Tag: नेत्रविक्रम चन्द विप्लव

  • विप्लव नेतृत्वकाे नेकपा पनि आगामी निर्वाचनमा भाग लिने

    विप्लव नेतृत्वकाे नेकपा पनि आगामी निर्वाचनमा भाग लिने

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

    हालै सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगमा पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिने निर्णय गरेको महासचिव विप्लवले बताए ।

    बैठकले एकीकृत जनक्रान्तिका क्रममा १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय पनि गरेको छ । देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायत मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए ।

    अहिलेको व्यवस्थाले जनता र देशलाई उचित ढंगले अघि बढाउन नसकेकाले नयाँ ढंगले अघिको व्यवस्थालाई नेकपाले जोड दिएको उनले बताए ।

    त्यस्तै बैठकले देशको स्वाधीनताविरुद्ध भइरहेका हस्तक्षेपबिरुद्ध भण्डाफोर अभियान चलाउने, नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किरात–लिम्बुवान प्रदेश नामकरण गर्दै मान्यता दिलाउन राजनीतिक शक्तिसँग छलफल अघि बढाउने निर्णय भएको नेकपाले जनाएको छ ।

  • राजनीतिक स्थिरताको लागि समाजवादी मोर्चा आवश्यक : महासचिव विप्लव

    राजनीतिक स्थिरताको लागि समाजवादी मोर्चा आवश्यक : महासचिव विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई अस्थिरताबाट स्थिरता तिर ढाल्न समाजवादी मोर्चाको आवश्यकता भएको बताएका छन् ।

    मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको बताएका हुन् ।

    उनले भने, ‘हामीले धेरै उपलब्धी हाँसिल गरेका छौं । यो कुरा साचो हो । तर पूर्ण भइसकेको छैन । तर यसका लागि मानवजाती लडिरहेको छ । आफ्नो अधिकारका लागि कोही पनि चुप लागेर बस्न मिल्दैन । बसेको छैन । यस अवस्थामा समाजवादी र कम्युनिष्टहरुको कुन धारा र विचार बोकेर अघि बढ्ने भन्ने कुरा स्पष्ट हुन आवश्यक छ ।’

    नेपालमा उत्पन्न भएको संकटबाट निराशा मात्र होईन सम्भावना समेत देखिएको भन्दै चन्दले दलाल पूँजीवादले राजनीतिको आडमा कब्जा गरेको अर्थतन्त्रको सुधारका लागि कम्युनिष्ट एकताको आवश्यकता परेको औल्याए ।

    उनले भने, ‘अहिले बजारमा समाजवादी मोर्चाले अस्थिरता ल्याउछ कि भन्ने बहस समेत भइरहको सुनिन्छ । तर त्यो कुरा साचो होइन । म त के देख्छु भने आज जत्तिको स्वतन्त्र समाज कहिले भएको थिएन ।’

  • ‘विप्लव’सहित केही उच्च नेताविरुद्ध पक्राउ पुर्जी जारी

    ‘विप्लव’सहित केही उच्च नेताविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित केही उच्च नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

    जिल्ला अदालत काठमाडौंले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हाे।

    उक्त अदालतमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। गत मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ।

  • विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकता

    विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकता

    काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ ।

    ७५ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा खुलमञ्चमा आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा भएकाे हाे ।

    पार्टी एकता घोषणा गर्दै १४ बुँदे सहमति पनि गरिएकाे छ । द्वन्द्वकालिन मुद्दा, सरकारसँग भएको तीन बुँदे सहमति, वैज्ञानिक समाजवादलगायतका विषयलाई कार्यन्वयको लागि जोड दिने बताइएकाे छ ।

  • विप्लव नेतृत्वकाे नेकपा र नेकपा (माओवादी समाजवादी) पार्टीबीच एकता

    विप्लव नेतृत्वकाे नेकपा र नेकपा (माओवादी समाजवादी) पार्टीबीच एकता

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ ।

    पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

    नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

  • विप्लवकाे धम्की : माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दाेहाेरिन्छ

    विप्लवकाे धम्की : माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दाेहाेरिन्छ

    काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् ।

    जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदी माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने बताए ।

    उनले भने, ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ ।’ अगाडी उनले भने, ‘माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहोर्‍याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।’

    उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउन तागत भएकाे पनि बताए । चन्दले भने, ‘नेपालमा को हो हत्यारो ? अढाई सय वर्ष नेपाली जनतालाई टाउकोदेखि खुट्टासम्म लुटेर चुसेर अर्बौ सम्पत्ति थुपार्ने सामन्त फटाहहरु अपराधी हुन कि आफ्नो अधिकारको लागि मर्न तयार हुने विद्रोह गर्ने जनता अपराधी हो ? को हो अपराधी ?’

