Tag: भूकम्प

  • तिब्बत भूकम्प अपडेट : ९५ जनाको मृत्यु

    तिब्बत भूकम्प अपडेट : ९५ जनाको मृत्यु

    काठमाडौं । तिब्बतमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

    आज बिहान तिब्बतको काउन्टीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ९५ जनाको ज्यान गएको हो । सय भन्दा धेरै घाइते भएका सिजिटिएनले जनाएको छ । ज्यान गुमाउने र घाइते हुने सबै तिब्बतका हुन् । भूकम्पबाट कैयौं भवनमा क्षति पुगेको छ ।

    चीनमा केन्द्र बनाएर गएको भूकम्पको धक्का नेपाल, भारत र भुटानमा महसुस गरिएको छ । भूकम्प नेपाली बिहान ६ः५० बजे गएको थियो ।

  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।

    भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।

    नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ ।

    पछिल्लो पटक यही पुस १६ गते बैतडीलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्ह‍रूले ठूलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।

  • बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

    बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ ।

    मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

  • भूकम्प पीडितलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने

    भूकम्प पीडितलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने

    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्प पीडितका लागि तत्काल अस्थायी आवास निर्माणका लागि दुई किस्तामा ५० हजार रुपैयाँ दिने विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले निर्णय गरेको छ ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ को दफा ५ (१) (ग) को प्रावधान बमोजिम तथा विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौ संशोधन मापदण्ड, २०७७ को ३ (च) अनुसार प्रति लाभग्राही परिवारलाई हाललाई २५–२५ हजार रुपैयाँ गरी ५० हजारका दरले दुई किस्तामा दिइने भएको हो ।

    त्यही कार्यविधिबमोजिम अस्थायी आवास निर्माणका लागि राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई निर्देशन दिने र उक्त समितिको कोषमा आवश्कता अनुसार रकम विपद् व्यवस्थापन कोषबाट निकासा गरी पठाउने निर्णय बैठकले गरेको छ ।

    यस्तै, बैठकले बझाङ भूकम्प पीडितका लागि पनि अस्थायी आवास निर्माणका लागि ५०–५० हजारका दरले रकम उपलब्ध गराउने यसअघिको निर्णयलाई अनुमोदन गरेको छ ।

    अस्थायी आवास निर्माण गर्न आवश्यक सामग्री सहज र सुलभ ढङ्गबाट उपलब्ध गराउन निजी क्षेत्रलाई अनुरोध गर्ने, निर्माण प्रपक्रयामा सहयोग पुर्याउन राजनीतिक दल, निजी प्रतिष्ठान, सामाजिक, स्वयंसेवी संघ–संस्था एवं सम्बद्ध सरकारी नियहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

    यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई नअल्झाई तत्काल जतिसक्दो चाँडो राहत रकम उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

  • जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प

    जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

    आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

    शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

  • मन्त्रिपरिषद्को निर्णय : भूकम्पमा घाइते भएकाको उपचार निःशुल्क गरिने

    मन्त्रिपरिषद्को निर्णय : भूकम्पमा घाइते भएकाको उपचार निःशुल्क गरिने

    काठमाडौं‌ । सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

    त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ ।

    बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए ।

  • जाजरकाेट भूकम्प अपडेट : १३३ जनाको मृत्यु र १४० जना घाइते

    जाजरकाेट भूकम्प अपडेट : १३३ जनाको मृत्यु र १४० जना घाइते

    काठमाडाैं‍ । जाजरकोट भूकम्पमा परी शनिबार बिहान साढे १० बजेसम्म १३२ जनाको मृत्यु र १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

    शुक्रवार मध्यराति ११ : ४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

    भूकम्पमा परी जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

    भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्धार थालेको छ । घाइतेको उपचारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ ।

  • अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

    अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

    काठमाडाैं । अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।

    यसअघि गएको शनिवार पनि अफगानिस्तानकाे हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

    शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ ।

  • बितेको २४ घण्टामा बझाङ केन्द्रबिन्दु भएर ४ रेक्टरस्केल माथिका १२ वटा भूकम्प

    बितेको २४ घण्टामा बझाङ केन्द्रबिन्दु भएर ४ रेक्टरस्केल माथिका १२ वटा भूकम्प

    काठमाडौं । बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ रेक्टरस्केल माथिका १२ वटा भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको हाे ।

    बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमाच ६.३ म्याग्निच्युडको भूकम्प मापन भएकोमा त्यसपछि पनि १० वटा भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ ।

    केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा ५.१, ३ बजेर ४५ मिनेटमा ४.१, ४ बजेर २८ मिनेटमा ४.१, ४ बजेर ३१ मिनेटमा ४.३, ५ बजेर १९ मिनेटमा ५ म्याग्निच्युडको भूकम्पको धक्का मापन भएको छ ।

    यसैगरी ५ बजेर ३८ मिनेटमा ५, बुधबार मध्यराति १२ बजेर ५० मिनेटमा ४.३, बिहान ४ बजेर २७ मिनेटमा ४.३ र ५ बजेर ४३ मिनेटमा अर्को ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।

  • बझाङ केन्द्रबिन्दु भएर भूकम्प, केही घर भत्किए

    बझाङ केन्द्रबिन्दु भएर भूकम्प, केही घर भत्किए

    धनगढी । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

    भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

    भूकम्पले पुर्‍याएकाे विवरणकाे क्षति भने आउन बाँकी छ ।