Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो : प्रचण्ड

    हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको वास्तविकता जनताले नबुझ्दा आफू खिन्न हुनुपरेको बताएका छन् ।

    चितवनमा बिहीबार संयुक्त सभालाई सम्बोधन गर्दै संसद विघटन देखि पार्टी विभाजनसम्ममा ओली पराजित भएको उनले बताएका हुन् ।

    ‘हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा तपाईँले नबुझेको सुन्न पर्दा खिन्न महसुस भएको छ ।’

    उनले ‘लकिरको फकिर’ भएर लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले गठबन्धनको विरोध गरिरहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई इङ्गीत गर्दै भने, ‘विधि, पार्टी र पद्धती बाहिर गएर कोही व्यत्ति विर पनि हुने स्थित अहिले नेपालमा छैन ।’

    सम्बोधनका क्रममा उनले सहमति सहकार्य र एकता आजको पनि आवश्यकता रहेको जनाए । गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भएका दाबी उनले गरे ।

    ‘हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ । तपाईँको साथ सहयोग भयो भने, उत्प्रेरणा भयो भने यो गठबन्धन दशकौं जान्छ । यो स्वभाविक र प्राकृतिक गठबन्धन हो,’ अध्यक्ष प्रचण्डले भने ।

  • कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी- हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ

    कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी- हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।

    गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् ।

    कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।

    ‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने ।

    रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।

  • चितवनमा संयुक्त सभालाई सम्बोधन गर्दौ प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन

    चितवनमा संयुक्त सभालाई सम्बोधन गर्दौ प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधन गरेका छन् ।

    सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका छन् ।

    नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दाली प्रयोग गरे ।

    ‘आदरणीय जनसमुदाय लाल सलामा र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भने ।

    लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उनले गरे । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उनले बताए ।

  • चितवन संयुक्त सभामा कांग्रेस नेताहरूकाे आशंका : प्रचण्डले फेरि धोका दिने पो हुन् कि !

    चितवन संयुक्त सभामा कांग्रेस नेताहरूकाे आशंका : प्रचण्डले फेरि धोका दिने पो हुन् कि !

    चितवन । भरतपुर महानगरपालिका उम्मेदवारहरूका लागि पाँच दलीय गठबन्धनले चुनावी सभा आयोजना गर्‍यो । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।

    सभामा नेपाली कांग्रेसका नेताहरूको बाहुल्यता छ । जसमा बोल्ने अधिकांश कांग्रेस नेताहरूको चिन्ता एउटै थियो- प्रचण्डले फेरि धोका पो दिने हुन् कि !

    उनीहरूको चिन्ताको विषय किन भयो ? त्यसका लागि २०७४ सालको स्थानीय तह निर्वाचनतर्फ जानुपर्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जहाँ माओवादीबाट रेणु दाहालले मेयर जितिन् भने उपमेयरमा कांग्रेसबाट पार्वती केसी विजयी भइन् ।

    स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गर्नुका साथै पार्टी एकता नै गराए । जसले गर्दा कांग्रेस त्यही बेलादेखि माओवादीसँग सशंकित हुन थालेको हो ।

    जुन कुराको आशंका कांग्रेस चितवनका नेताहरूले संयुक्त चुनावी सभामा पनि व्यक्त गरे । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले प्रचण्डलाई धोका नदिन आग्रह गरे । चुनावी सभामा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम, धोका दिने काम नहोस् । जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

    उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने बताए । कांग्रेस चितवनले जसरी पनि रेणुलाई जिताउने भन्दै माओवादीले धोका दिन नहुने उनको भनाइ थियो ।

    त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । गठबन्धनका नेताहरूले गठबन्धनको निरन्तरता हुने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताए । विगतमा कांग्रेस चितवनलाई धोका दिएको स्मरण गराउँदै उनले निरन्तरता हुने प्रतिज्ञा मागेका हुन् ।
    चुनावका लागि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताए ।

    ‘नेताज्यूहरुले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गर्नुपर्‍यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन् । तपाईंहरूले यो गठबन्धन निरन्तर लाने प्रतिज्ञा गर्नुस् । हामी तलका कार्यकर्ता तपाईंहरुको पछि पछि लाग्छौं,’ उनले भने ।

