Tag: सन्दीप लामिछाने

  • लंका प्रिमियर लिगमा ‘अनसोल्ड’ भए सन्दीप लामिछाने

    लंका प्रिमियर लिगमा ‘अनसोल्ड’ भए सन्दीप लामिछाने

    काठमाडौं । सन्दीप लामिछाने लंका प्रिमियर लिगमा ‘अनसोल्ड’ भएका छन् । जारी अक्सनमा ३० हजार डलरमा उपलब्ध सन्दीपलाई कुनै पनि टीमले बोली लगाएन ।

    यसअघि बुधबार नै सन्दीपलाई ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा सुर्रे जागुआर्सले अनुबन्ध गरेको थियो ।

    कोलोम्बो स्ट्राइकर्स, दम्बुल्लाह औरा गाल्ले ग्लाडियटर्स, जाफिना नाइट्स र कान्डी फ्लान्कस गरी पाँच टीमको सहभागिता रहेको लंका प्रिमियर लिगको अहिले चौथो संस्करणको अक्सन जारी छ ।

    प्रतियोगिता जुलाई ३१ देखि अगस्ट २२ सम्म हुनेछ ।

  • अदालतले पेशी असार मसान्तमा तोकेपछि सन्दीप भोलि दक्षिण अफ्रिका जाने

    अदालतले पेशी असार मसान्तमा तोकेपछि सन्दीप भोलि दक्षिण अफ्रिका जाने

    काठमाडौं । अन्ततः सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि सोमबार दक्षिण अफ्रिका जाने भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

    यसअघि गत मङ्गलवार राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप टोलीसंगै जान पाएका थिएनन् ।

    प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टोलीसँग जान नपाएर छुटेका हुन् ।

    सन्दीपलाई राष्ट्रिय टोलीका लागि खेल्न सहज होस् भन्दै उनका कानुनी सहयोगीहरुले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीपको दक्षिण अफ्रिका यात्रा सम्भव भएको हो ।

    दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछ ।

  • सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा पेसी

    सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा पेसी

    काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको छ ।

    पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आज सुनुवाइ हुने सम्भावना देखिएको छ ।

    यसअघि गत मंसिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो ।

    मुद्दाको अन्तिम फैसला आज आए सन्दीप कि फेरि जेल जानेछन् कि मैदान फर्किने छन् ।

    यसअघि लगातार पेसी तोकेर पनि मुद्दाको फैसला पछि सरेको सर्‍यै गर्दा अन्तिम सुनुवाइ हुन सकेको छैन । जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने कार्यक्रमसमेत अनिश्चित बनेको छ ।

    राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा बसेका छन् । नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको बताए ।

    खासगरी सन्दीप आफूविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि पेसी तोकिएपछि त्यसको तयारीका लागि बिदामा रहेका हुन् ।

  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई अब अर्काे साता

    सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई अब अर्काे साता

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक साता सरेको छ ।

    सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे । सोमबार दुवै पक्षको सुनुवाइ नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।

    न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाई गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्नेछ भन्ने टुंगो छैन ।

    न्यायाधीश ढकालको इजलासमा परेमा मात्रै मुद्दा थप अघि बढ्छ भने अरु न्यायाधीशको इजलासमा परेमा फेरि सुरुदेखि सुनुवाई गर्नुपर्ने हुन्छ ।

  • सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान

    सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान

    काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले ओमानका आदिल साफिकको विकेट लिएपछि विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन् ।

    सन्दीपले १२ ओभरको तेस्रो बलमा साफिकलाई पेवेलियनको बाटो देखाएका थिए । साफिक ३३ बलमा १३ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परेका हुन् ।

    योसँगै सन्दीपले ओडिआइ क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

    सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडेका हुन् ।

    यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । रसिदले ४४ खेलमा सय विकेट लिएका थिए ।

  • सन्दीपविरूद्धको मुद्दामा थप दुई व्यक्तिकाे बकपत्र लिन आदेश

    सन्दीपविरूद्धको मुद्दामा थप दुई व्यक्तिकाे बकपत्र लिन आदेश

    काठमाडाैं । क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ ।

    आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश भएको अदालत स्रोतले बताएकाे छ ।

    लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएकाले त्यही आदेश भएको बताए ।

    गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

  • सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

    सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

    काठमाडाैं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ ।

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो ।

    यसअघि चैत २२ गते सुनुवाईका लागि पेशी तोकिएपनि समयअभावका कारण सुनुवाई हुन सकेकाे थिएन ।

    यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो । न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन ।

    न्यायाधीश घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए । उनको आदेश उच्च अदालतले बदर गरेको थियो ।

    गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गएकाे भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

  • सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

    सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ स्थगित भएको छ । इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो ।

    सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासको १२औँ नम्बरमा परेको थियो ।

    यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो ।

    तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

  • सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि आज पेसी

    सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि आज पेसी

    काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ ।

    सन्दीपका वकिल मुरारी सापकोटाका अनुसार जिल्ला अदालत काठमाडौंमा फैसलाका लागि आजलाई पेसी तोकिएको हो ।

    पेसी तोकिए पनि आजै सुनुवाइ भएर फैसला आउने निश्चित छैन । यसअघि यही चैत १३ गते पनि यो मुद्दा पेसीमा चढेको थियो । तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगन गर्न निवेदन दिएका थिए ।

    घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    तर, उनको आदेश उच्च अदालत (पाटन) बाट बदर भएको थियो । घिमिरेको आदेश बदर भएपछि सन्दीप थुनामुक्त भएका थिए ।

    सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो ।

    सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ । त्यसको अन्तिम फैसला हुन लागेको हो ।

  • सन्दीप लामिछानेकाे मुद्दामा अन्तिम सुनुवाई आज

    सन्दीप लामिछानेकाे मुद्दामा अन्तिम सुनुवाई आज

    काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबारका लागि पेशी तोकिएको छ ।

    जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

    यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो ।

    जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ ।

    यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ ।

    लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

    उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो ।

    त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो ।

    सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यतिबेला विदेशमा रहेका सन्दीप उजुरी परेको एक महिनापछि स्वदेश फर्किएका थिए ।

    उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेर मुद्दाको अनुसन्धान गरेको थियो । उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए ।