Tag: नेपाल-भारत

  • भारतको ऋण सहयोगमा निर्माणाधीन परियोजनाका प्रगतिबारे छलफल

    भारतको ऋण सहयोगमा निर्माणाधीन परियोजनाका प्रगतिबारे छलफल

    काठमाडाैं । नवौं भारत–नेपाल एलओसी समीक्षा बैठक काठमाडौंमा सम्पन्न भएको छ।

    बैठकमा भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिको समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सुनिश्चितता र ‘लाइन अफ क्रोडिट’ (एलओसी) अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल गरिएको भारतीय दूतावासले जनाएको छ।

    बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सह–सचिव (विकास साझेदारी प्रशासन) श्रीधरण मधुसूधननले गरेका थिए । बैठकमा भारतीय दूतावास र एक्जिम बैंकका अधिकारीहरुको सहभागिता थियो ।

    त्यसैगरी नेपाली टोलीको नेतृत्व अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाखाका सह–सचिव ईश्वरी प्रसाद अर्यालले गरेका थिए। नेपाली टोलीमा भारतको एलओसी अन्तर्गतका परियोजनाको कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरुको सहभागिता थियो ।

    एलओसी समीक्षा बैठकको अघिल्लो दिन चैत १४ गते मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गत निर्माण भएका सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन भएको थियो। भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोग रहेको यस परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन् ।

    भारतको केपीटीएल लिमिटेड र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजना अन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिने जनाइएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सो परियोजनाको उद्घाटन गरेकी थिइन् ।

    बैठकको भोलिपल्ट चैत १६ गते एक्जिम बैंकले एक कार्यशालाको आयोजना ग¥यो। कार्यशालामा सह–सचिव मधुसूधननको मन्तव्य पश्चात एलओसी परियोजनाका ठेकेदार र परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरुबीच छलफल भयो।

    ३० विलियन अमेरिकी डलर भन्दा बढी भारत सरकारको ऋण सहयोग ६० भन्दा बढी साझेदार मुलुकहरुमा फैलिएको छ । २५० मिलियन अमेरिकी डलर, ५५० मिलियन अमेरिकी डलर, ७५० मिलियन अमेरिकी डलर सहित कूल १.६५ विलियन अमेरिकी डलर गरेर नेपालमा चारवटा एलओसी समाविष्ट छन् ।

    यी ऋण सहयोगहरु नेपाल सरकारले प्राथमिकतामा राखेका पूर्वाधार विकास परियोजना र भूकम्पपछिको पूनर्निर्माण परियोजनाको कार्यान्वयनमा खर्च भएका छन् ।

    ४० भन्दा बढी सडक परियोजना, जलविद्युत, प्रसारण लाइन र सिंचाईका अन्य ९ परियोजना तथा आवास र पुनर्निर्माण परियोजनाका लागि मात्रै यी एलओसीले वित्तिय सहयोग प्रदान गरेका छन् । केही प्रतिष्ठित र ठूला परियोजनाहरु सहित धेरै परियोजनाहरु यस अगावै सम्पन्न भइसकेका छन् ।

    कोशी करिडोर (२२० केभी), मोदी–लेखनाथ (१३२ केभी), सोलु करिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता ठूला परियोजनाहरु जस्ता भारत सरकारको ऋण सहयोगमा निर्माण भएका विद्युत प्रसारण पूर्वाधारले विशेष महत्व पाएको छ ।

  • भारतीय राजदूतावासले मनायाे ५७ औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य दिवस

    भारतीय राजदूतावासले मनायाे ५७ औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य दिवस

    काठमाडाैं । भारतीय राजदूतावासले मंगलबार काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएकाे छ ।

    उक्त दिवसमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गरी भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

    कार्यक्रम शिक्षा मन्त्री देवेन्द्र पौडेलकाे आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा विशेष अतिथिका रुपमा नेपालका प्रधानसेनापति महारथी प्रभुराम शर्मा रहेका थिए ।

    राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई उनीहरुले राष्ट्रप्रति गरेकाे उल्लेखनीय सेवा र उनीहरुले प्राप्त गरेकाे उपलब्धिको कदरसहित सम्मान गरेका थिए ।

    राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए । स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् ।

    त्यस्तै, विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ ।

    कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निर्वाध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको मन्त्री देवेन्द्र पौडेलले प्रशंशा गरेका थिए ।

  • प्रधानमन्त्री देउवाकाे भ्रमणले नेपाल-भारत सम्बन्धमा गतिशिलता देखिन्छ : प्रा.डा. लोकराज बराल