  • गठबन्धन एकताबद्ध छ, भरतपुरमा चुनाव जित्न असहज छैन : अध्यक्ष प्रचण्ड

    गठबन्धन एकताबद्ध छ, भरतपुरमा चुनाव जित्न असहज छैन : अध्यक्ष प्रचण्ड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् ।

    भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गरी उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको जानकारी दिए ।

    अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको पनि बताए । उनले भने, ‘निर्वाचन जित्न असहज छैन ।’ भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । गठबन्धनले बिहीबार चुनावी सभा आयोजना गरेकाे छ ।

    सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।

  • देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ : प्रचण्ड

    देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही वैशाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताए ।

    प्रचण्डले अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै मत दिएर जिताउन पनि आम मतदातालाई अपिल पनि गरे । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग स्थानीय तह निर्वाचनका केन्द्रीत रहेर गरिएको कुराकानी–

    अध्यक्ष प्रचण्ड, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोश्रोपटक देशैभरका ७ सय ५३ पालिकामा एकै चरणमा स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ, निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ?

    सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुुस गरेको छु । यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर यसपटकको निर्वाचन महत्वपूर्ण छ । किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी, समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरु जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा प¥यो । हामी सबैलाई थाहा छ, प्रतिगमन विरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।

    अहिले पनि दुइटा गठबन्धन जस्तो भएको छ, दुइटा मोर्चा जस्तो भएको छ यसपटकको निर्वाचनमा । एकातिर संविधानका मूलभूत विशेषता र मान्यतालाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र त्यस किसिमको मोर्चा अगाडि आएको छ भने अर्कोतिर प्रतिगमनविरोधी आन्दोलनको क्रममा लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रको रक्षा गर्ने भनेर गठबन्धन बन्यो– वाम लोकतान्त्रिक गठबन्धन । यी दुई गठबन्धन आमनेसामने छन् । त्यसकारण यो पटकको निर्वाचनको मूलभूत विशेषता संविधानका उपलब्धिहरुलाई रक्षा गर्ने र अझ परिमार्जन गर्ने एउटा विचार, प्रवृत्ति । अर्कोतिर, यो संविधानलाई उल्ट्याउन खोज्ने र देशलाई कही न कही पछाडि धकेल्न खोज्ने प्रवृत्ति अर्कोतिर भएर चुनाव भइरहेको छ । बीचमा अरुहरु जो साना पार्टीहरु छन्, तिनीहरुको खासै यसमा तात्विक भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण एउटा प्रतिगमनकारी र अर्को अग्रगमनकारी बीचको संघर्ष नै यसपटकको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनसम्म पुग्दा पनि यही दुइटा प्रवृत्ति र दुइटा मोर्चाकै बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ ।

    अब निर्वाचनको दिन आउन १० दिन मात्रै बाँकी छ, तपाई माओवादी केन्द्रको अध्यक्ष र सत्तारुढ गठबन्धनको प्रमुख नेताको हैसियतले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने सम्भावना कति देख्नुभएको छ ?

    हामीले जहाँ जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएको हुनाले मलाई लाग्छ, गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।

    अहिलेसम्म नेपालमा जुन परिवर्तनका एजेण्डाहरु छन्, त्यसको सूत्राधार माओवादी केन्द्र र त्यसको नेतृत्व तपाईलाई जान्छ । तर, निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा माओवादीले जसको नीति उसको नेतृत्व भन्यो तर नेतृत्व त छोडियो भन्ने आलोचना छ नि ? यो नारा कसरी कार्यान्वयन हुन्छ ?

    यो विषय अलि गम्भीर र संवेदनशील विषय छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्धाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ । तपाई हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ ।

    जहाँसम्म तपाईंले संख्या इत्यादिको कुरा गर्नुभयो भने त्यो तथ्याङ्क हिजो ०७४ को चुनावलाई पनि ध्यान दिने, अरु पनि ध्यान दिने धेरै धेरै कारणले काम गरेका छन् । त्यसकारण कहिलेकाँही हामीले नै प्रस्तावित गरेर तपाईं प्रधानमन्त्री हुनुपर्‍यो भनेर नेपाली कांग्रेसलाई भन्यौँ । संख्यामा पनि हामीले भनेका छौं । त्यसकारण यो समग्र प्रक्रियाको नेतृत्व माओवादीले नै गरिराखेको छ । तपाईंले मलाई भन्नुभयो, म माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको र यी सबै प्रक्रियाको नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

    संख्याको कुरा गर्दा अघिल्लो निर्वाचनमा ७५३ तहमध्ये १०६ स्थानमा माओवादीले प्रमुख स्थान विजय गरेको थियो, यसपटक त्यो संख्या कति जति बढ्ला जस्तो लाग्छ ?

    मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाई के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरें, पहिलाको जति छ, त्यो भन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ । त्यो कुरा पक्का हो ।

    अघिल्लो चुनावमा माओवादी एमालेसँग मिलेर वाम एकता भनेर आयो र अहिले फेरि कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भनेर आयोे । माओवादी एक्लैले आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ?

    त्यस्तो होइन । त्यसो भन्यो भने त कोही पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यो ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? तपाईको प्रश्नअनुसार त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ, एमाले शुरु शुरुमा भन्ने गथ्र्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८÷९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । काँग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न प¥यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

    अर्को कुरा, गठबन्धन फेरि कुन विचारको आधारमा, कुन राजनीतिक एजेण्डाको आधारमा भन्ने हो । अहिले मैले हेर्दा जो शान्ति सम्झौताका पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । हिजो १२ बुँदे समझदारीदेखिका यात्रीहरु बीचको गठबन्धन वैज्ञानिक, स्वभाविक र गतिशील गठबन्धन हो । त्यसको विरुद्ध जाने गठबन्धन प्रतिगमनतिर जाने गठबन्धन हो । त्यसकारण यहाँ माओवादी मात्रै एक्लै आँट नगरेको भन्ने होइन । एक्लै त कसैले आँट गर्ने स्थिति छैन अहिले देशको । हामीले भनेका छौं यदि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने हो भने यो स्थिति हुँदैन । सबै आ–आफ्नो शक्ति अनुसार लड्ने अनि त्यसपछि जति मत पाइन्छ, त्यहीँ मतभार अनुसार भागबण्डा हुन्थ्यो । त्यस्तो अहिले छैन । हाम्रो संविधान र निर्वाचन प्रणालीले नै पार्टीहरुलाई गठबन्धनमा जाने र गठबन्धनको आधारमा विचार र मुद्धा स्थापित गर्न प्रेरित ग¥या छ । यसकारण यो सवाल माओवादी केन्द्रसँग मात्र होइन, सबै देशका राजनीतिक दलसँग हो ।

    यो स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई थप सुदृढ गर्छ भन्ने विश्वास छ ?

    मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ । यो निर्वाचनबाट पहिले भन्दा गुणात्मक रुपले प्रगतिमा हामी हुनेछौं भन्ने विश्वास छ ।

    माओवादीका इमान्दार कार्यकर्ताले निर्वाचनमा अवसर नपाएको भनेर कतिपय स्थानमा बागी उमेदवारी पनि हालेको देखिन्छ । यसले निर्वाचनको परिणाममा कस्तो असर पुर्‍याउला ?

    पहिलो कुरा माओवादी केन्द्रबाट सबैभन्दा कम बागी उम्मेदवार उठेका छन् । एकाध ठाउँमा त्यस्तो देखियो । यदाकदा कुनै ठाउँमा उठेका छन्, जति उठेका थिए अधिकांशले त पार्टीले भनेपछि उमेदवारी फिर्ता पनि गरिसक्नुभएको छ । जति बाँकी हुनुहुन्छ ती साथीहरु पनि पार्टीको नीतिभन्दा बाहिर जाने देखिँदैन । त्यसमा पनि पार्टीले फेरि आग्रह गरेको छ, नभए विधानबमोजिम कार्वाही गर्छ ।

    अर्को कुरा सिस्टम भित्र छिरेपछि अलि अलि त्यसको विकृतिको रंग लाग्ने त हुुँदो रहेछ । यन्त्रभित्र छिरेपछि त्यही अनुसार हुने, त्यस्तो हुने त देखियो । तर माओवादी केन्द्र नै अहिलेसम्म त्यस्तो पार्टी हो जो सबैभन्दा बढी अनुशासित छ । सबैभन्दा बढी पार्टीको नीति, विचार, योजना र कार्यक्रमप्रति प्रतिवद्ध छ ।

    माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणापत्र जारी नगरी स्थानीय चुनावमा गयो भनेर केही आलोचना र टिप्पणीहरु भएका छन्, किन त्यसो गर्नुभयो, के भन्नुहुन्छ ?

