Tag: क्रिकेट

  • नेपाल र यूएईबीचको खेल स्थगित, बाँकी खेल भाेलि हुने

    नेपाल र यूएईबीचको खेल स्थगित, बाँकी खेल भाेलि हुने

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ ।

    वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।

    भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ ।

    पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।

    बाँकी फाइनल खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ ।

  • नेपाल र युएई एसीसी प्रिमियर लिगको फाइनलमा

    नेपाल र युएई एसीसी प्रिमियर लिगको फाइनलमा

    काठमाडौं । भारी वर्षाका कारण खेल रद्द हुँदा एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल रद्द हुँदा नेपाल समूह ए को विजेताको रूपमा फाइनल पुगेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल पहिलो इनिङमा २३.३ ओभर खेल भइरहँदा पानी परेपछि करिब २ घण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि पानी रोकिएर सुरु भएको खेलमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दियो ।

    दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको कुवेतले ८.३ ओभर खेलिरहँदा पानी दर्किएपछि बाँकी खेल हुन सकेन । डिएल मेथडमा खेलको नतिजा लिन कुवेतले २० ओभर खेलेको हुनु पर्ने थियो । र, २० ओभरमा कुवेतले नेपाललाई जित्न १ सय ९४ रन बनाउनु पर्ने थियो । बाँकी खेल हुन नसक्दा खेल नतिजाविहीन बन्यो र त्यसको फाइदा नेपाललाई भयो ।

    अर्काे सेमिफाइनल खेलमा युएईले भने डिएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो ।

    युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

    अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।

  • रोकियो नेपाल र कुवेतबीचको खेल, नेपाल फाइनल पुग्ने लगभग निश्चित

    रोकियो नेपाल र कुवेतबीचको खेल, नेपाल फाइनल पुग्ने लगभग निश्चित

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।

    नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ ।

    कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

    यो खेलमा कुवेतलाई हराए नेपालले फाइनलमा यूएई अथवा ओमानसँग खेल्नेछ ।

  • नेपालले दियाे कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य, राेहितकाे उत्कृष्ट ब्याटिङ

    नेपालले दियाे कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य, राेहितकाे उत्कृष्ट ब्याटिङ

    काठमाडौं । रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाएर २८१ रनको योगफल तयार पार्‍यो ।

    नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रनको इनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके ।

    रोहितले यसअघि, चौथो विकेटका लागि कुशल मल्लसँग १ सय ९ रनको साझेदारी गरेका थिए ।

  • नेपाललाई झट्का, लगातार गुमायाे २ विकेट

    नेपाललाई झट्का, लगातार गुमायाे २ विकेट

    काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध लगातार दाेस्राे विकेट गुमाएकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारी गर्दै ४३ रनको आक्रामक इनिङ खेलेर पहिलाे विकेटका रुपमा आउट भए ।

    त्यसपछि क्रिजमा आएका भीम सार्की टिक्न सकेनन् । उनी ४ बलमा १ रनमात्र बनाएर आउट भए ।

  • एसीसी प्रिमियर कपकाे समिफाइनल : नेपालले गर्दैछ कुवेतकाे सामना

    एसीसी प्रिमियर कपकाे समिफाइनल : नेपालले गर्दैछ कुवेतकाे सामना

    काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

    समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

    नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।

    आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ ।

    ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ ।

  • एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल र कुवेत खेल्ने

    एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल र कुवेत खेल्ने

    काठमाडौं । जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् ।

    मुलपानी क्रिकेट मेदानमा सम्पन्न खेलमा कुवेतले हङकङलाई हराएपछि प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

    अब समूह बीको उपविजेता बनेको कुवेतले शनिबार हुने सेमिफाइनलमा नेपालसँग खेल्नेछ ।

    कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा सीमित भएपछि नेपाल र कुवेतकाे खेल पक्का भएकाे हाे ।

    दोस्रो सेमिफाइनलमा ओमान र यूएई आमनेसामने हुने भएका छन् ।

  • कतारविरुद्ध नेपालकाे खराब ब्याटिङ, १५७ रनमै अलआउट

    कतारविरुद्ध नेपालकाे खराब ब्याटिङ, १५७ रनमै अलआउट

    काठमाडौं । कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाली ब्याट्सम्यानहरु कतारका बलरसामू निरिह देखिए ।

    टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको नेपाल १५७ रनमै अलआउट भएको हो ।

    पछिल्लो समय उच्च लयमा रहेको नेपाली ब्याटिङ कतार सामू अपत्यारिलो रुपमा धराशयी बनेकाे हाे ।

    नेपालका लागि तल्लो क्रमका ब्याटर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन योगदान गरे ।

    उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालका ५ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेलले ३६ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन बनाए ।

    आसिफ शेखले २७ बलमा १९ रन, सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे । भने, दीपेन्द्रसिंह ऐरीले १२ रन योगदान गरे ।

    कतारका अमिर फारुकले सर्वाधिक चार विकेट लिए । यसैगरी, ओवासिस अहमदले तीन विकेट लिँदा, गयान मुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए ।

  • साउदी अरेबियासँगको खेल रद्द, नेपाल सेमिफाइनलमा

    साउदी अरेबियासँगको खेल रद्द, नेपाल सेमिफाइनलमा

    काठमाडाैं । एसीसी प्रिमियर कपअन्तर्गत आज हुने भनिएको घरेलु टोली नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ ।

    निरन्तर पानी परेपछि टस हुन नसकेको अवस्थामा खेल रद्द भएकाे हाे । वर्षाका कारण मैदान भिजेकाले खेल रद्द गरिएपछि नेपाल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।

    समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा थियो । खेल रद्द भएपछि ५ अंकसहित नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।

    उता साउदी भने एक खेलमा जित र एक खेलमा हार भोगेर २ अंकसहित चौथो स्थानमा छ । खेल रद्द भएपछि उसले पनि १ अंक थपेर ३ बनाएको छ ।

    नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो ।

    साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भउकाे थियाे भने दाेस्राे खेलमा कतारमाथि ७ विकेटकाे जित निकालेकाे थियाे ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

    काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ ।

    कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।

    केही साताअघि फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए ।

    सोमबारको मन्त्रिपरिषद्‍को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।