    प्रधानमन्त्री देउवाकाे भ्रमणले नेपाल-भारत सम्बन्धमा गतिशिलता देखिन्छ : प्रा.डा. लोकराज बराल

    काठमाडाैं । पराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालका लागि सुखद् हुने बताएका छन् । उनले प्रधानमन्त्री देउवाकाे भ्रमणले दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने विश्वास पनि व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्व सन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बरालले भारतसँगको नेपालको सम्बन्धमा गतिशिलता थपिने विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘अब दुई देशका प्रधानमन्त्रीबीच के-के कुराकानी हुने भन्ने कुरा त बाहिर नै आइसकेको छ, पूर्वाधार निर्माणको कुरा, विकास परियोजना, कृषि, व्यापारको कुरा छ, जलस्रोतको प्रयोगबारे आदि छलफल हुन्छ । नेपाल र भारतबीचको सम्बन्ध त इनफर्मल छ । त्यही भएर दुई प्रधानमन्त्रीबीच अनौपचारिक कुराकानी पनि हुनसक्छ । उहाँको भारत भ्रमण सफल होस भन्ने कामना छ । दुई देशबीच सहयोगात्मक सम्बन्ध हुनुपर्छ ।’

    उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा पनि राखे । उनले भने,‘प्रधानमन्त्री देउवाले अठोटका साथ एमसीसी पास गर्नुभयो । यो राम्रो काम गर्नुभयो । चिनियाँ विदेशमन्त्री भर्खरै नेपाल आउनुभयो, यो पनि राम्रो काम हो । उहाँ आँफै भारतीय प्रधानमन्त्रीको निम्तोमा भारत जाँदैहुनुहुन्छ । यो सरकारको विदेश सम्बन्ध राम्रो छ। अझै काम हेर्न बाँकी छ ।’

    डा. बरालले नेपाल–भारत सम्बन्ध भन्नेबित्तिकै यसका बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे । उनले भने,‘यसका संरचनागत सम्बन्ध कस्तो छ ? गतिशील सम्बन्ध कस्तो छ ? सम्भावनाहरु के हुन सक्छन् ? अनि घट्नाहरुले कसरी प्रभावित पार्न सक्छन् भनेरचाहीँ विभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । जहाँसम्म प्रधानमन्त्रीको भारत भ्रमणको कुरा छ, यसले कुनै संरचनागत सम्बन्धलाई असर गर्दैन्, सम्बन्धमा हामीले जुन मान्यता तय गरेका छौं, १९५० को सन्धि पनि छ, यो पनि एउटा सम्बन्धको संरचना हो, त्यसमा परिवर्तन हुने त्यस्तो केही पनि छैन्, नेपाल–भारत सम्बन्ध सन्धि नै नभए पनि उस्तै रहन्छ, खाली भारतले हामीले पाउँदै आएको सुविधा सन्धिबिना दियो भनेमात्रै है ।’

    भूगोलले पनि नेपालको परराष्ट्र नीतिलाई निर्धारण गरेको उनको भनाइ छ । उनले भने,‘भूगोल भनेको बोल्दैन । तर भूगोलचाहीँ के हो भने त्यो छ त्यहाँ, ठूलो ठूलो घट्नाक्रम भैरहन्छन्, तर भूगोल त जहाँको त्यहीँ छ नि । त्यसलाई परिवर्तन गर्न सकिँदैन् । मान्छेले भू–राजनीति, भू–राजनीति भन्छन्, सबै मुलुकको आफ्नो भू–राजनीति हुन्छ । हाम्रो परिवेशमा भू–राजनीति भनेको दुई वटा मुलुकको बीचमा बसेको मुलुक हो नेपाल, भूगोलले नै हाम्रा धेरै कुरा निर्धारण गर्दछ ।’

    उनले भारतसँगको सन्धि नै असमान छ र यसलाई परिवर्तन गर्नुपर्छ भन्नेहरु पनि प्रधानमन्त्री भएर आएको तर उनीहरुले परिवर्तन गर्न नसकेको सुनाए । उनले भने,‘नेपाल र भारतबीच जुन सम्बन्ध छ, यो अचम्मै खालको छ । संसारमा अरु मुलुकबीच यस्तो सम्बन्ध बहुत कम होला । हामीले जतिसुकै नाका उत्तरतिर खोलेपनि, भारतसँगको सम्बन्ध आफ्नै खालको हुन्छ । चीनसँगको सम्बन्ध पनि हाम्रो आफ्नै खालको हुन्छ । हरेक सम्बन्धलाई तुलना गर्न मिल्दैन ।’