    घोषणापत्र भने पनि, प्रतिवद्धता पत्र भने पनि अपील भने पनि पहिलो पटक प्रकाशित गर्ने पार्टी माओवादी केन्द्र नै हो । हामीले के ग¥यौं भने केन्द्रीय समितिबाट चुनावी घोषणापत्र पालिका स्तरमा बनाउने र केन्द्रबाट अपिल प्रकाशित गर्ने निर्णय ग¥यौं । केन्द्रबाट जारी अपिल नै स्थानीय तवरमा घोषणापत्र बनाउनको लागि निर्देशिका हुन्छ भनियो । त्यही अपिल अनुसार नै घोषणापत्र बन्छन् भनेर भनेको हो । सबैले बनाएका पनि छन् र बनाउँदै गएका पनि छन् । त्यसकारण जनताको नाममा केन्द्रीय स्तरबाट अपिल गर्ने, प्रतिवद्धता व्यक्त गर्ने पार्टी माओवादी केन्द्र नै हो यसमा कुनै द्धिविधा हुनुपर्ने वा भ्रमित हुनुपर्ने कुनै कारण छैन ।

    घोषणापत्र बनाउन कुन ठूलो कुरा थियो र हामीलाई । अरु पार्टीहरु घोषणापत्र बनाउने जनतालाई झुक्याउन अनेक हावा कुरा लेख्ने गरेका छन् । हामी त्यसो गर्न चाहँदैनौं । हामी स्थानीय तहको निर्वाचन भएको कारणले स्थानीय मुद्धाहरु नै घोषणापत्रमा समावेश गर्नुपर्छ र स्थानीय समस्या र अन्तरविरोधहरु हल गर्ने घोषणापत्र बनाउनुपर्छ भन्ने मान्यतामा छौं । जनताका आवश्यकता, समस्या र भावना समेटिएका यथार्थवादी घोषणापत्र सबै पालिकाले निकालुन् र केन्द्रबाट मार्गनिर्देशन गरोस् भनेर जानीबुझीकन नै अपिल प्रकाशित गरिएको हो ।

    गठबन्धनको कारणले गर्दा संविधानमा व्यवस्था गरिएको महिला प्रतिनिधित्व घट्यो भन्ने कुरा आइरहेको छ, के भन्नुहुन्छ ?

    प्राविधिक रुपले तपाईले भन्नुभएको कुरा र आएका टिप्पणी साँचो कुरा हो । किनभने निर्वाचन सम्बन्धी कानुनमा उम्मेदवारी दिँदा एउटै पार्टीबाट भएमा एक पदमा महिला अनिवार्य भन्नेछ तर गठबन्धन गर्दा वा फरक पार्टीको हकमा पनि एउटा पदमा महिला अनिवार्य भन्ने व्यवस्था गरेको छैन । गठबन्धनको कारणले कानुनतः महिलाको प्रतिनिधित्व कम हुने खतरा भएकै हो । हुँदो रहेछ । हामीले गठबन्धनमा छलफल गर्दा सकेसम्म महिलाको संख्या घट्न दिनु हुँदैन भनेर भनियो । अलग–अलग पार्टीबाट उम्मेदवारी दिँदा पनि एउटा पार्टीबाट पुरुष र अर्को पार्टीबाट महिला दिने व्यवस्था गरौं भनेर छलफल गरियो, मिलाउन कोशिस पनि गरियो तर गर्दा गर्दै पनि भनेजस्तो हुन सकेन । अझै भएको जस्तो लागेन ।

