Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्नेछु : प्रधानमन्त्री

    जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्नेछु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकाल जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्ने बताएका छन्।

    शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल चेतावनी सहितको अवसर रहेको बताएका छन्।

    प्रतिनिधि सभाको परिणामले अहंकार देखाउने छुट कसैलाई नदिएको उनले बताए।

  • संसदमा प्रचण्डले पाए ‘अभूतपूर्व समर्थन’

    संसदमा प्रचण्डले पाए ‘अभूतपूर्व समर्थन’

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

    विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे ।

    नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका छन् ।

    उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।

    विश्वासको मतको विपक्षमा २ सांसदले मत दिएका छन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।

    १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिए ।

    एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

  • प्रधानमन्त्री प्रचण्डले मागे विश्वासकाे मत

    प्रधानमन्त्री प्रचण्डले मागे विश्वासकाे मत

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासकाे मत मागेका छन् ।

    यसपटक फरक संकल्पकासाथ आफूले विश्वासकाे मत मागेकाे उनले बताएका छन् । उनले यसपटक प्रधानमन्त्री बनेर जनताले फरक अनुभूति गर्न पाउने दाबी पनि गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताए ।

    यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताए।

    देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।

    प्रचण्डले भने, ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन । सबै मिल्नुको विकल्प छैन । राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ ।’

  • संसदमा प्रचण्डकाे लिखित भाषण : समस्या केलाएर बस्ने छैनाैँ, समाधानकाे सूत्र खाेज्ने छाैँ

    संसदमा प्रचण्डकाे लिखित भाषण : समस्या केलाएर बस्ने छैनाैँ, समाधानकाे सूत्र खाेज्ने छाैँ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाकाे पहिलाे बैठकमा लिखित भाषण गरेका छन् । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताए ।

    उनले भने, ‘हामी सुशासन दिन सक्छौँ या सक्दैनौँ । जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ या सक्दैनौँ । यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो ।’

    उनले विविधताको फुलवारी जस्तो संसद रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह पनि गरे ।

    प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरुले प्रतिनिधित्व गर्ने भएकोले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको उनकाे भनाइ थियाे ।

    उनले आफू जनताकाे निगरानीमा रहेकाे पनि बताए । उनले भने, ‘जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।’

    हजारौं शहीद, वेपत्ता, जेलनेल सहेका र घाइते अपांग नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट समावेशी संसद बन्न सफल भएकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद बनेको खुसी व्यक्त गरे ।

    उनले भने, ‘विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधामिक र बहुभौगौलिक विशेषता भएको यो देशमा विविधताका सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा गर्‍याैँ भने विभाजनतिर जान्छौँ ।’

    फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भएपनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जाेड दिए । ‘मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौँ ।’ उनले भने, ‘भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरु केलाएर बस्ने छूट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।’

    सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उनले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनाका ठाउँमा आशा र उत्साह जगाउनु पर्ने बताए । ‘राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नु छ । विभेद र बहिस्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ ।’ उनले भने, ‘आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।’

    व्यवस्थापकीय संसद सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गरे । ‘कम्तीमा मेरो प्रयास र अपेक्षा यही हुनेछ ।’ अन्तिममा उनले भने, ‘यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यहरुलाई फेरि एकपटक बधाई दिँदै बिदा हुन्छु ।’

  • माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्री प्रचण्डकाे छलफल, ‘सकारात्मक’ भएकाे प्रतिक्रिया

    माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्री प्रचण्डकाे छलफल, ‘सकारात्मक’ भएकाे प्रतिक्रिया

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भेटेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल र यादव सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीले मंगलबार लिने विश्वासको मत, वामपन्थी एकतालगायतको विषयमा छलफल भएको थियाे ।

    भेटपछि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

    जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरेको अवस्थामा छ ।

    न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको भन्दै जसपाले शनिबार विश्वासको मत दिने आधार खडा भएको निर्णय गरेको थियो ।

    यता, माओवादी, नेकपा एस र जसपाले वामपन्थी एकताको लागि भन्दै कार्यदल गठन गरेर छलफल अगाडि बढाएका छन् ।

    बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि माओवादीसँग पार्टी एकताको लागि आज वार्ता टोली गठन गर्दैछ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष भट्टराईबीच शानिबारको भेटवार्तामै तत्काल पार्टी एकत गर्ने सहमति बनेको थियो।

    यता, सत्ता गठबन्धनको बैठकअघि तीन नेताहरूको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । मुख्यमन्त्रीको भागबण्डा मिलाउन ५ बजे गठबन्धनको बैठक बस्दैछ ।

  • अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

    अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

    उनले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे छलफल गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीको विषयमा चासो राखेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन र तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिए ।

    छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न र अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताएकाे जनाइएकाे छ ।

  • चितवनबाट प्रधानमन्त्रीकाे गर्जन : याे कार्यकालमा भाषणभन्दा बढी काम गर्छु

    चितवनबाट प्रधानमन्त्रीकाे गर्जन : याे कार्यकालमा भाषणभन्दा बढी काम गर्छु

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रधानमन्त्रीको यो कार्यकालमा भाषणभन्दा बढी काम गर्ने सोच रहेको बताएका छन् ।