    उनले पछिल्लो समय भारतसँगको नेपालको सम्बन्ध अलिकति चिसिएको जस्तो देखिएको पनि सुनाए । उनले भने,‘अब त्यसलाई गतिशिल बनाउनेमात्रै कुरा हो । अहिले प्रधानमन्त्री देउवाको भारत भ्रमण, यो सद्भावना यात्राजस्तै हो । भएका परियोजनाहरु जुन छन्, अगाडि नै सुरु गरेका कतिपय काम छन्, यसलाई कसरी समयमै बनाउने कुरा हो । अरु तात्विक नयाँ कुरा आउँछन् जस्तो लाग्दैन । मान्छेले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा उठाउँछन्, यो सबै हुन्छन् भन्ने होइन । यो धेरै लामो प्रक्रियाको हो । भारतका पनि आफ्नै बाध्यताहरु होलान् । सिमा विवादको कुरा, वार्ता सुरु गर्नु राम्रो हो ।’

    बरालले अब नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन स्वतः खारेज भएको सरह रहेको टिप्पणी गरे । उनले भने,‘पहिले सार्कको समयमा पनि इपिजी बनेको थियो । नेपाल–भारत सम्बन्धमा पनि इपिजी बनेको हो । भारतले इपिजीको प्रतिवेदन नुबझ्नु थियो भने यो समूह नै बनाउनुहुँदैन थियो भन्ने लाग्छ, अथवा प्रतिवेदन बुझेर राखेको भए पनि हुन्थ्यो । अब भारतले प्रतिवेदन नबुझेपछि कुटनीतिक भाषामा भन्ने हो भने यो ईपिजीको प्रतिवेदन स्वतः खारेज भएको बुझिन्छ। ईपिजीको प्रतिवेदनको कन्टेन्ट उसलाई चित्त बुझेन होला । यो त अनुमानको कुरा नै हो ।’

    उनले नेपाल–भारत सम्बन्धको कुरा गर्दा भारतले नेपाललाई दिने सहयोग बढाउनेजस्तो लागेको अनुमान सुनाए । तर, पैसामात्रै बढाएर नहुने भन्दै अहिले भएका परियोजना समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।

  • श्रीलंकामा औषधि अभावका कारण बिरामीको अप्रेसन हुन सकेन, भारतीय विदेशमन्त्रीले बढाए सहयोगको हात

    श्रीलंकामा औषधि अभावका कारण बिरामीको अप्रेसन हुन सकेन, भारतीय विदेशमन्त्रीले बढाए सहयोगको हात

    नयाँ दिल्ली । गहिरिँदो आर्थिक संकटबीच श्रीलंकामा औषधि अभाव भएको छ । औषधिको अभावमा पूर्वनिर्धारित शल्यक्रियाहरू प्रभावित भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    श्रीलंकामा ठूला सामुदायिक अस्पतालमध्येको एक पेरादेनिया शिक्षण अस्पतालले औषधि अभावका कारण आकश्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ ।

    अन्य अस्पतालमा पनि औषधिको अभाव देखिएका बेला भारतले सहयोगको हात अगाडि बढाएको छ । श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

    उनले औषधि अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेसँग परामर्श गरेका छन् । कोभिड १९ महामारीमा पनि दक्षिण एसियाली मुलुकमा खोप सहयोग गरेको भारतले अहिले श्रीलंकामा चिनियाँ ऋणले अर्थतन्त्रमा प्रभाव पर्दा आएको संकटको सामना गर्न मानवीयता र मित्र राष्ट्रको नाताले सहयोगको हात अगाडि बढाएको हो ।

    विदेशी मुद्रा सञ्चिति अभावका कारण श्रीलंकामा पछिल्लो समय विदेशबाट आवश्यक सामग्री ल्याउन नसक्दा कागज अभावमा विद्यार्थीहरुको परीक्षामसेत स्थगित भएको छ ।

  • तेस्रो कनेक्ट (इन) उद्यमशीलता सम्मेलन सम्पन्न

    तेस्रो कनेक्ट (इन) उद्यमशीलता सम्मेलन सम्पन्न

    काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को आयोजना गरेकाे छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो ।

    यो कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको हो । यस कार्यक्रमको सह–आयोजकमा Clockb Business Innovations हो भने अन्य प्रमुख साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडिटेक र टुटल समावेश छन् ।

