Tag: बालेन साह

  • काठमाडौं महानगरले मनायो ३० औँ महानगर दिवस (फोटोफिचर)

    काठमाडौं महानगरले मनायो ३० औँ महानगर दिवस (फोटोफिचर)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर महानगर दिवस मनाएको हो ।

    दिवसको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सवका साथै ‘एक वडा : एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी समेत गरिएको छ ।

    यस्तै, महानगरले आज दिउँसो ३ बजे टुँडिखेलमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि गर्दैछ । सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको महानगरपालिकाले जनाएको छ ।

    २०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो ।

     

     

  • ब्राजिलमा बालेनले भने: ठूला सहरमा जनसंख्याको चाप घटाऔँ

    ब्राजिलमा बालेनले भने: ठूला सहरमा जनसंख्याको चाप घटाऔँ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् ।

    ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मेट्रोपोलिस नीति वहस’ शीर्षकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त जानकारी दिँदै बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीतिको खाँचो औंल्याएका हुन् ।

    ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो,’ बालेनले भनेका छन् ।

    निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते सञ्चालन भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयर राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा सहभागी बनेका थिए ।

    उनले सो बहसमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरु नजिक रहेका सहरहरुमा पुर्‍याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्नेमा जोड दिएका थिए ।

    ‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन, गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ ।’ उनले भनेका थिए ।

    नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो ।

    बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी शाहले गराएका थिए ।

    प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

    बैठकमा भाग लिन प्रमुख शाह असार ३ गते ब्राजिल गएका थिए ।

  • सांसद विकास कोषप्रति बालेनको टिपप्णी – बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो

    सांसद विकास कोषप्रति बालेनको टिपप्णी – बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सांसद विकास कोष ब्यूँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिप्पणी गरेका छन् ।

    उनले सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन् ।

    उनले सामाजिक सञ्जालमा वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बनेको भनेर प्रश्न गरेका छन् ।

    उनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्ष को लेबलमा आउनु भयो । वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

     

  • नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वाग्मती सफाइमा सहकार्य गर्न ललितपुर महानगरलाई बालेन साहकाे प्रस्ताव

    नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वाग्मती सफाइमा सहकार्य गर्न ललितपुर महानगरलाई बालेन साहकाे प्रस्ताव

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वाग्मती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।

    ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो प्रस्ताव गरेका हुन् ।

    यी दुवै काम काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो । मेयर शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र वाग्मती सफाइको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाण्डौ उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे ।

    उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रीयकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणा समेत राखे ।

    यस्तै, मेयर शाहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने पनि बताएका छन् । उनले प्राचीन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि त्यो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न लागेको जानकारी समेत दिए ।

    उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि बताए ।

  • बालेनलाई घेराबन्दीमा पारियो, स्वतन्त्रहरू एक हौैँ : हर्क साम्पाङ

    बालेनलाई घेराबन्दीमा पारियो, स्वतन्त्रहरू एक हौैँ : हर्क साम्पाङ

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको बताएका छन् ।

    काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घेराबन्दीमा परेको भन्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको भन्दै मेयर साहलाई आफनो साथ रहेको बताए ।

    उनले फेसबुकमा लेखेका छन्,‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

  • विजयी उम्मेदवारलाई बधाई दिँदै बालेनले भने- सहकार्य गरी काठमाडाैं बनाउन आतुर छाैँ

    विजयी उम्मेदवारलाई बधाई दिँदै बालेनले भने- सहकार्य गरी काठमाडाैं बनाउन आतुर छाैँ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानी शहरबाट संसदमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिएका छन् ।

    निर्वाचित सांसदहरुसँग सहकार्य गरी काठमाडौं बनाउन आतुर रहेको उनले बताएका छन् ।

    काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन निर्वाचित सांसदहरुको साथ आवश्यक हुने उनको भनाइ छ ।

    यस्ताे छ बालेन साहले सामाजिक सञ्जालमा लेखेकाे स्टाटस :

    भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै विषयहरुमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ ।

    काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर, कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोतसाधन र सहकार्य आवश्यकता पर्दछ ।

    काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन तपाईंहरु सबैको साथ आवश्यक हुनेछ । तपाईंहरुसँग सहकार्य गरी काठमाडौं बनाउन हामी आतुर छौं ।

  • मेयर बालेन साहकाे ‘मन छोएका’ ६ सन्दर्भ

    मेयर बालेन साहकाे ‘मन छोएका’ ६ सन्दर्भ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरु सार्जनिक गरेका छन् ।

    उनले १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने भयो भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन् ।

    आफूहरुले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍याैँ त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले आफूहरुलाई फरक पार्ने उनको भनाइ छ ।

    मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुने अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूची बनाउँदैमा सफल हुन नसकिने उनको भनाइ छ ।

    ‘यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ’ उनले भनेका छन् ।
    यी हुँन् छ बुँदा

    सन्दर्भ कार्यकाल १०० दिन पुगेको बारेमा हो ।

    हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ ।

    १. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

    २. Esports का लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

    ३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

    ४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

    ५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।

    ६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो ।

    अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।

  • बालेन साहविरुद्ध मुद्दा दर्ता गर्ने वकिल भन्छन्- म बालेनकाे विराेधी र एमालेकाे समर्थक हाेइन

    बालेन साहविरुद्ध मुद्दा दर्ता गर्ने वकिल भन्छन्- म बालेनकाे विराेधी र एमालेकाे समर्थक हाेइन

    काठमाडाैं । बालेन साहविरुद्ध अदालतकाे अवहेलना मुद्दा दर्ता गर्ने अधिवक्ता दीपकराज जाेशीले आफूले बालेन शाहकाे विराेधमा मुद्दा दर्ता नगरेकाे बताएका छन् । उनले आफू एमाले निकट अथवा समर्थक नभएकाे पनि बताएका छन् ।

    उनले मेयर बालेन साहले अदालतकाे आदेशमा कटाक्ष गरेकाे र अदालतबारे टिप्पणी गरेकाे आधारमा मात्र अवहेलनामा आफूले मुद्दा दर्ता गरेकाे बताएका छन् । अदालतकाे आदेश मान्नुपर्छ भन्नेमात्र उनकाे तर्क छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएकाे थियाे । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखेर निवेदन दिएका थिए ।

    उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो ।

    उक्त आदेशको विरुद्धमा बालेनले ‘नक्सा पास नगरी बनाएको संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ’ भनेर प्रतिक्रिया दिएका थिए ।

    उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । अब मेयर शाहले स्वयं उपस्थित भएर वा वारेसमार्फत लिखित जवाफ पेस गर्नुपर्ने हुन्छ ।

  • अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन मेयर बालेन साहलाई सर्वोच्चको आदेश

    अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन मेयर बालेन साहलाई सर्वोच्चको आदेश

    कठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

    नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

    सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

    भदौ ५ गते बालेनले मुद्दाको पेसी नआएकोप्रति व्यंग्य गरेका थिए । उनले सामाजिक सञ्जालमा अदालतलको ढिलासुस्तीलाई कटाक्ष गर्दै आफ्नो फोटो एडिट गरेर वृद्धजस्तो देखिने बनाइ त्यसमा ‘नर्भिकको पेसी पर्खँदै’ लेखेर सेयर गरेका थिए ।

    ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि !’, उनले लेखेका थिए ।

  • बालेन साहविरुद्ध अदालतमा मुद्दा दर्ता

    बालेन साहविरुद्ध अदालतमा मुद्दा दर्ता

    काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

    सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

    केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।

    बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।