    हाम्रो पार्टीको हकमा त केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर नै गरेर निर्देशन गरियो कि सबैतिर महिलालाई प्राथमिकता दिनुप¥यो, पालिकाको हकमा जिल्लामा कम्तिमा एउटा पालिका प्रमुख बनाउनु प¥यो र प्रत्येक पालिकामा कम्तीमा एउटा वडामा महिलाको नेतृत्व दिनुपर्‍यो भनिएको थियो । हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ, त्यही अनुसार निर्वाचनमा पनि सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ । हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याई वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो । त्यसो हुनुमा पनि नियतमा होइन, प्राविधिक वा कानुनी रुपले त्यस्तो परेको हो । मलाई लाग्छ, यो कानुन नै बदलेर दुइमध्ये एक पदमा महिला अनिवार्य हुनै पर्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । त्यसो गरेर मात्रै महिलाको प्रतिनिधित्व अझ बढाउन सकिन्छ ।

    देशका ६ वटा महानगर र ११ उपमहानगर र विशेष गरी भरतपुर जहाँ नेपाली काँग्रेसका पुराना नेता बागीको रुपमा उठेको पनि देखिएको छ । यस्तो अवस्थामा उम्मेदवारहरुको विजयको सुनिश्चितता कसरी गर्न सक्नुहुन्छ ?

    ६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँवायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध वागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध वागीले त्यसको मुलभूत परिणाममा कुनै असर पार्दैन ।

    देशभर स्थानीय तहको निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारहरुलाई के भन्न चाहनुहुन्छ ?

    म फेरि पनि के भन्न चाहन्छु भने देश यति लामो राजनीतिक प्रक्रियाबाट गुज्रिएर संविधान कार्यान्वयनको क्रममा दोश्रो पटक स्थानीय निर्वाचनमा हेलिएको छ । होमिएको छ । हामी सबैको उद्धेश्य हुनुपर्छ यो निर्वाचनबाट राष्ट्रको एकतालाई खँदिलो र मजबुत बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ वलियो बनाउने, संविधानका सकारात्मक सबै परिवर्तनको उपलब्धिको रक्षा गर्ने र यसलाई अझ परिमार्जन र परिस्कृतको लागि वातावरण बनाउने । त्यसैगरी स्थानीय तहमा प्राकृतिक साधन श्रोत र मानवीय श्रोत सबैको सदुपयोग गरेर स्थानीय तहलाई नै भावी समाजवादको राज्यको भ्रुणको रुपमा विकास गर्ने । यो उद्धेश्य सबै दलको हुनुपर्छ । हामी संविधान मान्छौं भनेर प्रतिवद्धता गरेरका र हस्ताक्षर गरेका सबै पार्टीको दायित्व हुन आउँछ, स्थानीय तहको निर्वाचनमा संविधानले निर्दिष्ट गरेअनुसार समाजवादउन्मुख राज्यका भ्रुणहरु स्थानीय तहबाटै बन्ने हो । संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा परिभाषित गरेको छ र त्यसलाई त्यसरी नै अधिकारहरुको प्रत्यायोजन पनि गरिएको छ । त्यसकारण प्राकृतिक साधन श्रोतको सदुपयोगदेखि त्यसको सञ्चालन, संरक्षण र विकास साथै समुदायको हक अधिकारलाई अझ बढी सुदृढ गर्ने र विकासको एउटा नयाँ गति जगैदेखि पैदा गर्ने, जनताको आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी सबै विषयमा ध्यान केन्द्रीत गर्ने र अघि भनेजस्तै भावी समाजवादको भ्रुणको रुपमा एउटा आधारशीला निर्माणको रुपमा यो निर्वाचनलाई लिनुपर्दछ त्यसैले म सबै उमेदवार साथीहरुलाई यहि भूमिका पूरा गर्न दृढतापुर्वक उत्साहको साथ अघि बढ्न र निर्वाचन सफल बनाउन अपिल गर्दछु ।

    तपाई गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पनि हुनुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा प्रमुख भूमिका खेल्नुभएको नेता पनि तपाई हो । अहिले स्थानीय तहको निर्वाचनको अवसरमा सहभागी हुने मतदाताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?

