Tag: स्थानीय तह चुनाव

  • यस्ताे छ काठमाडाैं महानगरपालिकाकाे पछिल्लाे मत परिणाम

    यस्ताे छ काठमाडाैं महानगरपालिकाकाे पछिल्लाे मत परिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ ।

    अब करिब १५ हजार मत मात्रै गणना गर्न बाँकी छ। बिहीबार बिहानसम्म अन्तिम मतपरिणाम आउनेछ ।

    पछिल्लो मतपरिणाम अनुसार बालेन शाहले ५६ हजार ७३४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार ८६३ र नेकपा एमालेका केशव स्थापितले ३५ हजार २७५ मत प्राप्त गरेका छन् ।

  • गठबन्धनलाई हराएर तुलसीपुरमा एमालेले जित्याे मेयर र उपमेयर

    गठबन्धनलाई हराएर तुलसीपुरमा एमालेले जित्याे मेयर र उपमेयर

    काठमाडाैं । तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराएर नेकपा एमालेले मेयर र उपमेयर जितेको छ ।

    मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन् । खड्काले ३१ हजार ४०८ मत ल्याउँदा गिरिले २७ हजार ७१६ मत पाए ।

    उपमेयरमा चौधरीले ३० हजार ५९७ मत ल्याएर विजयी भइन् । पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार ६५ मत पाए ।

  • काठमाडाैंकाे मेयरमा बालेन शाहकाे जित पक्का

    काठमाडाैंकाे मेयरमा बालेन शाहकाे जित पक्का

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित पक्का गरेका छन् । मतगणना जारी रहँदा नै बालेनले जित पक्का गरेका हुन् ।

    प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २० हजार १९६ मतको अग्रता लिएका छन् । जबकी अब काठमाडौंको १९ हजार ६४९ मत मात्रै गन्न बाँकी छ ।

    अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

    काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ३५ प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो ।

  • मतगणना सम्पन्न नहुँदै काठमाडाैंकाे उपमेयरमा सुनिता डंगाेल विजयी

    मतगणना सम्पन्न नहुँदै काठमाडाैंकाे उपमेयरमा सुनिता डंगाेल विजयी

    काठमाडौं । काठमाडाैं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।

    महानगरपालिकाको मतगणना सम्पन्न नहुँदा सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् ।

    उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।

    अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

    यस्तै, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् ।

    उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याइ राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।

  • बालेनकाे मत साढे ५१ हजार, सिंह र स्थापितले कति पाए ?

    बालेनकाे मत साढे ५१ हजार, सिंह र स्थापितले कति पाए ?

    काठमाडाैं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत साढे ५१ हजार पुगेको छ ।

    एक लाख ५७ हजार ३१० मत गन्दा बालेनले ५१ हजार ५९६ मत ल्याएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ४३० मत पाएकी छन् ।

    त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ३१ हजार ८५६ मत ल्याएका छन् । सिर्जनासँग बालेनको १९ हजार ७४० को मतान्तर छ ।

  • यी स्थानीय तहकाे अन्तिम मतपरिणाम आउन बाँकी

    यी स्थानीय तहकाे अन्तिम मतपरिणाम आउन बाँकी

    काठमाडाैं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

    छमध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् ।

    काठमाडौं, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।

    काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का टिकाराम खड्का अगाडि हुनुहुन्छ ।

    नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।

    यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।

    कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।

    कांग्रेस सबैभन्दा बढी दुई हजार ६३२ वडामा विजयी भएको छ । एमाले दुई हजार ११२, माओवादी एक हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ ।

  • पोखरा महानगरपालिका- १८ मा पुनः मतगणनाको माग

    पोखरा महानगरपालिका- १८ मा पुनः मतगणनाको माग

    कास्की । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ ।

    वडा नम्बर १८ मा मत कम भएको भन्दै उक्त दलले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो । उक्त वडाको मंगलबार बिहान अन्तिम नतिजा घोषणा हुँदा तीन मत अन्तरले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार उम्मेदवार शिवप्रसाद तिमल्सिना विजयी भएको घोषणा गरिएको थियो ।

    उक्त वडामा पुनःमतगणनाका लागि माग गर्दै एमालेबाट निवेदन आएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निवेदनका सम्बन्धमा निर्वाचन कानुनअनुसार अघि बढ्ने उनले बताए ।

    महानगरमा खसेको कूल एक लाख ४३ हजार २२६ मतमा अब करिब पाँच हजार मत गन्न बाँकी छ । महानगरका वडा नं २२, ३२ र ३३ को मतगणना बाँकी रहेको जनाइएको छ । हालसम्म २२ वटा वडामा कांग्रेस विजयी भएको छ भने आठवटा वडामा एमाले विजयी भएको छ ।

    हालसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेकामा गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरे ।

    उमप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मतसहित अघि छन् भने गठबन्धनका तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेकी छन् ।

  • पाेखराकाे मतगणना स्थगित

    पाेखराकाे मतगणना स्थगित

    पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।

    पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।

    नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।

    वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।

    पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

  • मंगलबार सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्ने

    मंगलबार सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्ने

    काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मंगलबार संसदमा पेश गर्ने भएको छ ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

    आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हाे ।

  • बालेनको जित लगभग निश्चित, कटाए ५० हजार भाेट

    बालेनको जित लगभग निश्चित, कटाए ५० हजार भाेट

    काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित करिब निश्चित भएको छ ।

    हालसम्म महानगरको एक लाख ५० हजार ७२० भोट गणना हुँदा बालेनले ५० हजार ९८ भोट ल्याइसकेका छन् ।

    मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग उनको झण्डै २० हजार मतको दूरी छ । सिर्जनाले ३० हजार ७७४ मत ल्याएकी छन् । यस्तै, तेस्रो स्थानमा रहेका केशव स्थापितको २९ हजार ९९७ मत आएको छ ।

    अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी छ । २१ वटा वडाको मतपरिणाम आइसकेको छ भने १० वटाको गणना जारी छ ।