Tag: स्थानीय तह चुनाव

  • वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित

    वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह निर्वाचित भएका छन् ।

    जसपाका सिंहले ४६ हजार २१५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे ।

    उनीहरुबीच २२ हजार ५४४ मतको अन्तर छ ।

    यसैगरी, उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम कुल २५ हजार १५८ मतसहित विजयी भएका छन् ।

    उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत प्राप्त गरे ।

  • जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित

    जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित

    काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् ।

    उनी नेकपा (एमाले)का उम्मेदवार शिवशंकर साहलाई पराजित गरी मेयर बनेका हुन् । सोमबार साँझ सकिएको मत गणना अनुसार उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भए । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए ।

    नेपाली कांग्रेसबाट राजीनामा गरेर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । साहले १५ हजार ५२५ मत पाए ।

    दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।

  • काठमाडाैंमा १ लाख ३७ हजार मत गनियाे, कसले कति ल्याए ?

    काठमाडाैंमा १ लाख ३७ हजार मत गनियाे, कसले कति ल्याए ?

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा सोमबार साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ ।

    मेयरका उम्मेदवार बालेन शाहले अहिलेसम्म अग्रता कायम गरेका छन् । ४६ हजार ९६६ मतका साथ उनी अग्रस्थानमा छन् ।

    दोस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २८ हजार १४१ मत ल्याएकी छन् । तेस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार २८६ मत ल्याएका छन् ।

  • बालेन साहकाे अग्रता कायमै, स्थापित तेस्राे स्थानमा

    बालेन साहकाे अग्रता कायमै, स्थापित तेस्राे स्थानमा

    काठमाडाैं । काठमाडाैं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

    पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार ६ सय १५ मतले अगाडि छन् ।

    साहले अहिलेसम्म ४६ हजार चार सय ७६ मत ल्याउँदा सिंहले २७ हजार सात सय ९९ मत ल्याएका छन् ।

    महानगरमा एक लाख ३५ हजार ६ सय ९३ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले २६ हजार आठ सय ६१ मत पाएका छन् ।

    महानगरकाे उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायम राखेकी छन् ।

  • गठबन्धनलाई पछि पार्दै नवलपुरमा एमाले पहिलो दल

    गठबन्धनलाई पछि पार्दै नवलपुरमा एमाले पहिलो दल

    नवलपुर । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नवलपुरका आठ वटै पालिकाको नतिजा सार्वजनिक हुँदा नेकपा एमाले पहिलो दल बनेको छ ।

    मत परिणम अनुसार आठ पालिका मध्ये ६ वटा पालिकाको प्रमुखमा नेकपा एमालेले जित हा गरेको छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा जम्मा २ वटा पालिका मात्र जितेको नवलपुर जिल्लामा यस पटक यो जित हासिल गर्नुलाई विषेश महत्वका साथ हेरिएको छ ।

    हालै, सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित एक सफल जिल्ला नेन्तृत्व र इमान्दार कार्यक्रता तथा उम्मेदवारी छनौटमा विवेक पुर्‍याएकाे कार्यकर्ताको भनाई रहेको छ ।

  • धनगढीवासीलाई गोपाल हमालले भने– मलाई उद्घाटन गर्न नबोलाइदिनुहाेला

    धनगढीवासीलाई गोपाल हमालले भने– मलाई उद्घाटन गर्न नबोलाइदिनुहाेला

    काठमाडाैं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई ‘उद्घाटन कार्यक्रम’मा नबोलाउन नगरवासीलाई आह्वान गरेका छन् ।

    मेयरमा निर्वाचित भएपछि साेमबार शपथग्रहण गरेपछि हमालले अतिआवश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान आदि कार्यक्रममा नअल्झाउन आह्वान गरेका हुन् ।

    हमालले भनेका छन् ‘अत्यावश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । यहाँहरूको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुर्‍याइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउनेछु ।’

    स्थानीय तहकाे चुनावबाट हमाल धनगढी उपमहानगरपालिकाकाे मेयरमा निर्वाचित भएका हुन् । उनले साेमबार नै पदभार ग्रहण गरेका छन् ।

  • काठमाडौंमा ७० प्रतिशत मतगणना, कसले पाए कति मत ?

    काठमाडौंमा ७० प्रतिशत मतगणना, कसले पाए कति मत ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० प्रतिशत मतगणना सकिएको छ ।

    कूल १ लाख ९१ हजार १८६ मत खसेकोमा अहिलेसम्म १ लाख ३४ हजार ८७ मतगणना सकिएको छ । अब ५७ हजार ९९ मत गन्न बाँकी छ ।

    ७० प्रतिशत मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले साढे १८ हजारभन्दा बढीको अग्रता बनाएका छन् ।

    अहिलेसम्मको गणनामा बालेन शाहले ४५ हजार ९ सय ८२ मत पाएका छन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याएकी छिन् ।

    एमालेका केशव स्थापितले २६ हजार ४५४ मत पाएका छन् । बालेनले सिर्जनासँग १८ हजार ५५९ र स्थापितसँग १९ हजार ५२८ मतको अग्रता बनाएका छन् ।

  • जित नजिक रेणु दाहाल

    जित नजिक रेणु दाहाल

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल जित नजिक भएकी छिन् ।

    उनले ४४ हजार ३ सय ५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १ सय ७९ मत ल्याएका छन् । सुवेदीभन्दा दाहालको मत १० हजार १ सय २६ ले बढी भएकाे छ ।

    हालसम्म १ लाख १० हजार ४ सय ५४ मत गणना भइसकेको छ । भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । अब १७ हजार मत गन्न बाँकी छ ।

    यसैगरी, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय १५ मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ४ सय ६८ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ मत ल्याएकी छिन् ।

  • ७२७ पालिकाको नतिजा आउँदा २४ मा गणना जारी

    ७२७ पालिकाको नतिजा आउँदा २४ मा गणना जारी

    काठमाडाैं । स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । अहिलेसम्म कुल ७२७ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।

    निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ४५८ गाउँपालिका र २६९ नगरपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको हो ।

    २४ स्थानीय तहको मतगणना जारी रहेको उनले बताए । बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा भने विवादका कारण मतगणना शुरू हुन सकेको छैन ।

  • भीमदत्त र पुनर्वासमा कांग्रेसकाे जित

    भीमदत्त र पुनर्वासमा कांग्रेसकाे जित

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरे । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

    नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए । त्यसैगरी उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरे । १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।

    पुनर्वासमा कांग्रेस विजयी

    त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुनर्वासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए ।