Tag: सन्दीप लामिछाने

  • सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरणमा राख्ने क्यानकाे निर्णय

    सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरणमा राख्ने क्यानकाे निर्णय

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।

    बिहीबार काठमाडौंमा बसेको बोर्ड बैठकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हाे । बलात्कारको मुद्दा लागेपछि सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् ।

  • क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप

    क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यान भित्रको आन्तरिक राजनीतिका कारण कोपभाजनमा परेका छन् ।

    होला, सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान हुँदैगर्दा र भोलिपल्ट केन्या जाँदैगर्दा क्याम्प छाडेर जुन हर्कत गरे त्यसको सजाय उनले पाइसकेका छन् । जिल्ला अदालतमा मुद्दा चल्दा झण्डै एकसय दिन हिरासतमै विताएका सन्दीपले उच्च अदालत र सर्वोच्च अदालतको आदेशबाट धरौटी बुझाएपछि विदेशसम्म गएर खेल्न पाएका थिए । यदी उनी त्यतिबेला नखेलेको भए सायदै नेपाल अहिले टी–२० विश्वकपमा हुने थियो होला ।

    सन्दीपले जिल्ला अदालतबाट सजाय पाएकै हुन् । त्यसविरुद्ध उच्च अदालत पाटन पुनरावलोकनका लागि गएका सन्दीपले त्यहाँबाट सफाइ पाएपनि अहिले विश्वकप खेल्न जान रोक लगाइएको छ । सफाइ पाएलगत्तै समर्थकको क्यानप्रतिको सहानुभूति वटुल्न सन्दीपको निलम्बन फुकुवा गरेको नाटक मञ्चन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेपनि उनको कार्यसमितिका केही व्यक्तिहरु हावी हुँदा त्यसको शिकार सन्दीप नै भएका छन् ।
    भिसा नदिने निकायको आवरणमा काठमाडौंमा रहेको अमेरिकन राजदूतावास भए पनि भित्री खेल क्यानकै पदाधिकारी र केही सदस्यको रहेको पक्का छ । क्यानले नै खेलाडीदेखि सबैको भिसाका लागि पहल गरेको थियो । यदि सच्चा मनका साथ क्यानले पहल गरेको भए सन्दीपले भिसा नपाएको खबर सुन्नु नै पर्ने थिएन ।

    यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी दिइएको थियो । सन्दीपको पहिला नै सन् २०२५ सम्मको अमेरिकी भिसा अवधि रहेको थियो । यदि क्यानको नेतृत्वको मनसाय गलत हुँदैनथ्यो भने उनले किन उच्च अदालतबाट सफाइ पाएपछि मात्रै भिसा रद्द भएको जानकारी पाए त, यहाँनेर समग्र खेलकुदप्रेमीले प्रश्न गर्ने ठाउँ छ ।

    सन्दीप आरोपित भएर अदालतमा चक्कर काट्दै गर्दा पनि आइसीसी र एसीसीले उनलाई कुनैपनि प्रतिवन्ध नलगाएको अवस्थामा वर्तमान कार्यसमितिले जिल्ला अदालतको फैसलालाई टेकेर उनलाई निलम्बन गरेको थियो । निलम्बन स्वभाविक मानिए पनि अमेरिकी दूतावासलाई सन्दीपको भिसा रद्द गराउनका लागि पत्र लेख्ने निर्णय क्यानको बोर्ड बैठकमा भएको थियो त यो पनि आम समर्थकले क्यानकै पदाधिकारीलाई सोध्नुपर्ने छ ।

    उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए । जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए ।
    तर, अन्तरवार्ताका लागि गएपनि उनी असफल भएपछि अन्तर्राष्ट्रिय एरेनामा सन्दीपको ‘लेगस्पिन’बाट विकेट लिएको देख्ने सम्भावना अत्यन्त न्यून रहेको छ । क्यानले सन्दीपको भिसा प्रक्रिया जति नै अगाडि बढाएका छौं भनेपनि टिम भित्रको आन्तरिक राजनीति पनि यतिबेला छरपष्ट भएको छ ।

