काठमाडौं । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ ।
जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा १२ : ४५ मा सुरु हुने खेलमा नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन ।
पहिलो पटक वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालले अमेरिकाविरुद्ध खेलेकै टिमलाई मैदान उतारेकाे छ ।
पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै समूह एमा दुई अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
नेपालले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे सुपर सिक्स सम्भावना बलियो हुनेछ । समूह चरणको अन्तिम खेल नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्नेछ ।