    मलाई लाग्छ नेपाली मतदाताहरु, आम नेपाली जनताले देशको राजनीतिक उतारचढाव, घुम्ती मोडहरु सबै अनुभव गर्नुभएको छ । बुझ्नुभएको छ । यो राष्ट्रलाई अप्ठ्यारो परेको बेला कसले बचाएको छ, कुन पार्टीले कुन नेतृत्वले भन्ने कुरा पनि गएको १५÷२० वर्षको अवधिमा जनताले नजीकबाट अनुभुत गरेको छ भन्ने मलाई विश्वास छ ।

    त्यसकारण आम मतदाता जो स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ, उहाँहरुलाई मैले गर्ने अपिल के हो भने यो परिवर्तनको रक्षा गर्ने र सुदृढ गर्ने एउटा विचार, प्रवृत्ति र नेतृत्व छ भने अर्कोतर्फ एउटा यसलाई परिवर्तनलाई नरुचाउने र फर्केर पुरानै प्रवृत्तितिर लैजान खोज्ने, पुरानै निरंकुशता, पुरानै अराजकतातिर जान खोज्ने एउटा विचार प्रवृत्ति र नेतृत्व छ । आम नेपाली मतदाताले इतिहासको यो विन्दुमा उभिएर यो परिवर्तनको रक्षा गर्ने जसमा नेपाली जनताका हजारौं छोराछोरीहरुले बलिदान दिनुभएको छ । यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, हजारौं बेपत्ता हुनुभएको छ्, हजारौं घाइते अपांग हुनुभएको छ । र, लाखौं करोडौं यसमा सहभागी हुनुभएको छ त्यसकारण यसको पक्षमा को छ र को छैन, को यसलाई रक्षा सुदृढ गर्न चाहन्छ र को यसलाई भत्काउन र सिध्यान खोजेको छ यसलाई गहिरोसँग विचार गरी कसैको लोभ, लालच, दवाव, धम्की, प्रलोभन आदिको पछाडि नलागिकन आफ्नो अन्तरआत्माको आवाज व्यक्त गरेर कसले राष्ट्र र जनतालाई एकतावद्ध पार्न खोजेको छ, कसले जनताको सेवा गर्न खोजेको छ भन्ने कुरालाई विचार गरेर मतदान गर्न म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।

  • एमाले भन्दैमा सबै खराब छैनन्, त्यहाँ पनि राम्रा कम्युनिस्ट छन् : अध्यक्ष प्रचण्ड

    एमाले भन्दैमा सबै खराब छैनन्, त्यहाँ पनि राम्रा कम्युनिस्ट छन् : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताएका छन् ।

    पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताए ।

    ‘नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता/कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्,’ अध्यक्ष प्रचण्डले भने ।

    एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले जनाए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दरा कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनले बताए ।

    ‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमान्दार कम्युन्सिट जुन साँच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरुलाई गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।

  • प्रतिगमन तत्कालका लागि पराजित भयाे, तर खतरा अन्त्य भएको छैन : प्रचण्ड

    प्रतिगमन तत्कालका लागि पराजित भयाे, तर खतरा अन्त्य भएको छैन : प्रचण्ड

    काठमाडाैं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् ।

    भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गरी प्रचण्डले भनेका छन्, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍याे । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन ।’

    उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीको रक्षासहित समाजवादको आधार तयार पार्नु कम्युनिस्टको ऐतिहासिक जिम्मेवारी हुन आएको बताएका छन् ।

    प्रचण्डले आसन्न स्थानीय तहकाे निर्वाचनमा वाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पनि अपील गरेका छन् । ‘प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम-लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ,’ उनले भनेका छन्, ‘यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।’

  • भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौँ, काठमाडाैं भए पनि हुन्छ : प्रचण्ड

    भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौँ, काठमाडाैं भए पनि हुन्छ : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

    पेरिसडाँडामा साेमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौं भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं ।’

    प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी पनि दिएका छन् ।

    ‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’

    भागबन्डाका विषयमा सोमबार नै सहमति हुने प्रचण्डले जानकारी दिए । सोमबार बिहान बसेको गठबन्धन बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ ।

  • गठबन्धनबारे भोलिसम्म टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

    गठबन्धनबारे भोलिसम्म टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् ।

    भरतपुर विमानस्थलमा शनिबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उहाँले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’

    निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए । पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी पनि दिए ।

    उनले भने ‘केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।’ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनकाे भनाइ थियाे ।