    Connect [IN] ले भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याइ दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दत गर्दछ । भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सैयौँ समस्या भएता पनि हामीसँग तिनीहरुलाई समाधान गर्ने क्षमता एवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ । तीनवटा संस्करणहरु मार्फत Connect [IN] ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको छ ।

    नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कनेक्ट (इन) को तेस्रो संस्करणको उद्घाटन गरे । भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो ।

    ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कनक्लेभमा सहभागिता जनाएका थिए । कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरेर करिब चार सय जना लाभान्वित भए । अझ त्योभन्दा बढी संख्याले सो कार्यक्रम लाइभ स्ट्रिममार्फत हेरे ।

    हालको संस्करणमा Connect [IN] ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको थियो । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक इ–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो (Meesho) तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी Elucidata रहेका थिए ।

    नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप (F1Soft Group) तथा इ–कमर्श पोर्टल सस्तो डिल (Sastodeal) समावेश थिए ।

    कन्क्लेभमा तीनवटा टोली बनाइ सुरुवाती चरणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागत व्यापार व्यवसायमा प्रविधिको भूमिकालगायतका विषयमा केन्द्रीत भइ छलफल गरियो । याे छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी Yatra Angel Network र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी Credenc को सहभागीता थियो ।

    नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजनले सहभागीता जनाएका थिए । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुको पनि उपस्थिति थियो ।

    Connect [IN] प्रक्रिया : Connect [IN] कन्क्लेभका लागि वर्ष २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ को सञ्चालन गरिएको थियो । सो क्याम्पको सञ्चालन पश्चात ८० जना युवा उद्यमीहरुले Incubation र Mentorship Module का लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो ।

    प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् ।

    यसै वर्ष Connect[IN] कै हिस्सा अनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि ७ गतेसम्म ‘India@75 आइडियाथन’ को आयोजना गर्दैछ । हाम्रो दैनिक जीवनलाई प्रभाव पार्ने तथा दुवै देशका नीति निर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरु विरुद्ध प्रविधिमैत्री समाधान खोज्न नेपालका युवा वर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ । यी चार क्षेत्रहरु यस प्रकारका छन् : अन्तरदेशीय वाणिज्य, कृषिबजार, शहरी विकास, सुशासन ।

    काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु India@75 आइडियाथनका सहभागीका रुपमा रहनेछन् । तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् । प्रबुद्ध व्यक्तिहरुको एक निर्णायक मण्डलले २०७८ चैत्र ०६ गते विजेता टोली चयन गरी अवार्ड घोषणा गर्नेछ ।

    भारत र नेपालका युवा उद्यमीलाई अझ नजिक ल्याई आकांक्षा र महत्वकांक्षालाई उपलब्धिसँग जोडी भारत र नेपालमा आर्थिक उन्नति तथा विकासका नयाँ ढोका खोल्नु Connect [IN] को तेस्रो संस्करणको उद्देश्य रहेको छ ।

  • पर्यटन प्रवर्द्धनबारे बिहार र मधेस प्रदेश सरकारबीच छलफल

    पर्यटन प्रवर्द्धनबारे बिहार र मधेस प्रदेश सरकारबीच छलफल

    पर्सा । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले “बिहार सरकार र मधेस प्रदेश सरकारबीच पर्यटनको प्रवर्द्धन” शीर्षकमा छलफल गरेकाे छ । वीरगञ्जकाे भिसुवा हाेटलमा भएकाे छलफलमा द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्य राखिएकाे थियाे ।

    मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतोकाे प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएकाे थियाे ।

    पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए तथा छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राखेका थिए ।

    चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई वक्ताहरूले प्रकाश पारेका थिए । भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख पनि वक्ताहरुले गरेका थिए ।

    मधेस प्रदेश र विहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको थियो । सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा मन्त्रीले सहमति जनाएका थिए । उनले उठाइएका सवाल उचित रूपमा लिइएको र समस्याहरू समाधान गर्न उपयुक्त कदम चालिने पनि सहभागीहरूलाई आश्वासन दिए ।

  • भारतकाे सहयाेगमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन

    भारतकाे सहयाेगमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन

    काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा मोरङमा निर्माण गरिएको आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन भएकाे छ । मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले उक्त भवनकाे संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    ३ करोड ५१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

