Tag: काेशी प्रदेश

  • मुख्यमन्त्री कार्कीकाे दाबी : ‘१० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ’

    मुख्यमन्त्री कार्कीकाे दाबी : ‘१० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ’

    विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा १० वर्षपछि ‘दलित’ लेख्ने अवस्था अन्त्य हुने दाबी गरेका छन् । रिडेफ नेपालले आयोजना गरेको प्रदेशको नीति तथा योजनामा दलित सरोकार विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    विभेदरहित समाज निर्माणका लागि चालू आर्थिक वर्षबाट प्रदेश सरकारले सुरू गरेको मानवीय विकास अभियानले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था नरहने उनले बताए ।

    ‘यसका लागि प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकाका दुईजना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायत मानवीय विकासको काम सुरू भइसकेको छ’ उनले भने, ‘बजेटमा अधिकार खोज्ने भन्दा समानता र विभेदरहित समाज निर्माणमा जानुपर्ने बेला आइसकेको छ ।’

    मुख्यमन्त्री कार्कीले रैतिबाट नागरिक बनाउने क्रममा समावेशी अभियान सुरू भएर अहिले राज्यका हरेक अंगमा समावेशी बनाइएको तर अब समानताको विषयले १० वर्षपछि दलित भन्न नपाइने अवस्था बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

    ‘अब दलित र गैर दलित नभनौं, हामी सबै समानताको व्यवहार गरौं’ उनले भने ।

    प्रदेश सरकारले विभेदरहित समाजको अभियानलाई गति दिइसकेको भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘ब्राह्मण समाजमा नै सबभन्दा बढी विभेद छ किनकी जैशीले छोएको ब्राह्मणले खाँदैन । एउटा थरको कथित दलितले अर्काे थरका दलितले छोएको नखाने हाम्रो समाज छ ।’

     

  • कोशी मन्त्रिपरिषद् छठपछि मात्रै विस्तार गरिने

    कोशी मन्त्रिपरिषद् छठपछि मात्रै विस्तार गरिने

    विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो ।

    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच भएको छलफलमा छठपछि सरकार विस्तार गर्ने सहमति भएको हो ।

    मन्त्रिपरिषद विस्तार गर्ने क्रममा काँग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एस र जसपाले एक–एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

    मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए ।

    यसैगरी उनले नेपाली काँग्रेस दलका नेता उद्धब थापा, माओवादीका आङ्बो, नेकपा एसका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बेग्लै छलफल गरेका थिए ।

    प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्ति पनि सहमतिकै आधारमा गरिने भएको छ । माओवादी संसदीय दलका नेता आङबोले छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए ।

    हाल सरकारमा मुख्यमन्त्री कार्कीबाहेक माओवादीका गणेश उप्रेती, कांग्रेसका शम्शेर राई र नेकपा एसका कमलप्रसाद जबेगु विनाविभागीय मन्त्रीका रुपमा छन् । सरकारमा सहभागी एमालेका मन्त्री राम रानाले भने राजीनामा दिइसकेका छन् ।

    आफूसँग सहमति नगरी माओवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराएको भन्दै असन्तुष्ट बनेको एमालेले मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाएको थियो ।

     

  • कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

    कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

    विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट सहभागी भएका मन्त्री राम रानाले शनिबार आफ्नो पदबाट राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

    गठबन्धनमा आवद्ध माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराइएपछि असन्तुष्ट बनेको एमालेले सरकार छाडेको हो ।

    मन्त्री रानाले मुख्यमन्त्री केदार कार्कीको निवास पुगेर राजीनामा बुझाएका हुन् । उनी बिना विभागीय मन्त्रीका रुपमा थिए ।

    मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एकजना मन्त्री नियुक्त गरेका थिए ।

    आफूसँग कुनै सहमति र सल्लाह नगरी ती पार्टीलाई सरकारमा सहभागी गराएको भन्दै एमाले असन्तुष्ट बनेको थियो ।

