Tag: प्रदीप ज्ञवाली

  • सरकारले परराष्ट्र नीतिकाे सन्तुलन बिगारेकाे प्रदीप ज्ञवालीकाे आरोप

    सरकारले परराष्ट्र नीतिकाे सन्तुलन बिगारेकाे प्रदीप ज्ञवालीकाे आरोप

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले मुलुकको परराष्ट्र नीतिको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

    मंगलबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानीका क्रममा उनले अमेरिका, भारत र चीनसँगको सम्बन्ध हेर्दा सन्तुलन नदेखिएको बताएका हुन् । उनले भने, ‘तीनवटै देशसँगको सम्बन्धमा कुनै न कुनै रूपमा हेर्दा विश्वासको संकट देखियो, जुन पटक्कै राम्रो होइन ।’

    उनले छिमेकीसँग सम्बन्ध राख्नु सकारात्मक कदम भएको तर सम्बन्ध सन्तुलित नहुँदा मुलुक नै समस्यामा पर्ने खतरा औँल्याए । उनले शक्ति राष्ट्रबीचको सम्बन्धमा सन्तुलन कायम राख्न नसक्दा मुलुक भूराजनीतिक द्वन्द्वको थलो बन्न सक्ने आंशका समेत व्यक्त गरे ।

    चिनियाँ आर्थिक सम्झौता बीआरआईलाई सरकारले बेवास्ता गरेको पनि उनले आराेप लगाए । ‘चिनियाँ राज्य परिषद्को सदस्य एवम् परराष्ट्रमन्त्री वाङ ली भ्रमणमा आउँदा बीआरआईको कुनै चर्चा नै भएन’ उनले भने, ‘प्रधानमन्त्रीले बीआरआई यो हो र हामीले लिँदैनौँ भन्ने खालको कुरा गर्नुभयो भन्ने सुनियो । त्यो भनेको बुझाइमै गलत हो ।’

    उनले परराष्ट्रमन्त्रीको चीन भ्रमणलाई सकारात्मक रूपमा हेरिएको जानकारी दिए ।

  • एमालेलाई हराउनकै लागी गठबन्धन गरिएकाे छ : प्रदीप ज्ञवाली

    एमालेलाई हराउनकै लागी गठबन्धन गरिएकाे छ : प्रदीप ज्ञवाली

    रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्र निर्माण र विकासका लागी नभई एमालेलाई हराउनकै लागी गठबन्धन गरिएको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताएका छन् । उनले नेकपा एमालेले राष्ट्रको हित, विकास, नेपाली जनताको सम्बृद्धिका लागी अगुवाई गरेको बताउदै अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडल तिर हाल्ने शक्ति बीचको लडाई भएको तर्क गरे ।

    पूर्व मन्त्री ज्ञवालीले परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको जिकिर गरे । उपमहासचिव ज्ञवालीले देशको सम्वृद्धि,विकास,नेपाली जनताको हकहित,नेपाली युवाहरुलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण एमालेले मत मागिरहेको बताए ।

    कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै युवाहरुलाई देश विकास र समाज रुपान्तरणका लागी प्रयोग गर्नुपर्ने बताए ।