Tag: सार्वजनिक सवारी

  • काठमाडौंका यी सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने (सवारी रुटसहित)

    काठमाडौंका यी सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने (सवारी रुटसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ ।

    सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले जनाएको छ ।

    रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई उक्त दिन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

    आज (चैत १५ गते) तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । चैत १६ गते (भोलि) असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।

    महानरगका अनुसार चैत १८ गते (लगन चोक) र १९ गते लगन चोक दलाछि ह्युमत (जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।

    रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै छ । दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि ३२ फुट अग्लो रथ तयार गरिएको छ । चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ ।

    तीनधारा पाठशालाअगाडिबाट सुरु हुने रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पुर्‍याइन्छ । तेस्रो दिन लगनटोलमा लगी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

  • काठमाडौं उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता

    काठमाडौं उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता

    काठमाडौं । यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालय सदस्यले जानकारी दिए ।

    वार्तामा मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमिततालगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।

  • सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु

    सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु

    काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

    ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ ।

    यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरूले पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।

    सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् ।

    यातायात मजदुरले आज पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । सार्वजनिक सवारी नचल्दा काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।

  • प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा घट्याे, कहाँकाे कति ?

    प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा घट्याे, कहाँकाे कति ?

    काठमाडाैं । प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएकाे छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटेको हो ।

    यसअनुसार यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले भाडा घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा पनि ७.६८ प्रतिशतले घटेको छ ।

    सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भााडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था हुँदै आएको छ ।

    कहाँ कति घट्यो ?

  • बढ्याे सार्वजनिक सवारीसाधनकाे भाडा (सूचीसहित)

    बढ्याे सार्वजनिक सवारीसाधनकाे भाडा (सूचीसहित)

    काठमाडौं । इन्धनकाे मूल्य बढेपछि सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ ।

    इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो ।

    विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

    पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।

    आइतबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।

    हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायाेजन गरिएको विभागले जनाएको छ ।

  • फेरि बढ्याे सार्वजनिक सवारीसाधनको भाडा, यस्तो छ सूची

    फेरि बढ्याे सार्वजनिक सवारीसाधनको भाडा, यस्तो छ सूची

    काठमाडाैं । फेरि सार्वजनिक सवारीसाधनको भाडा बढेकाे छ । सरकारले अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढाएकाे हाे ।

    यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेपछि स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएकाे हाे ।

    सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

    विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २‍ दशमलव १ प्रतिशतले भाडा बढेको छ । त्यस्तै मालबाहक सवारीसाधनमा २‍ दशमलव ७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ । लाेकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन ।

    यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलकाे मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो ।

    यस्ताे छ सूची :