Tag: प्रतिनिधिसभा बैठक

  • कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

    कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।

    बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो ।

    सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

    सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ । सो माग पुरा नभएसम्म सदन चल्न नदिने र यसको जिम्मेवारी स्वयम सरकारले लिनुपर्ने कांग्रेसको भनाइ छ ।

  • संसद खुलाउन प्रयास भइरहेको छ : सभामुख घिमिरे

    संसद खुलाउन प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देव राज घिमिरेले संसद खुलाउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

    आइतबार मुख्य दलका प्रमुख सचेतक तथा सचेतकहरुसंग छलफल गरेपछि सभामखु घिमिरेले आफ्नो तर्फबाट सदन खुलाउन सक्दो प्रयास गरेपनि दलका नेताहरु गम्भीर नभएको गुनासो गरे ।

    ‘समस्याको समाधान गर्नको लागि दलहरुले वातावरण बनाउनु पर्छ, दलहरुले छलफल गर्नु पर्छ । दलहरुले सहमति खोज्नु पर्छ । दलहरुले निकास दिनुपर्छ । दलहरुले निकास दिनुस् भन्नको लागि मेरो त सक्दो कोसिस गरिराख्या छु’ उनले भने ।

    सहमति गरेर सदन चलाऔँ भनेर बारम्बार अनुरोध गर्दा पनि सदन चल्न नदिएको भन्दै उनले आक्रोश पनि पोखे ।

  • बस्दै नबसी स्थगित भयाे प्रतिनिधिसभा बैठक

    बस्दै नबसी स्थगित भयाे प्रतिनिधिसभा बैठक

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमालेले अडान नछाडेपछि भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

    सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान छ । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ ।

    एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

    सदन खुलाउन सभामुखले कार्यव्यवस्था समितिको बैठकपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भइरहेको छलफलमा उपसभामुख इन्दिरा राना मगर पनि सहभागी थिइन् ।

  • पूर्वमा बाढीकाे बितण्डा, संसदमा चर्चा : उद्धार र राहतको व्यवस्था गर्न सांसदहरुकाे माग

    पूर्वमा बाढीकाे बितण्डा, संसदमा चर्चा : उद्धार र राहतको व्यवस्था गर्न सांसदहरुकाे माग

    काठमाडाैं । पूर्वी पहाडी जिल्लामा शनिबार राति अविरल वर्षापछि आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार र राहतको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् ।

    बाढीले बगाएका पुल र बाटो मर्मत गरी जनजीवन सामान्य बनाउन उनीहरूले माग गरेका हुन् ।

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका दीपक खड्का, एमालेका योगेश भट्टराई र माओवादीका रामकुमार राईले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    शनिबारको बाढीका कारण पूर्वी पहाडी जिल्लाका संखुवासभा, ताप्लेजुङलगायतका जिल्लामा २८ जना बेपत्ता भएका छन् ।

  • प्रदीप पौडेलको प्रश्न : बजेटमात्र होइन चाहिएको सुशासन हो, सुशासनमा बजेट किन परेन ?

    प्रदीप पौडेलको प्रश्न : बजेटमात्र होइन चाहिएको सुशासन हो, सुशासनमा बजेट किन परेन ?

    काठमाडौं । नेपाली काँग्रेस सांसद प्रदीप पौडेलले बजेट भित्र सुशासनको कार्यक्रमहरु नपर्नु प्रश्नयोग्य विषय भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा सांसद पौडेलले बजेटको लगानी मात्र नभइ समस्या सुशासनको समेत भएको बताए ।

    उनले भने ‘हाम्रो समस्या बजेट लगानीको मात्रै हैन । हाम्रो समस्या सुशासनको पनि हो । मन्त्री ज्यूँहरुलाई म आग्रह गर्न चाहन्छु । यो कार्यक्रम भित्र सुशासनको प्रावधानहरु किन आएन् ? पुँजी लगानी नगरी गर्न सकिने सुधारको विषयहरु किन आएन? यी कार्यक्रममा किन परेन् ? विकासका ठूला ठूला योजना भन्दा हामीलाई चाहिएको सुशासन हो । भ्रष्टचार अन्त्य गर्ने कुरामा जे जस्तो समस्याहरु छन् तिनीहरुलाई हल गराउन शुसासनको प्रत्याभूति गराउन सक्ने हो भने नेपालमा धेरै ठूलो उपलब्धि हुन सक्छ ।’

  • सांसद तोसिमा कार्कीको प्रश्न : खेलकुदलाई छुट्याइएको बजेटमा ‘ठट्टा’ किन ?

    सांसद तोसिमा कार्कीको प्रश्न : खेलकुदलाई छुट्याइएको बजेटमा ‘ठट्टा’ किन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले खेलकुदका लागि भनेर बिभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान दिइएको बताएकी छिन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको भन्दै यस्तो दलका नेताको नाममा राजनीतिक आवद्धता बढाउने यस्ता खालका कार्यक्रमहरुलाई प्रोत्साहन गर्न नहुने बताइन् ।

    उनले भनिन्, अन्तराष्ट्रिय खेलकुद आयोजनातर्फ विभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको छ । मदन भण्डारीलाई ५० लाख, गणेशमान सिंहलाई ५० लाख, साहना प्रधान स्मृति प्रतियोगितालाई ७ लाख, गिरिजाप्रसाद कोइराला पुरुष हकीलाई ७ लाख भन्दै बाढीएका रकमहरु उचित लेखा परीक्षण हुने गरेको छैन । र खर्चको पारदर्शितामा हरेक पटक निरन्तर रुपमा प्रश्न उठेको छ । दलका नेताको नाममा राजनीतिक आवद्धता बढाउने यस्ता खालका कार्यक्रमहरुलाई किन र के का लागि प्रोत्साहन गरिन्छ ।’

    सांसद कार्कीले युवा तथा खेलकुद मन्त्रालयको बजेटलाई हेर्दा बजेटको नाममा ठट्टा गरिरहेके जस्तो देखिएको बताए । उनले अन्तरराष्ट्रिय जगतमा नै ठूलो महत्व राख्ने यस्तो खेलकुदप्रति सरकार किन उदासिन देखिएको भन्दै प्रश्न पनि गरेकी छिन् ।

    उनले भनिन्, हामी बजेटको नाममा यहाँ ठट्टा गरिरहेका छौ, युवा तथा खेलकुद मन्त्रालयको बजेटले त्यही देखाउँछ, यसको पहिलो शीर्षकले नै व्यङ्ग्य गरेको छ , १५ लाख पुँजीगत खर्च हुने मन्त्रालयको स्थागत चालु खर्च ६ करोड ९ लाख छ साच्चै ठट्टा गरेको जस्तो छैन् त, बजेटको शीर्षक ३४, ३४ १०, ११ अन्तरगत १९ औं एसियन खेलको लागि ६ करोड ४० लाख र १४ औं दक्षिण एसियाली खेलकुदका लागि जम्मा २५ लाख सहभागिता तथा तयारी खर्च भनेर छुट्याइएको छ । अन्तर्राष्ट्रिय जगतमा नै निकै ठूलो महत्व राख्ने यस्तो खेलकुदप्रति सरकार किन उदासिन देखिएको छ । ’

    सांसद कार्कीले सीमित स्रोत साधान भएपनि अन्तर्राष्ट्रिय स्तरबाट मेडल ल्याउन सफल हुने खेलाडीहरुलाई राज्यले सम्मान र प्रोत्साहन गर्नुपर्ने ठाँउमा बजेटले निराश बनाएको पनि बताइन् ।

  • सांसद शेरबहादुर कुँवरको प्रश्न : छाङरु र तिन्करमा किन जनगणना भएन ?