    नेपालमा रहेको यो नाट्य समूहले नेपाली रंगमञ्चको प्रवर्द्धनमा योगदान पुग्दै आएको छ र नेशनल स्कुल अफ ड्रामालगायत भारतका विभिन्न नाट्य समूहसँग सुमधुर सम्बन्ध कायम राखेको छ । नवनिर्मित संरचनाले आरोहण–गुरुकुल नाट्यशाला परिसरमा राम्रो वातावरण सिर्जना गर्नुका साथै मोरङ जिल्लामा नवीन तथा विशेष कार्य गर्न र शिक्षा–संस्कृति क्षेत्रको विकास गर्न मद्दत गर्नेछ ।

    सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये मोरङ जिल्लाका १५ वटा गरी प्रदेश १ मा ७८ वटा परियोजनाहरु रहेका छन् ।

    यसका अतिरिक्त भारत सरकारले विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयलाई २० वटा एम्बुलेन्स तथा ८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

  • तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) चैत ९ देखि काठमाडाैंमा

    तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) चैत ९ देखि काठमाडाैंमा

    काठमाडाैं । अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन)को तेस्रो संस्करण चैत्र ९ गते काठमाडौंमा सुरु हुन लागेकाे छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो ।

    यसै महोत्सव अन्तर्गत आउने वैशाखको ५ देखि ७ गते सम्म पहिलो पटक ‘India@75 आइडियाथन’ को आयोजना गर्न लागेकाे हाे । यो कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको हो ।

    यस कार्यक्रमको सह–आयोजकमा Clockb Business Innovations हो भने अन्य साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश छन् । यसका अघिल्ला दुई संस्करणहरुमा, Connect [IN] ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको थियो ।

    भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको छ ।

    हालको संस्करणमा Connect [IN] ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको छ । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो (Meesho) तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी Elucidata रहेका छन् । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप (F1Soft Group) तथा ई–कमर्श पोर्टल सस्तो डिल (Sastodeal) रहेका छन् ।

    कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चारणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागता व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत छलफल गरिनेछ ।

    छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी Yatra Angel Network र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी Credenc सहभागी हुनेछन् । नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन रहनेछन् । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुले पनि बोल्नेछन् ।

    Connect [IN] प्रक्रिया : Connect [IN] कन्क्लेभका लागि वर्ष २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ को संचालन गरिएको थियो । सो क्याम्पको सञ्चालन पश्चात् ८० जना युवा उद्यमीहरुले Incubation र Mentorship Module का लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, बिक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो ।

    प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् ।

    यसै वर्ष Connect [IN] कै हिस्सा अनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि वैशाख ७ गते सम्म ‘India@75 आइडियाथन’ को आयोजना गर्दैछ । हाम्रो दैनिक जीवनलाई प्रभाव पार्ने तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरुविरुद्ध प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ । यी चार क्षेत्रहरु यस प्रकारका छन् । १.अन्तरदेशीय वाणिज्य, २. कृषिबजार, ३. शहरी विकास, ४. सुशासन ।

    काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु India@75 आइडियाथनका सहभागीका रुपमा रहनेछन् । तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् । प्रबुद्ध व्यक्तिहरुको एक निर्णायक मण्डलले २०७८ चैत्र ०६ गते विजेता टोली चयन गरी अवार्ड घोषणा गर्नेछ ।

  • भारतकाे सहयाेगमा भाेजपुरमा महात्मा गान्धी मेमोरियल अस्पतालकाे उद्घाटन

    भारतकाे सहयाेगमा भाेजपुरमा महात्मा गान्धी मेमोरियल अस्पतालकाे उद्घाटन

    काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा महात्मा गान्धी मेमोरियल अस्पताल भवनकाे उद्घाटन गरिएकाे छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियो ।

    २ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

    यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्ने बताइएकाे छ ।

    १५ शै्याको क्षमता भएको यस अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवाप्रदान गर्न हेतु प्रसूति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।

    सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये भोजपुरका ४ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले भोजपुर जिल्लामा हालसम्म ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

    कार्यक्रममा खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् । मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरे ।

  • भारत-नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

    भारत-नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

    काठमाडाैं । भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएकाे छ । गएकाे २५ गते देखि २९ गतेसम्म बैठक बसेकाे थियाे ।

    भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा उक्त बैठक सम्पन्न भएकाे हाे । ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका छन् ।

    संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण पनि गरेकाे छ । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ ।

    समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गर्‍यो । २५ देखि २८ गते सम्म भएको स्थलगत भ्रमण पछि समितिको बैठक २९ गते काठमाडौंमा बसेकाे थियाे ।