेत गरेको थियो ।

  • श्रीलङ्कामा दैनिक १० घण्टा लोडसेडिङ

    श्रीलङ्कामा दैनिक १० घण्टा लोडसेडिङ

    कोलम्बो । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ ।

    देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

    दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

    श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् ।

    पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले विजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।

    बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ ।

    कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाइ छ ।

  • ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाकाे आग्रह चीनद्वारा अस्वीकार

    ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाकाे आग्रह चीनद्वारा अस्वीकार

    काठमाडौं । ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले गरेको आग्रह चीनले अस्वीकार गरेको छ ।

    कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले चीनलाई आग्रह गरेको थियो ।

    श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले चीनका विदेशमन्त्री वाङ् यीलाई यसबारे आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनका क्रममा चीनले श्रीलंकाको सामाजिक–आर्थिक विकासमा सहयोग गरेको र यसलाई निरन्तरता दिने बताएकाे समाचारमा उल्लेख छ ।

    श्रीलंकाको अर्थतन्त्र चीनको बेल्ट एण्ड रोड परियोजनाका कारण संकटमा परेको र यसबाट उच्च मुद्रास्फीति, खाद्यान्नमा मूल्यवृद्धि जस्ता समस्या उत्पन्न भएका विषयमा चीनले गोहीको आँशु मात्र झारेको जनाइएकाे छ ।

    श्रीलंकाले चीनको ८ अर्ब अमेरिकी डलर ऋण चुक्ता गर्न बाँकी छ । यद्यपि विदेशी मुद्राको अभावका कारण श्रीलंकाले उक्त ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न आग्रह गरेको थियो ।

    श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।

  • श्रीलंकामा आर्थिक संकटका कारण परिक्षा स्थगित

    श्रीलंकामा आर्थिक संकटका कारण परिक्षा स्थगित

    काठमाडाैं । श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटका कारण श्रीलंकाले कागज समेत खरिद गर्न सकेकाे छैन । कागज अभावका कारण विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेकाे बिभिन्न संचार माध्यमले जनाएका छान् ।

    साेमबारबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकालका लागि रद्ध गरिएको समाचारमा उल्लेख छ । परीक्षा रोकिंदा लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा परेको जनाएकाे छ ।

    वस्तु आयात गर्न डलरको अभाव छ । सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब वित्तीय संकटबाट श्रीलंका गुज्रिरहेको छ । विदेशी मुद्राकाे अभावमा परीक्षाकाे लागी चाहिने सामाग्री, कागज र मसी आयात गर्न नसकिएकाे श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले जनाएकाे समचारमा उल्लेख छ ।

    विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । जसका कारण श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ काे समस्या व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ ।

    संचार माध्यमका अनुसार यसै वर्ष श्रीलंकामाथि करिब ७ अर्ब डलर ऋण तिर्नुपर्ने जिम्मेदारी रहेकाे तर फेब्रुअरी महिनाको अन्त्यसम्म विदेशी मुद्रा भण्डार केबल २.३ अर्ब डलर रहेको समाचार सार्वजनिक भएको थियो ।

    रुस–युक्रेन युद्धका कारण बढेको विश्व बजारकाे महँगीले पनि श्रीलंका थप समस्यामा परेको माध्यमले जनाएकाे छ ।

    आर्थिक संकट गहिरिंदै गएपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग मागेको थियो । श्रीलंकाले मुख्य सहयोगी राष्ट्र चीनसँग पनि आर्थिक सहयोग मागेको समाचार सार्वजनिक भएको थियो ।

    आर्थिक संकटमा फसेको श्रीलंकाका लागि भारतले एक अर्ब डलर ऋण सुविधा प्रदान गर्ने घोषणा बिहीबार गरेको थियो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे तीन दिने भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँदिल्ली आएको बेला सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको विभिन्न समचार माध्यमले जनाएका छन्

  • आर्थिक संकटमा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयाेग माग्ने

    आर्थिक संकटमा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयाेग माग्ने

    काठमाडाैं । ठूलो आर्थिक संकटमा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयाेग माग्ने भएकाे छ । ऋणको भारले थिचिएर अत्यावश्यक सामाग्रीको आयात सम्म गर्न मुश्किल पर्न थालेपछि सहयाेग माग्ने याेजना बनाएकाे हाे ।

    श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अर्को महिना सहयोगका लागि कुराकानी गर्ने योजना बनाएको समाचार संस्था राेयटर्सले जनाएकाे छ ।

    यसको मुख्य कारण श्रीलंकामा सटहीका लागि विदेशी मुद्रोको अभाव हो । श्रीलंकासँग अब २ अर्ब ३१ करोड डलर मात्र संचित छ । अहिले तेल, खाद्यान्न र औषधीको आयात समेत मुश्किल पर्न थालेको समाचारमा जनाइएकाे छ ।

    वास्तवमा श्रीलंका चिनियाँ ऋणले थिचिएको छ । बीआरआईका आयोजनाहरु उसले ऋण लिएर अगाडि बढाएको छ । ऋणको ब्याज तिर्न नसक्ने भएपछि श्रीलंकाले चिनियाँ पक्षसँग पनि कुराकानी गरेको छ ।