Tag: पेट्राेलियम पदार्थ

  • घट्याे पेट्राेलियम पदार्थकाे मूल्य

    घट्याे पेट्राेलियम पदार्थकाे मूल्य

    काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

    निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ ।

    निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घटेकाे छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घटेकाे छ ।

    अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

    डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।

    एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।

  • प्रतिलिटर १० रुपैयाँ घट्याे डिजेल र मट्टीतेलको मूल्य

    प्रतिलिटर १० रुपैयाँ घट्याे डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ ।

    सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।

    यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री भइरहेकाे थियाे ।

  • भारतबाट घटेर आयाे पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट घटेर आयाे पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाे नेपाल आयल निगमले जनाएको छ ।

    मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमले जनाएकाे हाे ।

    आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ ।

    आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको पनि निगमले जनाएकाे छ ।

    हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।

  • भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । भारतबाट पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ ।

    नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले १५/१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

    निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ ७४ पैसा र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसाले मूल्य घटेर आएको छ ।

    यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ । पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो ।

    अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ । यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ ।

    निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ । नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएपछि अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ ।

  • घट्यो पेट्रोलियम पदार्थको खपत

    घट्यो पेट्रोलियम पदार्थको खपत

    काठमाडाैं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपत कम भएको जानकारी दिएको छ ।

    यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ ।

    २०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो ।

    जबकी २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ ।

    तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो ।

  • बढेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य घट्यो

    बढेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य घट्यो

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।

    आइओसीले बिहीबार इन्धनको नयाँ मूल्यसूची पठाएको हो ।

    नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रूपैयाँ १२ पैसा बढेर आएको छ ।

    खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाएर पठाएको छ। एलपी ग्यास प्रतिसिलिन्डर १०० रूपैयाँ घटेर आएको छ ।

    यसअघि आइओसीले मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको थिएन ।

  • इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्छ : कांग्रेस नेता सिंह

    इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्छ : कांग्रेस नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए ।

    शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।

    इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्राइसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्‍यो ।’

    स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ ।

    उनले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको मत छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।

    फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखे । ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।

    बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो । त्यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षमा थप २० लाख रुपैयाँ छुट्याएको उनले बताए ।

  • इन्धनको मूल्य घट्दैन : आयल निगम

    इन्धनको मूल्य घट्दैन : आयल निगम

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।

    भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

    नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । उनकाअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।

    सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।

    मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले जानकारी दिए ।

  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य रसिया-युक्रेन युद्ध यताकै सस्तो

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य रसिया-युक्रेन युद्ध यताकै सस्तो

    काठमाडाैं । कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

    रसिया-युक्रेन युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्म आएको छ । अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टेक्सास इन्टरमिडियट भने प्रति ब्यारेल ८९ रुपैयाँसम्मका कारोबार भइरहेको छ ।

    अमेरिकामा स्टकमा रहेको तेलसमेत ४५ लाख ब्यारेलसम्म पुगेको समेत समाचारहरूमा उल्लेख छ ।

    भारतले समेत एक महिना यता दुई पटक गरेर नेपाल निर्यात गर्ने तेलमा ३२ रुपैयाँ घटाएकाे छ । नेपाल आयल निगमले भने दुई पटक नै मूल्य समायोजन गरेको छैन ।

  • पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घट्दैन : आयल निगम

    पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घट्दैन : आयल निगम

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ ।

    ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।