Tag: नेपाल-भारत

  • भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

    भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्।

    मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै मोदीलाई बधाई एवं शुभकामना दिएका हुन्।

    उनले प्रधानमन्त्री मोदीसँगै भारतका जनतालाई पनि शुभकामना व्यक्त गरेका छन्।

    ‘भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु,’ उनले लेखेका छन्।

  • भारतकाे सहयाेगमा नेपालमा बन्ने चारवटा परियाेजनाका समझदारीपत्रमा हस्ताक्षर

    भारतकाे सहयाेगमा नेपालमा बन्ने चारवटा परियाेजनाका समझदारीपत्रमा हस्ताक्षर

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चा वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन सम्झौता भएको हो।

    भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। यी परियोजनाको अनुमानित लागत १७ करोड रूपैयाँ छ।

    दूतावासका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, दार्चुलाकै व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुरको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजनाका लागि सम्झौता भएको हो।

    यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने दूतावासले जनाएको छ।

    सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ।

    यीमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन्। बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा छन्।

    सबै परियोजनाको कुल लागत करिब १२ यस २० करोड (भारू ७ सय ६२ करोड) छ। यी परियोजना धेरैजसो सरकारको स्थानीय तहमार्फत कार्यान्वयन भएका हुन्।

  • प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे : केपी ओली

    प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

    शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताए । उनले अघि भने, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’

    तर नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको उनले बताए ।

    उनले अघि भने, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन ।’

    भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भन्दै ओलीले भने, ‘यस प्रसङ्गमा कसैले बोलोस्, अनि भारतलाई भनौँला भन्ने सोच हुनसक्छ ।’

  • भारतीय विदेशमन्त्रीको स्पष्टीकरण : ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशमा विवाद छैन

    भारतीय विदेशमन्त्रीको स्पष्टीकरण : ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशमा विवाद छैन

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा यस विषयमा विवाद नरहेको बताएका छन् ।

    भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै विरोध भइरहेको बेलामा भारतीय विदेशमन्त्री जयशंकरले यस विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको बताएका हुन् ।

    ‘छिमेकी मुलुकहरूले यो विषय बुझिसकेका भन्ने मलाई लागेको छ । यसमा कुनै ठूलो कुरा छैन’, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा जयशंकरले भने, ‘मलाई जानकारी भएसम्म उनीहरूले यो विषयलाई बुझिसकेका छन् । पाकिस्तानको विषय भने यसमा फरक छ ।’

    उनले यस मामलामा पाकिस्तानले बुझ्ने छ भन्ने आशासमेत नभएको बताए । ‘पाकिस्तानसँग हाम्रो विषय स्पष्ट छ । यो खाली सरकारको मात्रै होइन, पूरै देश र संसदको स्ट्यान्ड हो । यसमा परिवर्तन गर्ने सम्भावना छैन ।’

    बिहीबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन् ।

  • अशोका साम्राज्यको सम्मानमा संसद भवनमा मुरल नक्सा राखिएको हो : भारत

    अशोका साम्राज्यको सम्मानमा संसद भवनमा मुरल नक्सा राखिएको हो : भारत

    भारतीय संसद भवनमा नेपाल र पाकिस्तानसम्मको भूभाग समेटेर बनाइएको मुरल नक्सा सांस्कृतिक प्रतिक मात्र रहेको विदेश मन्त्रालयले बताएको छ ।

    विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बागचीले अशोक साम्राज्यको सम्माना स्वरूप मुरल नक्सा बनाइएको बताएका हुन् । ‘अशोक साम्राज्यका बखत उनको असल र जनउत्तरदायी शासनको सम्मानको स्वरूप मुरल नक्सा राखिएको हो,’ उनले नियमित पत्रकार सम्मेलनमा भनेका छन् ।

    मुरल नक्साबारे नेपाल र पाकिस्तानमा समेत विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्डले भारत भ्रमणका क्रममा यो विषय आफूले उठाएको दाबी गरेका थिए । त्यसबखत पनि उनलाई सांस्कृतिक प्रतिकका रूपमा राखिएको जवाफ आएको उनी स्वयंमले भारतमा बताएका थिए । ‘मैले मुरल नक्साबारे भारतीय पक्षसँग कुरा राख्दा यो साँस्कृतिक प्रतीक हो यसलाई अन्यथा नलिन आग्रह भयो,’ प्रचण्डले भारतमा भनेका थिए ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने नेपाली पक्षले यस विषय उठाएकोबारे आफुलाइ जानकारी नरहेको बताए । ‘मुरल नक्सा साँस्कृतिक प्रतीक हो । यो विषय नेपाली पक्षले आफ्नो भ्रमणको दौरान उठायो वा उठाएन भन्ने विषय मलाइ जानकारी छैन,’ मन्त्रालयका प्रवक्ता बागचीले भनेका छन् ।

    नक्सालाई लिएर नेपाल लगायत अन्य छिमेकी मुलुकमा भएका आन्दोलनबारे भारत सरकालाई कुनै औचारिक जानकारी नआएको विदेश मन्त्रालयको जिकिर छ ।

    चक्रवर्ती सम्राटका रूपमा परिचित अशोकाले आफ्नो साम्राज्य बंगलादेशदेखि अफगानिस्तानसम्म फैलाएका थिए । उनी बौद्ध धर्मका अनुयायी समेत थिए । उनको वंश मौरेयनले इरानदेखि भारतीय उपमहाद्वीपसम्म आफ्नो साम्राज्य विस्तार गरेको थियो ।

