Tag: प्रदीप पाैडेल

  • काठमाडौं–५ मा ईश्वर पाेखरेललाई पराजित गरेर प्रदीप पाैडेलले तय गरे संसदकाे यात्रा

    काठमाडौं–५ मा ईश्वर पाेखरेललाई पराजित गरेर प्रदीप पाैडेलले तय गरे संसदकाे यात्रा

    काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ ।

    एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै उनले पहिलो पटक संसद्को यात्रा तय गरेका हुन् ।

    अब याे क्षेत्रमा करिब साढे ३ हजार मत गन्न बाँकी छ । अहिलेसम्मको गणनामा पौडेलले १४ हजार ८३ मतका साथ अग्रता लिइरहेका छन् ।

    पोखरेलको ९ हजार ५ सय ४ मत छ । उनीहरुबीको अन्तर ४ हजार ५ सय ७९ पुगेको छ ।

    गन्न बाँकी मतभन्दा मतान्तर बढी भएका प्रदीप अनौपचारिक रूपमा विजयी भएका हुन् ।

  • यस्तो छ कांग्रेस महामन्त्री पदका उम्मेदवार पाैडेलकाे अवधारणापत्र

    यस्तो छ कांग्रेस महामन्त्री पदका उम्मेदवार पाैडेलकाे अवधारणापत्र

    काठमाडाैं । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पाैडेलले अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले अवधारणा पत्र सार्ववनिक गरेर गतिशील विचार, समय सापेक्ष कार्यदिशा र चुस्त दुरुस्त संगठन निर्माणका लागि ‘प्रतिबद्धता’ समेत जनाएका छन् ।

    पाैडेल लामो समयदेखि कुशल कांग्रेस नेतृत्वको वकालत र बहस गर्दै आएका छन् । यसअघि कांग्रेस क्रियाशिल सदस्यता विवाद समाधानका लागि बनेको समितिमा बसेर महत्वपूर्ण कार्यसम्पादन गरेका पौडेलले कांग्रेसमा नयाँ पुस्ताको आवश्यकता अहिले अत्यन्त आवश्यक भएको बहस गर्दै आएका छन् ।

    यस्ताे छ उनकाे सार्वजनिक भएको अवधारणापत्र :