Tag: सत्ता गठबन्धन

  • गठबन्धनले सिट बाँडफाँडलाई अन्तिम रुप दिन सकेन

    गठबन्धनले सिट बाँडफाँडलाई अन्तिम रुप दिन सकेन

    काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर थप सहमति खोज्ने प्रयास गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका बिषयमाथि सहमति खोज्ने प्रयास भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

    कार्यदलले केही कुरा मिलाएको र धेरै बिषय मिलाउन बाँकी रहेको उनको भनाइ छ । खनालले सोमबार बैठक बसेर अधिकांश बिषय टुङ्गो लगााउने जानकारी दिए ।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शिर्ष तहमा बुझाएको थियो । तर पटक पटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटलाई अन्तिम रुप दिन सकेको छैन ।

  • सिट बाँडफाडमा कांग्रेस लचक, अब जुट्ला सहमति ?

    सिट बाँडफाडमा कांग्रेस लचक, अब जुट्ला सहमति ?

    काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ ।

    बिहीबार बिहान ११ बजेदेखि बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको एक नेताले बताए ।

    ती नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ ।

    यसअघि प्रतिनिधसभातर्फ कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा(एकीकृत समाजवादी) ले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।

    सय सिटभन्दा कम लिँदा पार्टीभित्र व्यवस्थापन गर्न चुनौती हुने कांग्रेसको भनाइ थियाे । योभन्दा कम सिट लिएर चुनावमा जाँदा ठाउँठाउँमा विद्रोह र बागी उम्मेदवारी हुने कांग्रेसको तर्क छ ।

    सिट बाँडफाँटका लागि कार्यदल सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरू आफैँ कस्सिएका छन् । बिहीबार शीर्ष नेतासहित बसेको बैठमा कसले कति सिट लिने विषयमा छलफल भएको छ ।

    शीर्ष नेताहरूको छलफलमा कांग्रेस गठबन्धन दलभित्र सहमति जुटाउन लचक हुन तयार भएको छ । यसअघि दाबी गर्दै आएको सय सिटबाट झरेर ९० सिट लिन कांग्रेस तयार भएको हाे ।

    कांग्रेस ९० सिटमा झर्न तयार हुँदा घटक अन्य दलले भने ८५ सिट लिन दबाब दिइरहेका छन् ।

    कांग्रेस लचक भएअनुसार ९० सिट पाउँदा बाँकी रहेका ७५ सिटमा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच सिटको भागबन्डा हुनेछ ।

    पछिल्लो समय बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीले पनि माओवादी केन्द्रकै चुनाव चिह्न लिएर निर्वाचनमा जाने बताएको छ ।

    त्यसो हुँदा कांग्रेसले पाउनेबाहेकका सिटमा यी दुई दललाई पनि मिलाउनुपर्ने हुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनसँग तालमेल गरेर चुनाव लड्न चाहिरहेको छ ।

  • गठबन्धनमा केही दिनभित्रै सिट बाँडफाँडकाे टुँगो लाग्छ : देव गुरुङ

    गठबन्धनमा केही दिनभित्रै सिट बाँडफाँडकाे टुँगो लाग्छ : देव गुरुङ

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा केही दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने दाबी गरेका छन् ।

    रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले अहिले पनि सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको जानकारी दिए ।

    गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए । महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिने तर वाम घटकमा संकीर्णता भने देखिएको बताए ।

    फरक प्रसंगमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको बताए । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेको भए पनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उनले बताए ।

    गुरुङले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेदवार उठाउने सवालमा मापदण्ड तय गरिने जानकारी दिए ।

  • गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा पनि सिटौला नेतृत्वको कार्यदललाई

    गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा पनि सिटौला नेतृत्वको कार्यदललाई

    काठमाडौं । सत्तारुढ गठबन्धनले साझा अवधारणा बनाउने जिम्मा पनि कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ ।

    सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो ।

    शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले चाँडै काम सकाउन निर्देशन दिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    बैठकले साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदललाई दिएको उनले जानकारी दिए ।

  • सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

    सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

    काठमाडाैं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बसेकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हाे ।

    बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत रहेका छन् ।

    गठबन्धनमा मंसिरमा हुने निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएका बेला शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन ।

    प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा कार्यदलमा कुरा नमिलेपछि कार्यदल सदस्यले शीर्ष नेतासँग छलफल गरेर मोडालिटी तयार गर्ने जनाएको छ ।

    प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले सय सिट दावी गर्दै आएको छ भने माओवादी लगायतका अन्य दलले उसको प्रस्ताव स्वीकार गर्न सकेका छैनन् ।

  • गठबन्धन कार्यदलको बैठक : दलहरूले आ-आफनो सिटमा दावी प्रस्तुत गर्ने

    गठबन्धन कार्यदलको बैठक : दलहरूले आ-आफनो सिटमा दावी प्रस्तुत गर्ने

    काठमाडौं । संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक बिहीबार बस्दैछ ।

    नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरी शिर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन् ।

    कार्यदलको बैठकमा सबै दलले आ–आफनो सिटका बारेमा दावी पेश गर्नेछन र सो दावी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन् ।

    सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २–२ सदस्य रहेका छन् ।

  • सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

    सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

    काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकल बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन खुलाएको छ ।

    २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै एकै स्थानमा रहेका नेपाली कांग्रेससहित तत्कालीन नेकपाका दुई शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहित जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु त्यसयता सँगसँगै छन् ।

    नेकपाबाट एमाले र माओवादी केन्द्र अलग भएका छन् भने एमालेबाट माधव नेपाल पक्षले नयाँ दल दर्ता गरेको छ ।

    पाँच दलको सत्ता गठबन्धनले यसअघि स्थानीय तहको चुनावमा भाग लिइसकेका छन् । जसको धेरै लाभ कांग्रेसले उठाउन सक्यो । स्थानीय तहको चुनावमा गठबन्धनले महानगरसहित उपमहानगरमा पूर्ण रुपमा गठबन्धन गरेको थियो । भने कतिपय पालिकाहरुमा स्थानीय स्तरमा गठबन्धन भएका थिए ।

    सत्ता गठबन्धनमा रहेका दलहरुले एमालेलाई साइजमा ल्याउनका लागि स्थानीय तहकै निर्वाचनमा प्रयत्न नगरेका होइनन् तर सबै स्थानीय तहमा त्यसको सम्भावना भएन तर गठबन्धन दलहरुले सफलता हात पारे ।

    २०७४ को स्थानीय तहमा बहुमत स्थानमा जित हात पारेको नेकपा एमाले यसपटकको स्थानीय निर्वाचनमा खुम्चिएको छ । तर गठबन्धन गर्दा पनि उ अत्यन्तै कमजोर भने देखिएन । तालमेल हुँदा पनि एमालेले २ सय ६ स्थानीय तहमा प्रमुख जितेको थियो ।

    स्थानीय तह चुनाव कांग्रेस ३ सय २९, एमाले २ सय ६, माओवादी केन्द्रले १ सय २१, जसपा ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ स्थानीत तह प्रमुख जितेको छ ।

    संघीय चुनावमा गठबन्धन, छैन सजिलो

    मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । तर त्यसको मोडालिटीका बारेमा छलफल गर्नका लागि सबै दलबाट गरि ११ सदस्य रहेन गरि कार्यदल गठन गरेका छन् । उक्त कार्यदलको बैठक आज बस्दै छ ।

    सत्ता गठबन्धनमा रहेका दलहरुलाई सबै निर्वाचन क्षत्रमा गठबन्धन गरेर जान सजिलो भने नरहेको स्वयं नेताहरुले बताइरहेका छन् ।नेताहरुले सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताएका छन् ।

    यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठिरहेको छ । यसअघि स्थानीय तह निर्वाचनमा पनि एमाले जितेको स्थानमा भागवण्डा गर्ने एक खालको सहमति भएको थियो तर त्यसमा एकीकृत समाजवादीले बिरोध जनाएको थियो । त्यसैले यसपटक पनि एमालेले जितको स्थानमा भागवण्डा गर्ने ढाँचा काम नलाग्ने नेताहरुले बताइरहेका छन् ।

    स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दम्भ देखाएको आरोप एकीकृत समाजवादी र नेकपा माओवादीसहितका सत्ता साझेदारहरुले गरिरहँदा नेपाली कांग्रसलाई त्यस्ता आरोपहरुलाई चिर्दै आगामी निर्वाचनबाट फाइदा लिन सक्नु पर्ने चुनौती रहेको छ ।

    साउन मसान्तसम्म सिट बाँडफाँटको खाका तयार गर्ने म्यान्डेटसहित कार्यदलले जिम्मेवारी पाएको छ र उक्त कार्यदलले आज यसबारे छलफल गर्दै छ । तर खाका तयार गर्न सहज नभएको नेताहरुको भनाइ छ ।

    नेपाली कांग्रेस आफूले १ सय हाराहारी सीट राखेर गठबन्धन गर्ने पक्षमा रहेको कांग्रेसका एक नेताले बताए । तर अन्य दलहरुले पनि आफूहरुलाई कांग्रेसले हेप्न खोजे सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने बताइरहेका छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनवको अन्तिम समयमा यति लिने भए लेउ नत्र हुँदैन भन्ने अवस्था आउन सक्ने भन्दै आफ्नो शक्ति निर्माण गरेर अघि बढ्नु पर्ने बताइरहेका छन् ।

    केही दिन अघि उनले भनेका थिए,’ अन्तिम बेलामा यति लिने भए लेऊ, नत्र जाऊ भन्ने अवस्था आयो भने रोएर बस्ने? त्यसकारण आफ्नो शक्ति तयार गरेर अगाडि बढ्ने हो।’

    एमाले भन्दा ठूलो दल बन्नका लागि नेपाली कांग्रेसलाई पनि दबाब रहेको नेताहरु बताउँछन् । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पनि एमालेले राम्रै मत पाएको भन्दै कांग्रेसले माओवादी र एकीकृत समाजवादीका साथ जसपालाई मिलाएर लैजान सकेको खण्डमा आफू ठूलो दल बन्ने र एमालेलाई साइज राख्दै आगामी सरकारको नेतृत्व गर्न सक्ने छ । त्यसका लागि उसले सहयात्री दललाई चिढ्याएर भन्दा साथै लिएर अघि बढ्ने कांग्रेसका एक नेताले बताए । तर सिट बाँडफाँट टुंगो लगाउन सहज भने नभएको उनको भनाइ छ ।

  • ११ सदस्यीय कार्यदलले बाँडफाँट गर्नेछ गठबन्धनको सिट (नामसहित)

    ११ सदस्यीय कार्यदलले बाँडफाँट गर्नेछ गठबन्धनको सिट (नामसहित)

    काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

    उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका उनले जानकारी दिए ।

    यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका भुसालले जानकारी दिए ।

    कार्यदलको बैठक चाँडै बस्ने उनले जानकारी दिए ।

  • सत्ता गठबन्धनको बैठक : निर्वाचनमा तालमेल गर्ने सहमति

    सत्ता गठबन्धनको बैठक : निर्वाचनमा तालमेल गर्ने सहमति

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धन प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो ।

  • ४ मंसिरमा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत, मिति बिहीबार घाेषणा हुनसक्ने

    ४ मंसिरमा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत, मिति बिहीबार घाेषणा हुनसक्ने

    काठमाडाैं । मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।

    बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले जानकारी दिए ।

    उनका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावका मिति घोषणा गर्ने छ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको हो ।

    -फाइल तस्बिर ।