    गत असोज २७ गते एमालेसहितको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसै दिन उनले एमालेका एक र कांग्रेसका एकजनालाई मन्त्री नियुक्त गरेका थिए ।

  • मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका हुन् ।

    कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । एक जना भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाका एक सांसद भने अनुपस्थित रहेका हुन् । कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् ।

    उनी गत शनिबार नियुक्त भएका हुन् । एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिएको हो ।

  • कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले दिए राजीनामा

    कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले दिए राजीनामा

    काठमाडाैं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले राजीनामा दिएका छन्।

    शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन्।

    शनिबार पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट राजीनामा दिएको घोषणा गरेका छन्।

    ‘मैले दुई पटक अदालतबाट पदमुक्त बन्दै राजीनामा दिनुपर्ने थियो। तर, प्रदेशको अवस्थाले मलाइ त्यसबेला जिम्मेवारी छोड्न दिएन। अहिले राजीनामा दिएको छु,’ उनले भने।

    थापाले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई शुभकामना समेत दिए। ‘भोलि विश्वासको मत पुगेन भने हामी पनि मत दिन्छौ। उहाँलाई शुभकामना छ,’ उनले भने।

  • कांग्रेसका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

    कांग्रेसका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार उनलार्य मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा गठबन्धनमा आबद्ध दलहरुले नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

    उक्त सहमतिप्रति असहमति जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षधर कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

    कार्कीको समर्थनमा उनीसहित कांग्रेसका ८ सांसद तथा नेकपा एमालेका ३९ जना सांसद छन् ।

    समर्थन गर्ने सांसदहरुको प्रत्यक्ष उपस्थितिमा प्रदेश प्रमुख खापुङले सनाखत गराएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

    सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि असोज २० गते पदबाट राजीनामा दिएका थिए ।

    त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वन गरेका थिए ।

    प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न हिजो ५ बजेसम्मको समय दिएका थिए । मुख्यमन्त्रीका लागि कार्की र आङ्बो दुवैले आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए ।

    दुवैको बराबरी समर्थन संख्या पेस भएपछि समर्थन गर्ने सांसदहरुको सनाखत गरिएको थियो । सनाखतमा कार्की पक्षका सांसदहरु उपस्थित भएका थिए भने आङ्बो पक्ष सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय गएन ।

    सनाखत गर्दा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

  • कोशीको मुख्यमन्त्रीमा मााओवादी केन्द्रका आङ्बो र कांग्रेसका कार्कीको दाबी

    कोशीको मुख्यमन्त्रीमा मााओवादी केन्द्रका आङ्बो र कांग्रेसका कार्कीको दाबी

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि दाबी पेश गरेका छन् ।

    उनी कांग्रेसको शेखर कोइराला पक्षका नेता हुन् । शीर्ष नेतृत्वले मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने सहमति जनाएपछि असन्तुष्ट बनेको कोइराला पक्षबाट कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीका दाबी पेश गरेका हुन् ।

    कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

    कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।

    यसअघि माओवादी केन्द्रका आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

    दुवैले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

    प्रदेश प्रमुख खापुङले शुक्रबारसम्मको अवधि तोकेर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

    त्यसअघि सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत लिन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिइसकेका छन् ।

  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

    कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

    प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् ।

    प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।

    उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो ।

    उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरे ।

  • कोशी प्रदेशमा ढल्याे एमाले नेतृत्वको सरकार

    कोशी प्रदेशमा ढल्याे एमाले नेतृत्वको सरकार

    काठमाडाैं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । एमालेले ६ महिनाबीचमा ४ प्रदेशको नेतृत्व गुमाएको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन् ।

    शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका थिए ।

    प्रदेशसभाको बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गति लिएको भन्दै कांग्रेस र माओवादीसहितका दलहरुसँग पनि साथ मागेका थिए।

    सभामुख गौतमका अनुसार ९३ सांसद्‍मध्ये मत विभाजनका क्रममा ८९ जना उपस्थित रहेका थिए ।