    चितवनको नारायणी नमुना विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रचण्डले सम्बोधनको क्रममा भने, ‘यो कार्यकाल म भाषण कम, काम धेरै, जनताको सेवा धेरै गरेर प्रस्तुत हुने छु ।’

    कुनै पनि राष्ट्र वा समाजको सभ्यता र संस्कृतिको आधारशिला भनेको शिक्षा नै भएको बताउँदै उनले विकासलाई दीगो रुपमा अघि बढाउन लागि पर्ने बताए ।

  • कम्बोडिया आगलागीकाे घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, पाण्डेकाे शव ल्याउन पहल गरिने

    कम्बोडिया आगलागीकाे घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, पाण्डेकाे शव ल्याउन पहल गरिने

    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

    घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेसहित १९ जनाको निधन भएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने पनि बताएका छन् ।

    यतिबेला सामाजिक सञ्जालमा निराकार पाण्डेको अन्तिम भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा आफ्ना ९ वर्षिय छोराका लागि उनले सन्देश छोडेका छन् ।

    ४० वर्षीय निराकारकाे छोराका लागि दिएकाे मार्मिक सन्देशले धेरैलाई यति बेला स्तब्ध बनाएको छ ।

    एक महिना अघि व्यवसायका क्रममा भिजिट भिसामा कम्बोडिया गएका पाण्डे ग्राण्ड डायमन्ड सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा बसेका थिए ।

    अंग्रेजी नयाँ वर्ष परिवारसँग मनाउनका लागि उनी नेपाल फर्किँदै थिए । तर अचानक राती आगो लागेको खबर पाएपछि बाहिर निस्कन खोजेका पाण्डे निस्कन सकेनन् । पछि उनले १२ तलाबाट हाम्फाले र उनको मृत्यु भयो ।

  • प्रधानमन्त्री दाहालले दिए तत्काल एमडीएमएस लागू नगर्न निर्देशन

    प्रधानमन्त्री दाहालले दिए तत्काल एमडीएमएस लागू नगर्न निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् ।

    यसअघि आजदेखि एमडीएमएस लागू गर्ने तयारी गरिएको थियो ।

    भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरसमक्ष प्रधानमन्त्री स्वयंले ‘तयारी पूरा गरेर अलि पछि लागू गरौं’ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको स्रोतले बताएकाे छ ।

    प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।

    मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । अर्थमन्त्री र प्रधानमन्त्री दुवैको छलफलपछि यो प्रणाली हालका लागि स्थगित भएकाे स्राेतकाे दाबी छ ।

  • प्रचण्डको सरकार इतिहासकै सबैभन्दा कमजोर (भिडिओसहित)

    प्रचण्डको सरकार इतिहासकै सबैभन्दा कमजोर (भिडिओसहित)

    काठमाडाैं । आफैँले बनाएको गठवन्धन भत्काएर नयाँ गठवन्धन बनाइ प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक चरित्रमाथि फेरि प्रश्न उठेको छ ।

    प्रधानमन्त्री बन्नकै लागि अस्वभाविक र अप्राकृतिक गठवन्धन गरेका दाहालको परिणती सुखद् नहुने राजनीतिक पण्डितहरु बताउन थालेका छन् ।

    प्रा. डा. गोविन्दमान सिंह कार्की भन्छन्,‘प्रचण्डको राजनीति नै धोकाधडी र हत्या हिंसाले पोतिएको छ नि । उनले गिरिजाप्रसाददेखि केपी ओली हुँदै माधव नेपाल र शेरबहादुरसम्म सबलाई धोका दिए । तत्कालिकरुपमा उनी सफल भएको देखिए पनि मुलुक र जनतालाई भने दुःख मात्र पाउँछन् । प्रचण्डको परिणती पनि सुखद् हुँदैन ।’

    डा. कार्कीका अनुसार प्रचण्डको सरकार इतिहासकै सबैभन्दा कमजोर हुनेछ । जुनप्रकारका राजनीतिक दल र नेताहरु सरकारमा सहभागि भएकाछन् त्यसले यो सरकारले कुनै पनि काम गर्न सक्ने देखिदैन । सरकार त होला तर काम गर्न सक्दैन ।

    प्रचण्डको सरकार मात्र होइन संघीयता र समानुपातिक निर्वाचन प्रणाली भएसम्म कुनैपनि सरकार स्थिर हुँदैन । यसले मुलुकलाई सधैं अस्थिर बनाइराख्छ । अहिले त झन नयाँ दलहरु जितेर आएकाछन् । उनीहरुसंग राजनीतिक अनुभव पनि छैन । राजनीतिक मूल्य मान्यता केही पनि मेल खाँदैन । प्रचण्डलाई ठूलै समस्या आउन सक्छ, प्रधानमन्त्री भएर मात्र हुँदैन ।

    कांग्रेस सभापति एवम निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र उनका सहयोगी डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की लगायतको असक्षमताका कारण कांग्रेस सडकमा पुगेको कार्कीको निष्कर्ष छ ।

    जुनसुकै सरकार आएपनि मुलुक ‘ब्ल्याक होल’ मा जाने अवस्था सृजना भएको छ । यसबाट जोगाउन कम्तिमा समानुपातिक व्यवस्था र संघीयता तत्काल खारेज गर्नुपर्ने उनको सुझाव छ ।

    विस्तृत भिडिओमा :