    सांसद शेरबहादुर कुँवरको प्रश्न : छाङरु र तिन्करमा किन जनगणना भएन ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेर बहादुर कुँवर दार्चुलाको व्यास नगरपालिकाको छाङरु र तिन्करमा जनगणना हुन नसक्नुबारे कुन निकायले जवाफ दिने भन्दै प्रश्न उठाएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद कुँवरले जनगणनाबारे कुटनीतिक क्षेत्रबाट कुनै जवाफ नआउनु अचम्मको विषय बनेको बताए ।

    उनले भने ‘हाम्रो कुटनीतिक क्षेत्र र त्यसको अवस्था कस्तो छ ? सुस्त छ की के छ त्यो बुझन् चाहन्छु । हामीले चुच्चे नक्सा भित्र भएको दार्चुलाको व्यास नगरपालिकाको छाङरु र तिन्करका जनतालाई जनगण्नामा समेट्न सकेनौँ । त्यसको प्रतिक्रिया स्वरुप छिमेकी कुटनीतिज्ञहरुले प्रतिकृया दिने गरका छन् । त्यो क्षेत्र हाम्रो हो त्यसैकारण नेपालले जनगणना गरेको छैन् । तर हाम्रो कुटनीतिक क्षेत्रबाट त्यस्को कुनै जवाफ आएको छैन । किन यस्तो भईरहेको छ यसको जवाफ चाहियो ।’

  • पर्यटन मन्त्रीको सहयोगमा अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपति पस्याे : प्रेम आले

    पर्यटन मन्त्रीको सहयोगमा अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपति पस्याे : प्रेम आले

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथ तिर छिरेको भन्दै व्यङ्ग कसेका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद आलेले पशुपतिनाथमा भएको अनियमितताको छानविन गर्ने समितिका संयोजक देवी बराललाई हटाएर पर्यटन मन्त्रीले पुरस्कृत गरेको आरोप लगाए ।

    उनले भने ‘गत वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ । पहिलो पटक २०७९ माघ १४ गते तार काटियो, पशुपति क्षेत्र विकास कोषका सदस्यको संयोजकत्वमा छानविन समिति गठन भयो । प्रतिवेदनले सत्य तथ्य पत्ता लगायो । तर पर्यटन मन्त्रीले तार काट्ने मुरालाई नसमातेर उल्टै छानविन समितिका संयोजक देवी बराललाई पुरस्कार स्वरुप सदस्यबाट हटाईयो । प्रतिवेदन लुकाइयो चोरलाई संरक्षण गरियो । त्यसपछि चोरले बल पायो र दोस्रपटक २०७९ चैत्र १४ गते चोरी गर्‍याे । फेरि २०८० जेठ २९ गते तार काटट्यो र घयाम्पे दान पेटिका हरायो । मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ ।’

  • राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइन : अर्थमन्त्री महत

    राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइन : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो नभएको बताएका छन् ।

    सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै डा. महतले बजेटको उद्देश्य मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनु भएको पनि दोहोर्याए ।

    उनले भने ‘पुँजीगत खर्च १७ प्रतिशत मात्रै भयो र थोरै भयो भनेर प्रश्न आयो तर रियलमा २७ प्रतिशत हो । जुन चालु तथा साधारण खर्च भन्छौंं त्यहाँ कतिपय पुँजीगत खर्च छ । त्यो भनेको ४ खर्व ७१ अर्व बराबर हुन्छ । तथापि हामी त्यहाँ पनि छ पुँजीगत खर्च भनेर त्यसैलाई आधारित भएर धेरै खर्च गरेका छौं भनेर दावी गर्ने पक्षमा छैनौं । हामी चाहन्छौं पुँजीगत खर्च बढाउनु पर्छ । राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो बढाउने हैन । हामीले अर्थतन्त्र नै चलायमान गराउनु पर्छ । ’

  • प्रतिनिधिसभाको बैठक आज पनि, अर्थमन्त्रीले जवाफ दिने

    प्रतिनिधिसभाको बैठक आज पनि, अर्थमन्त्रीले जवाफ दिने

    काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो १ बजेका लागि बस्ने भएको छ ।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूचि रहेको छ ।

    जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।