    तर कार्कीको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले मात्रै मत दिए। यस्तोमा कार्कीले मागेको विश्वासको मतको पक्षमा ४६ मत परेको हो।

    उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद थिए। तर कार्कीको विपक्षमा ४३ मत मात्रै परेको छ।

    कोशीमा जनता समाजवादीकी एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा उपस्थित नै भइनन्। उनलाई विश्वासको मतको पक्षमा ल्याउने कार्कीको प्रयास सफल हुन सकेन ।

    यस्तोमा बहुमतका लागि कार्कीलाई ४७ मत चाहिनेमा ४६ मात्रै आयो भने विपक्षमा ४३ मत खसेको छ ।

    कार्की २०७९ पुस २४ गते मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनलाई एमाले, माओवादी, राप्रपा र जसपाका सांसदको समर्थन थियो ।

    तर पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भंग भएपछि मा‌ओवादी र जसपाले समर्थन फिर्ता लिँदा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । यस्तोमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

    कार्की पुस २४ मा संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरेर मुख्यमन्त्री बनेका थिए ।

  • जसपाले छाड्यो कोशी प्रदेश सरकार, समर्थन पनि फिर्ता

    जसपाले छाड्यो कोशी प्रदेश सरकार, समर्थन पनि फिर्ता

    विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    सुनसरीको इटहरीमा बुधबार बसेको जसपा कोशी प्रदेश समितिको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।

    यो निर्णयसँगै प्रदेश सरकारमा रहेकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता हुने भएकी छन्।

    जसपाले लिम्बुलाई गत पुस २५ गते सरकारमा पठाएको थियो। केन्द्रका कांग्रेस नेतृत्वको गठबन्धन बनेदेखि कोशीमा पनि सरकार हेरफेर प्रयास भएको थियो।

    जसपाले समर्थन फिर्ता लिएपछि अब नेकपा माओवादी केन्द्रले पनि एमाले नेतृत्वको सरकार छाड्ने सम्भावना छ ।

    कांग्रेसको योजना अनुसार अब माओवादी पनि बाहिरिएमा कार्की नेतृत्वको सरकारले आगामी वर्षको बजेट, नीति कार्यक्रम पारित गर्न सक्दैन ।

    कांग्रेसले सरकार ढाल्ने योजना बनाएपछि मुख्यमन्त्री कार्कीले पनि सबैलाई विश्वासमा लिने गरी कुरा गरिरहेका थिए । एमाले स्थायी कमिटी सदस्य कार्की गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

    कार्की नेतृत्वको सरकार ढले नै पनि अहिलेको गठबन्धनले नयाँ सरकार बनाउन सजिलो छैन । ९३ सांसद रहेको कोशीमा बहुमतका लागि ४७ जनाको समर्थन चाहिन्छ । बजेट पारित गर्न पनि ४७ जनाको साथ चाहिन्छ ।

    सरकारको नेतृत्वको गरिरहेको एमालेसँग कोशीमा ४० प्रदेशसभा सदस्य छन् । उसका लागि अझै ७ सांसद चाहिन्छ । सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी उसको पक्षमा उभिँदा पनि ४६ हुन्छ । १ सांसद रहेको जसपा अहिले एमाले र कांग्रेस नेतृत्वको गठबन्धन दुवैतिर निर्णायक छ ।

    कोशीमा सभामुखसहित माओवादीका १३ प्रदेशसभा सदस्य छन् । अहिले जसपा केन्द्रमा सत्ता गठबन्धनमै छ । यहाँ कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद् हुन्छन् ।

    तर कोशीका सभामुख बाबुराम गौतमले सरकार बनाउँदा मत दिन पाउने नपाउनेमा विवाद छ । कांग्रेस र माओवादीले सभामुखले पनि निर्णायक मत दिन पाउने दाबी गरेका छन् ।

    तर एमालेले भने यदि सभामुखले मत दिएर पक्ष विपक्षमा उभिने हो भने पद छाड्नु पर्ने अडान लिएको छ ।