    नेपाली टिममा सन्दीप मात्रै खेलाडी छैनन् । अरु खेलाडीलाई अपमान गर्न खोजिएको पनि होइन । तर विश्वकपमा सन्दीपको अभाव नेपाली क्रिकेट टिमलाई खड्किने पक्का छ । आसन्न टी–२० विश्वकप अहिले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई विर्साउने गरी मानव तस्कर हुन लागेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् भने केही पदाधिकारी र सदस्यहरुका श्रीमती, भाइ र छोराछोरीको भिसा लागि सकेको अवस्थामा अदालतबाट सफाइ पाइसकेको विषय उठाएर सन्दीपलाई भिसा नदिनु भनेको नेपाली क्रिकेटमाथिको गम्भीर अन्याय हो ।

  • सन्दीप लामिछानेकाे निलम्बन फुकुवा

    सन्दीप लामिछानेकाे निलम्बन फुकुवा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ ।

    उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फकुवा गरेको हो ।

    निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

     

  • क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

    क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

    काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

    उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हाे ।

    ‘क्यानले आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई विश्वकप खेल्न पठाउँछ’ क्यानका एक पदाधिकारीले भने । यसबारे भाेलिसम्ममा आधिकारिक निर्णय आउने पनि उनले जानकारी दिए ।

    आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् ।

    नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्छ ।

  • नाबालिका बलात्कारको आरोपमा सन्दीप लामिछाने दोषी ठहर

    नाबालिका बलात्कारको आरोपमा सन्दीप लामिछाने दोषी ठहर

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासले दाेषी ठहर गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

    उनकाे सजाय ताेक्नका लागि फेरि छुट्टै सुनुवाइ हुने भएकाे छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

    लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

    त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परेका थिए ।

    अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा चलाएकाे थियाे । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो ।

    त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

    त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति दिएकाे थियाे ।

  • सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

    काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

    उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए ।

  • सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

    सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

    काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । यो मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।

    आज मुद्दाको किनारा लाग्ने बताइएको छ । उनको मुद्दाको पेसी पहिलो नम्बरमा छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।

    नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १४ कात्तिक २०७९ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।

  • सन्दीप भाेलि पाकिस्तान जाने, अर्को पेशी २१ भदौमा

    सन्दीप भाेलि पाकिस्तान जाने, अर्को पेशी २१ भदौमा

    काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।

    आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

    अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ ।

    अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

    यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

  • सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ, आजै पाकिस्तान जाने सम्भावना

    सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ, आजै पाकिस्तान जाने सम्भावना

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

    मुद्दाको पेसीका कारण सन्दीप एसिया कपका लागि नेपाली टिम पाकिस्तान गए पनि उनी जान पाएका थिएनन् ।

    आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ ।

    आजै उनी पाकिस्तान जाने पनि बताइएको छ । ३० अगस्टमा पाकिस्तानको मुल्तानमा नेपालले पाकिस्तानसँग एसिया कपको उद्घाटन खेल खेल्दै छ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्ने छ ।

    मुद्दाको फैसला आउने अपेक्षासहित अदालत परिसरमा भिडभाड भएको थियो । बहस स्थगनको सूचना आएपछि सन्दीपका समर्थक निराश भएर फर्किएका छन् ।

  • आज पनि भएन सन्दीपकाे मुद्दामा बहस, पीडितकाे आमाकाे जन्ममिति प्रमाणीकरण गर्न आदेश

    आज पनि भएन सन्दीपकाे मुद्दामा बहस, पीडितकाे आमाकाे जन्ममिति प्रमाणीकरण गर्न आदेश

    काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।

    जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले पीडित बालिकाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।

    आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको हाे ।

    किशोरीकी आमाको जन्ममिति २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएको हो । त्यही विवरणका कारण पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ ।

    अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।