    बाबु बाजेदेखि सम्पत्ति थुपारेर जनसम्पत्ति मुठि्ठभर मान्छेहरूले मोज मस्ती गरेर नेपाली जनतालाई पैसाको रवाफ दिने भन्दै चन्दले आक्रोश पोखे । उनले भने, ‘हामी अपराधी होइनौँ । अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ । यदि ती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए ।’

  • नेपालको कम्युनिस्ट आन्दोलनका कारण महिलाहरुले अधिकार पाएका छन् : विप्लव

    नेपालको कम्युनिस्ट आन्दोलनका कारण महिलाहरुले अधिकार पाएका छन् : विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिस्ट आन्दोलनले महिलाहरु अधिकार सम्पन्न भएको बताएका छन् ।

    ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान परिस्थिति र महिला मुक्तिको प्रश्न’ विचार गोष्ठीमा नेकपाका अध्यक्ष विप्लवले महिलाहरु समाजवादी, क्रान्तिकारी आन्दोलनका कारण नै अहिलेकाे उचाइमा पुग्न सम्भव भएकाे बताए ।

    उनले देशलाई युवाविहीन बनाइएकाेमा चिन्ता पनि व्यक्त गरे । उनले भने, ‘दलाल पुँजीवादीले नियन्त्रणमा लिएकाे देशमा युवाहरुलाई देशमा बस्न सक्ने स्थिति छैन ।’ उनले अब याे अवस्थाकाे अन्त्य गर्नुपर्ने पनि बताए ।

  • संघीयता नेता व्यवस्थापनका लागिमात्र भयाे, यसकाे औचित्य छैन : विप्लव

    संघीयता नेता व्यवस्थापनका लागिमात्र भयाे, यसकाे औचित्य छैन : विप्लव

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले मुलुकमा संघियताको औचित्य नभएको बताएका छन् ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताको लागी नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन् ।

    साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताए । उनले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले विशेष आर्थिक निति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे ।

    उनले आफूहरुले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ति भएकाे प्रष्ट पारे । महासचिव चन्दले भर्खरै सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी,उल्लास नछाएको भन्दै दल र दलका नेताहरु सुध्रिनुपर्नेमा जोड दिए ।

    उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए ।

    महासचिव चन्दले नेपालमा कम्युनिष्टहरु बलियो हुदाँ कम्युनिष्ट र देश सिध्याउन चाहने विदेशी शक्तिहरुको निन्द्रा हराम भएको भन्दै उनले नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताए ।

  • पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुन: द्वन्द्वमा धकेल्यो : प्रकाण्ड

    पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुन: द्वन्द्वमा धकेल्यो : प्रकाण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेताकार्यकरर्तालाई पक्राउ पुर्जी जारी गरेको हो ।

    पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट विद्रोही गर्दै सशस्त्र द्धन्द्धमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो । देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरी उजुरी परेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरूविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकारण अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।

  • विप्लव र प्रकाण्डसहितका यी नेताविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग

    विप्लव र प्रकाण्डसहितका यी नेताविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग

    ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रिय सदस्यहरु सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ । उनीहरु बिरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्धा छ ।

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट बिद्रोही गर्दै सशष्त्र द्धन्द्धमा फर्किएका चन्द समुहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एकजनाको ज्यान गएको थियो भने देशभरी यस्ता हिस्रक घटना घटाएको सो समुह बिरुद्ध देशैभरी उजुरी छन् ।

    तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरु बिरुद्ध परेको मुद्धा अझै फिर्ता भएको छैन, जसकाकारण अदालतले समय समयमा नै उनीहरु बिरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।