Tag: सन्दीप लामिछाने

  • सन्दीप लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

    सन्दीप लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

    अदालतले पक्राउ अनुमति दिएको प्रहरी स्राेतले जनाएकाे छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

    लामिछोनेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

    लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरी कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

  • सन्दीप लामिछानेकाे गुनासाे : कसैले साथ दिएनन्, एक्लै लड्छु

    सन्दीप लामिछानेकाे गुनासाे : कसैले साथ दिएनन्, एक्लै लड्छु

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कसैले सहयोग नगरेको आशय झल्कने ट्वीट गरेका छन् ।

    सन्दीपले शनिबार बिहान गरेको ट्वीटमा आफूलाई कसैले सहयाेग नगरेपनि यो भिडन्तमा एक्लै लड्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

    ‘समर्थन शून्य । चिन्ता छैन, तिमीले यो भिडन्त एक्लै लड्नु पर्ने थियो’, सन्दीपको ट्वीट छ ।

    ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेपछि उनले पाएको यो जिम्मेवारीलाई अन्य सहकर्मीले समेत सहयोग नगरेको टिप्पणी हुने गरेको छ ।

    विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि क्यानडामा नेपालले तयारी गरिरहेका बेला सन्दीपकाे यस्तो ट्वीट आएकाे हो ।