    बाैद्ध धर्मका अनुयायी उनले बुद्धको स्मृतिमा लुम्बिनीमा अशोक स्तम्भ खडा गरेका थिए ।

  • भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता, राज्यमन्त्री लेखीले गरिन् बिदाइ

    भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता, राज्यमन्त्री लेखीले गरिन् बिदाइ

    काठमाडाैं । भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली नेपाल फर्किन लागेकाे छ ।

    भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रायलका राज्यमन्त्री मिनाक्षी लेखीले प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई बिदाइ गरेकी हुन् ।

    राज्यमन्त्री लेखीले नै प्रधानमन्त्री प्रचण्ड लगायतलाई स्वागत गरेकी थिइन्।

    प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ६ बजे अवतरण गर्ने सचिवालयले जनाएको छ।

    जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थि‍ए ।

    उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन् ।

  • भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता भएको छ ।

    भेटका क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

    आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

  • नेपालले पनि आफ्नो संसद भवनमा ‘ग्रेटर नेपाल’ नक्सा राख्नुपर्छ : सिमाविद् श्रेष्ठ

    नेपालले पनि आफ्नो संसद भवनमा ‘ग्रेटर नेपाल’ नक्सा राख्नुपर्छ : सिमाविद् श्रेष्ठ

    काठमाडौं । सिमाविद् वुद्धि नारायण श्रेष्ठले, भारतले आफ्नो संसद भवनमा राखेको नेपाली भूमिसहितको नक्सा नहटाए नेपालले पनि नेपालको संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने तर्क गरेका छन् ।

    बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतले आफ्नो नक्सामा नेपालको विराटनगर, लुम्बिनी र कपिलबस्तुलाई राख्नु रणनीतिक चाल हुनसक्ने भन्दै नेपालले पनि त्यसलाई त्यसै अनुसार जवाफ दिन जरुरी रहेको बताए । उनले भने ‘भविश्यको रणनीति हो की हिजोको कुरा दर्साउन खोजेको हो त्योबारे सचेत हुनुपर्छ ।’

    त्यस्तै उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सिमा विवादको विषय उठाउनै नसक्ने ठोकुवा गरे ।

    विश्वमा नै कुनै देशको सरकार प्रमुख अर्को छिमेकी देशमा भ्रमणको लागि जादा त्यसअघि नै छलफलका एजेण्डा पारित हुनुपर्ने नियम भएको स्मरणगर्दै उनले यसपटक प्रधानमन्त्रीको भ्रमणमा यो विषय एजेण्डा मै नभएको उनको जिकिर छ ।

    उनले भने ‘दुई देशका प्रतिनिधि मण्डलका सिमा मामिलामा कुनै छलफलको कुनै एजेण्डा नै छैन् । विश्वमा चलिआएको कुनै देशको सरकार प्रमुख अर्को छिमेकी देशमा भ्रमणको लागि जाने छ भने ,छलफल गर्ने बुदाँ पहिले एजेण्डा पारित हुनुपर्छ । प्रधानमन्त्रीले जताततै भन्नु भएको छ सिमा विवादको कुरा उठाउँछु भनेर तर उहाँको एजेण्डामा नै छैन।’

    प्रधानमन्त्री प्रचण्डले नेपाल तर्फबाट एजेण्डा लिएर जान नसक्नु नै कमजोरी भएको उनको तर्क छ । नेपालको अस्तित्व भारतको छायाँमा पर्दै जानु दुखद भएको उनले बताए ।

  • प्रचण्डले दिए माेदीलाई नेपाल भ्रमणकाे निम्ताे

    प्रचण्डले दिए माेदीलाई नेपाल भ्रमणकाे निम्ताे

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

    भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको उनले बताउँदै उनले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने उनले बताए।

    दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले चाँडै बंगलादेशसम्म बिजुली निर्यातका लागि त्रिपक्षीय सहमति हुने बताएका थिए।

    अरुण, भारतीय बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात, ४८० मेगावाटको फुकोट कर्णाली, पञ्चेश्वर बहुद्देश्यीय आयोजना, पेट्रोलियम पाइपलाइन, सीमा समाधानलगायत विविध विषयमा सहमति भएको उनले बताएका थिए।

  • नेपाल–भारतकाे सम्बन्ध हिमालजस्तै उच्च, सीमालगायतका समस्या समाधान हुन्छ : भारतीय प्रधानमन्त्री

    नेपाल–भारतकाे सम्बन्ध हिमालजस्तै उच्च, सीमालगायतका समस्या समाधान हुन्छ : भारतीय प्रधानमन्त्री

    काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको र सीमालगायत अन्य समस्या समाधान छिट्टै समाधान गरिने बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनमा मोदीले यस्ताे बताएका हुन् ।

    मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगती भएको, रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइनलगायत थुप्रै काम गरेको बताए ।

    भविष्यमा आफ्नो पर्टनरसीपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताउँदै नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी पनि उनले दिए ।

    क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनकाे छ ।

    त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै उनले फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए ।

    अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनीसम्म पुर्‍याएकाे बताएका उनले झापा सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए ।